१५ जिल्लामा पोलियो थोपा कार्यक्रम आज पनि

सबै बालबालिकालाई पोलियो खुवाइने

प्रकाशित मिति: 2017-03-06

पोलियो थोपा खुवाउने कार्यक्रम आज पनि जारी राखिएको छ । काठमाडौं उपत्यकासहितका १५ जिल्लामा अस्ति र हिजोका लागि तय गरिएको कार्यक्रम विभिन्न ठाउँमा स्वास्थ्यकर्मीको अवरोधका कारण संचालन हुन नसकेपछि स्वास्थ्य मन्त्रालयले आज पनि पोलियो खुवाउने कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।

स्वास्थ्य कार्यालयमा तालाबन्दी भएका कतिपय जिल्लामा  ताला खोलेर पोलियो थोपा खुवाइने मन्त्रालयको भनाइ छ ।

त्यसैले आफ्ना बालबालिकालाई पोलियो थोपा खुवाउन सबै आमाबुबालाई आग्रह पनि गरिएको छ । यसअघिको कार्यक्रममा अवरोध गर्ने विभिन्न स्वास्थ्य चौकीका १८ जनालाई कारवाहीस्वरुप निलम्बन गरिएको पनि मन्त्रालयले जनाएको छ ।

केही जिल्लामा स्वास्थ्य कार्यालयनका प्रमुखहरु नै आन्दोलनमा उत्रिएका ठाउँमा केन्द्रबाट कर्मचारी पठाएर पनि कार्यक्रमलाई निरन्तरता दिन लागिएको स्वास्थ्य मन्त्रीका पे्रस सल्लाहकार जीवन भण्डारीले जानकारी दिनुभयो ।

साथै आजको पोलियो थोपा कार्यक्रमको पनि अनुगमन गरेर कतै कर्मचारीले अवरोध गरे वा थोपा खुवाउनुपर्ने कर्मचारी उपस्थित नभए कारबाही गरिने मन्त्रालयको तयारी छ ।

 

तपाईंको बिचार