काठमाण्डु । उपत्यकामा भक्तपुरको दही जुजुधौँको रुपमा परिचित छ । उपत्यकाबासी मात्र होइन घुम्न आउने पर्यटक पनि यहाँको जुजुधौँ प्रति मोहित हुने गरेका छन् । नेवारी भाषाबाट आएको जुजुधौँ अर्थात दहीको राजा, भक्तपुरको पहिचान समेत हो । तर जुजुधौँको स्वादविस्तारै परिवर्तन हुँदै छ ।
४५ वर्षिय रामदेवि सैँजुको दैनिकी दही बनाउने र बिक्रि गर्नमा नै बित्ने गर्छ । बाबु बराजेको पालादेखि नै गरी आउनु भएको उहाँले आफ्नो ३५वर्ष यसै व्यवसायमा नै बिताइसक्नु भयो । “खानपान र औषधिको प्रयोगले गर्दा पहिलाको जस्तो जुजुधौँको बनाउन गाह्रो छ ” बताउँनु हुन्छ व्यवसायकै अनुभवमा सैँजु ।
विशेषगरी नेवारी जातीमा पनि सैँजु जातीको प्ख्र्यौली पेशा मानिने जुजुधौँको व्यवसाय पछिल्लो समयमा विभिन्न जातीहरुले पनि अपनाउँदै आएका छन् । “व्यवसाय जति फस्टाएको छ गुणस्तरमा भने कमि आएको छ ” बताउनु हुन्छ व्यवसायी बलराम मधिकर्मी, “डेरीबाट मिश्रित दुध ल्याउनु पर्ने हाम्रो बाध्यता छ । हेर्दा बाक्लो देखिएतापनि दुधको स्तर कम हुन्छ र दहि पनि राम्रो बन्दैन ।”
भक्तपुरको जुजुधौँ कुनै अत्याधुनिक प्रविधिको प्रयोगबाट बन्दैन । परम्परागत शिप र ज्ञान मार्फत नै बनाउँदै आएका दहीको महत्व छुटृै छ । परापूर्वक कालमा राजा महाराजा र सभ्रान्तवर्गको पनि रोजाइमा पथ्र्यो भक्तपुरे दही । त्यही साख अहिले सम्म रहे पनि जुजुधौँको असली स्वाद भने अहिले हराउँदै गएको बताउनु हुन्छ उपभोक्ता ज्ञानसागर प्रजापति ।
स्यानिय तथा मौलिक शीपको प्रयोग गरी बनाइने यहाँको जुजुधौँ ऐतिहासीक, धार्मिक तथामानव रोजाईको हिसाबले पनि उत्तिकै महत्वपुर्ण छ । तर मौलिक शीपको प्रयोग गरी बनाइने जुजुधौँको प्रवद्र्दन तथा संरक्षणका लागि भने कुनै संस्था छैन ।
स्वास्थ्यको दृष्टिले पनि फाइदाजनक भक्तपुरको जुजुधौँको माग विभिन्न ठाँउमा बढ्दो छ । तर यसको असली र मौलिक स्वाद लोप हुन नदिन स्थानिय र सरकारी संस्था दुबैले चासो दिनु आवश्यक भइसकेको छ ।
तपाईंको बिचार