मिलौं र मिलाऔं

प्रकाशित मिति: 2016-12-31
राजन रुचाल

प्रजातन्त्रलाई समुन्नत बनाउने निती नियमले हो । कानुनले हो । हामी कानुन कार्यान्वयनको चरणमा छौं । हामी बाँधिदैछौं, सिमानामा । प्रजातन्त्र हुर्कने यहि बेलामा हो । कसरी हुर्काउने अब हाम्रै हातमा छ । एक युगमा एक चोटी मात्रै आउने अवसर हामीलाई पटक पटक आएको छ । अवसर छोड्नु हुँदैन । लत्याउनु हुँदैन । नत्र इतिहाँस, समय र सन्तानले धिक्कार्नेछन् । सधैं सधैं !

जान्ने सुन्नेले भनिरहेछन्, देश संक्रमणकालिन अवस्थामा छ । हुन पनि देश चलिरहेछ, भर्खर बनको संविधानको भरमा ।  निकै सुस्त छ विकासको गती । बयलगाडाको यात्रा झैं । देशमा बेथीतीको चरम अवस्था छ । भ्रष्टाचार ब्याप्त छ । गरिवीको अवस्था पनि उस्तै छ । शिक्षा, स्वास्थ्य, रोजगार इत्यादी जनताले भने जस्तो हुन सकेको छैन । झण्डै एक दशक लगाएर  संविधान बनाईयो । तर कार्यान्वयनमा जटिलता प्रशस्तै देखिएका छन् । मूख्यतः २०७४ माघ ७ गते भित्र तीन तहको निर्वाचन गर्नु छ । त्यसअघि स्थानीय तहको पुनरसंरचना गर्नुछ । अनि संविधान प्रति असन्तुष्टी जनाउँदै आन्दोलन गरिरहेकाहरुको चित्त पनि बुझाउनु छ । समयसिमा राखेर संविधान कार्यान्वयनको विगुल फुकेका दलहरु सिंगौरी खेल्न मै ब्यस्त छन । दलहरु बीच न मेल छ न मिलाप छ । एकता कहाँबाट होस् । यसो भनौं, देशमा चरम राजनितीक लापरवाही छ ।

यहाँ देश र जनताको खातिर आफ्ना स्वार्थहरु त्याग्ने ब्यक्तिको खाँचो छ । तर एक युगमा एक पटक जन्मिन्छन् त्यस्ता महान ब्यक्तिहरु । उनिहरु सँधै बाँचिरहन्छन् । उनिहरुको बिचार बाँचिरहन्छ । मण्डेला, गान्धीको अथवा वी. पी. को रुपमा । प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रको रुपमा । त्यो एउटा युग थियो जहाँ विश्वकै उत्कृष्ठ नेताहरु जन्मिन्थे । प्रजातन्त्रको पक्षमा ज्यान दिएर लड्थे । तर कसैमाथी चोट नपु्याई । आफ्ना सत्रुलाई सम्मान गर्थे महान मानवहरु । हाँसेर देशका लागि बलिदानी दिनेहरुले देशबासीलाई कहिल्यै रुवाएनन् । जब रोईरहेथ्यो देश त्यस वखत महान नेताहरु हाँसेर चितामा जलिरहेथे । यसरि बुझौं महान मान्छेहरुको अवसानमा देश पुरै रुँदोरैछ तर उनिहरु हाँसेर समाधीस्त हुँदा रैछन् । युग फेरि दोहोरिन्छ । मौसम दोहोरिन्छ । परिस्थिती दोहोरिन्छ । अनि आईरहन्छन् समस्याहरु सँधै सँधै, उस्तै उस्तै । तर दोहोरिन्न समय । समय त वित्छ । सकिन्छ । किनकी समयको गणना सिमीत अङ्कहरुमा हुन्छ । संसार अचम्मको छ । प्रकृती अजिव छ । प्राणीहरु जन्मन्छन् तर सँधै नबाँच्ने सर्तमा । मैलै देखेको छैन, सुनेको छैन मान्छेहरु युगौं युग बाँचेको । तर यो पनि थाहा छैन मलाई, मान्छेका बिचारहरु मरेको ।

