काठमाण्डु । कसैको घरमा पाहुना लाग्न जाँदा होस या काम विशेषले आउदा जाँदा, पहिले पहिले माटाका भाडाहरु घर घरमा सजाएर राखिएको देखिन्थे, भेटिन्थे । तर आधुनिक प्रविधिको विकाससँगै माटोको भाँडाहरु विस्थापित हुने क्रम बढेको छ भने विभिन्न कलाकृति बनाउने शीप भएकाहरु परम्परागत पेशाबाट विस्थापित हुन थालेका छन् ।
माटोको भाँडा बनाउदा र बेच्दा बेच्दै भक्तपुर पोट्रिस्वायरका कृष्ण श्याम प्रजापतिले २० वर्ष बिताउनु भयो । भाडा बनाउने पेशामा उहाँ १४ वर्षको उमेरदेखि लाग्नु भएको हो । मनग्गै कमाउन नसके पनि घर गुजारा चलाउन सजिलो भएको उहाँ बताउनु हुन्छ, “पुख्र्यौलि पेशा हो हाम्रो, बाजे बराजुको पाला देखि नै गर्दै आएका छौँ । यसबाट नै आफ्नो दैनिक जिवनयापन गरी रहेका छौँ ।”
पुख्र्यौली पेशाका रुपमा कामलाई निरन्तरता दिदैँ आउनु भएको उहाँले मूर्ति देखि दैनिक जिवनका आवश्यक पर्ने भाँडाहरु बनाउदै आउनु भएको छ । आफूहरुले परम्परागत पेशा अपनाउदै आएता पनि आफू पछिका पुस्ताले यस पेशालाई निरन्तरता नदिने अवस्था भएको बताउनु हुन्छ अर्का व्यवसायी शिव स्याम प्रजापति । उहाँ भन्नुहुन्छ , “माटोको भाँडा बनाउने कामलार्इृ निरन्तरता दिन गाह्रो छ । नयाँ नयाँ प्रविधि आयो भने गर्न सकिएला नत्र भने अगाडि बढाउन कठीन छ ।”
पहिले पहिले माटाका भाडो बनाउँदाका समस्या त्यति नभए पनि हिजोआज भने माटोको अभाव मुख्य समस्या हुने गरेको छ । पहिले माटोको भाडा बनाउनका लागि काठको चक्र हुने भएपनि अचेल विद्युतिय चक्र प्रयोग हुन थालेको छ ।
पोट्रीस्क्वायरका व्यवसायीहरुको सङ्ठन एकिकृत हाकुज्या प्रजापति समाजका अध्यक्ष राम बहादुर प्रजापति भन्नुहुन्छ, “प्लटिङ गरेर घर बनाउँदा खाली ठाँउ नै छैन । यसले माटोको भाँडा बनाउन समस्या आएको छ ।” सरकारहरुले आफुहरुको परम्परागत शीपलाई आधुनिक प्रविधिमैत्री बनाउनु पर्ने माग पोट्री व्यवसायीको छ ।
पुरातत्व विभागका प्रवक्ता राम बहादुर कुवँरका अनुसार मूर्ति बनाउनेको लागि तालिमको आयोजना हुने गरे पनि माटाको भाडा बनाउनेका लागि हालसम्म कुनै व्यवस्था गरिएको छैन । एकिृत हाकुज्या प्रजापति समाजका अनुसार भक्तपुरमा मात्र ५ सयको हाराहारीका घरपरिवार माटोको भाडा बनाउन संलग्न हुने गरेका छन् ।
यहाँ बनाइएका भाँडाहरु पुर्वमा मेचि देखि पश्चीममा पोखराका बजारमा पुग्छन् भने विदेशीले समेत किन्ने गरेका छन् ।
तपाईंको बिचार