मन्त्रिपरिषद विस्तार: साना दुई दलका नेताले सपथ लिंदै

प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल ४३ सदस्यीय हुने

प्रकाशित मिति: 2017-01-19

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।  प्रचण्डले साना दुई दलका दुई नेतालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले अखण्ड पार्टी नेपालका अध्यक्ष कुमार खड्का र समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंहलाई मन्त्री बनाउने तयारी गर्नुभएको छ ।

खड्काले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र सिंहले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

यी दुवै मन्त्रालय प्रधानमन्त्री आफैँले सम्हाल्दै आउनुभएको थियो । पटकपटक मन्त्री भएका सिंह यसअघिका दुवै सरकारमा हुुनुहुन्थ्यो भने खड्का पहिलोपटक मन्त्री हुन लाग्नुभएको हो ।

राष्ट्रपति कार्यालयमा आज दिउँसो २ बजे खड्का र सिंहको शपथ ग्रहण कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यससँगै प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल ४ सदस्यीय पुग्नेछ । 

 

तपाईंको बिचार