रामेछापमा बिहान दुई पटक भूकम्प

प्रकाशित मिति: 2017-02-27

फागुन १६, रामेछाप जिल्लामा आज बिहान करिब ४५ मिनेटको बीचमा दुई पटक भूकम्प गएको छ ।

बिहान ९ बजेर २२ मिनेटमा रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

त्यसको ४५ मिनेटपछि १० बजेर ६ मिनेटमा ४ दशमलव ७ रेक्टरको अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोकलगायतको क्षेत्रमा महसुस गरिएको थियो ।

दुवै भूकम्प २०७२ वैशाख १२ को गोरखा भूकम्पको पराकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।  

 

तपाईंको बिचार