अनुहारमा सबै निलडाम परेका छन् शरिरको सबै भाग चोटैचोट । सदरमुकामबाट २९ कोष टाढा रहेको काईगाँउबाट बाहिर देखिन र चोटैचोट र भित्र त्योभन्दा बढी मानसिक पीडा बोकेर ६ दिन जंगलको बाटो हिंडेर घाइते अवस्थामा सदरमुकाम आइपुग्नु भएको छ ।
डोल्पा काई गाविस ९ की २४ बर्षिय बिषाकुमारी बिक न्याय खोज्नका लागि कठिनपूर्ण यात्रा गरेर यहाँ आउनु भएको हो ।
वर्षौंदेखि श्रीमान गणेश बिकको यातना भोगेकी बिषकुमारी पछिल्लो पटक भने पुस ८ गते मरानासन्न हुने गरि कुटपिट गरेपछि घर छोडेर हिंडेको बताउनुहुन्छ ।
रह गाविस ४ मा जन्मिनु भएकी बिषा कुमारीले ५ बर्ष अघि गणेशसँग पे्रम विवाह गर्नुभएको हो । तर विवाहको एक वर्ष नबित्दैदेखि श्रीमान्को कुटपिट शुरु भएको उहाँको भनाइ छ ।
दुई वर्षिय छोरा पनि भएकी बिषाकुमारीलाई अहिले भने सासु, नन्दसमेत मिलेर पिट्ने गरेपछि घर छोडेर हिंडेको बताउनुहुन्छ ।
न्यायका लागि महिला तथा बालबालिका कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पुग्नु भएका उहाँलाई आइतबार (आज) का लागि बोलाइएको छ । न्याय भए के के पाइन्छ ? तर श्रीमानसँग बस्नु नपरे हुन्थ्यो भन्ने उहाँको चाहना छ ।
अहिलेसम्म कति पिटाइ खाइयो तर तर समाजका भद्रभलादमीले मिलाइ दिएको भन्दै सँगै बस्नु परेको उहाँको गुनासो छ ।
अब भने कुनै हालतमा बस्न नसक्ने भएपछि न्याय पाउँछु कि भनेर अदालतको ढोका खोज्दै छोरो काखी च्यापेर घर छोडेको देखेसो पोख्नुभयो ।
जंगलको बाटो भोकै हिंड्नु परेको सँझिदं छोरोले तोते बोलीमा माम खाने भनेको भनेइ भए पनि केही खुवाउने थिएन भन्दै भक्कानिनु हुन्छ ।
पुसको महिनाको जाडो अनि ३६ सय मिटरको उचाइका डाँडा जंगलको बाटोमा एक रुपैयाँ पनि नबोकी २ बर्षको छोरासँगै घाइते अबस्थामा घरबाट निस्केको बताइरहँदा आँखाबाट आँसु बग्छन् ।
उहाँले बुझेको न्याय भनेको अब त्यो श्रीमानबाट अलग्गिन पाउनु नै हो । भन्नुहुन्छ, ‘त्यो घर र श्रीमानसँग जानु नपरे ठूलो न्याय हुन्थ्यो । कति पिटाइ खानु ?’ सम्बन्ध विच्छेद भए सबैभन्दा ठूलो खुशी मिल्ने दोहो-याउनु हुन्छ ।
तपाईंको बिचार