अकोराबको छठौं अधिवेसन आज, नयाँ नेतृत्व चयन गर्ने

देशभरीका ३ सय रेडियोकर्मी राजधानीमा

प्रकाशित मिति: 2017-01-05

काठमाण्डु । सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रशारक संघ नेपाल (अकोराब)को १२ औं साधारण सभा तथा छठौं अधिवेसन आज शुक्रबार राजधानीमा हुँदै छ । 

सामाजिक रुपान्त्रणका लागि सामुदायिक रेडियो भन्ने नाराका साथ सुरु हुने लागेको १२ औं साधारणा सभा तथा छठौं अधिवेसनले  सामुदायिक रेडियोको नयाँ नेतृत्व चयन गर्ने छ ।  अधिवेसनमा भाग लिन देशभरीका झण्डै ३ सय रेडियोकर्मी राजधानी आइसकेका छन् । 

नयाँ नेतृत्व चयन सँगै देशभरीका सामुदायिक रेडियो सञ्चालन, तिनीहरुले उत्पादन गर्ने सामग्रीका विषयमा पनि समिक्षा हुने महासचिब गोबिन्द देबकोटाले जानकारी दिनुभयो । 

सामुदायक रेडियो प्रसारक संघ (अकोराब) नेपालले सामुदायिक रेडियोको सामाजिक दायित्वलाई थप सशक्त बनाउँदै संस्थागत सुशासनका प्रवद्र्धनका लागि विभिन्न काम गर्दै आएको छ । 

नेपालका करिब ९५% नागरिकको पहुँच पुगेका सामुदायिक रेडियोहरुले ७० भन्दा वढी भाषामा सूचना, सन्देश, जानकारी र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गरिहरेका छन् । 

तपाईंको बिचार