पृथ्वीमा प्रतिसेकेण्ड हजारौं मान्छेहरु जन्मिन्छन् । तर यहि पृथ्वी सयौं वर्ष लगाउँछ एउटा महान मान्छे जन्माउन । दैनिक लाखौं महिलाहरु सुत्केरी हुन्छन् । आमा हुन्छन् । बच्चाको आमा । तर युगले सम्झिने आमा हुन सक्दैनन् । सबै आमाहरु । सबै आफ्ना लागी बाँच्नेहरु नै हुन् । केहि हुन्छन्, घर परिवार र ईष्टमित्रका लागी बाँच्ने । तर लाखौंमा मात्रै एक भेटिन्छन्, जो सँधै अरुका लागि बाँच्ने । भौतिक रुपमा मरेर पनि बाँचिरहन्छन त्यस्ता मान्छेहरु । युगौं युग ।

बिचार सबै सँग हुन्छन् । बिना बिचारको मान्छे कल्पना भन्दा बाहिरको कुरा हो । तर सबैका बिचार कहाँ शक्तिशाली हुन्छन् र ? यसको अर्थ बिचार बलियो हुन मान्छे बलियो हुनुपर्छ भन्ने चाँही होईन । मान्छे शारिरीक रुपमा जस्तो सुकै किन नहोस् बैचारिक रुपमा शक्ति सम्पन्न हुनसक्छ । उदाहरणको रुपमा हेर्न सकिन्छ साहित्यकार झमक घिमिरेलाई । बिचार संघर्षको मैदानबाट जन्मन्छ । जहाँ अन्याय हुन्छ त्यँहिबाट जन्मिन्छ बिचार । निरङ्कुशताले बिचारलाई बलियो बनाउन मद्धत गर्छ । त्यसो त संसारका सबै महान दार्शनिकहरु, साहित्यकारहरु र राजनितीज्ञहरु संघर्षबाट पैदा भएका हस्तीहरु हुन । कोईलाबाट हिरा बने जस्तै । डरलाग्दो झुसलकिराबाट सुन्दर पुतली बने जस्तै । रत्नाकारलाई वाल्मिकी बन्न समय लाग्छ यो स्वभाविक हो । बिचार सबैभन्दा शक्तिसाली हुन्छ । पहिला बिचार अनि बिज्ञान । पहिला सोंचाई अनि सृजना । पहिला मष्तिस्क मन्थन अनि निर्माण । ईन्जिनियरहरुले घर बनाउदैनन् नक्सा कोर्छन । घरको नक्सा । कागजमा ।

ब्यक्तिको स्वतन्त्रता नै प्रजातन्त्र हो । तर स्वतन्त्रताको सिमाना हुन जरुरी छ । यानकी कसैले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको हनन नहोस् । प्रजातन्त्र त्यहि हो जहाँ मान्छेहरु दिल खोलेर हाँस्न सक्छन् । निर्धक्क भएर हिंड्न सक्छन् । खुलेर बोल्न सक्छन् । तर निती नियम भित्र रहेर । एउटा प्रणालीमा बाँधिएर । स्वतन्त्रताको सिमाना हुँदैन । यसको शाब्दिक अर्थबाटै पुष्टि हुने कुरा हो । कुनै परिधीमा नबाँधिएको । निश्फिक्री । खुल्ला । तर स्वतन्त्रतामा छेकबार गरिनु आवश्यक छ । नत्र प्रजातन्त्रको नाममा छाडातन्त्रको विकास हुनेछ । मनपरीतन्त्र हावी हुनेछ । कसैलाई कसैको प्रवाह हुनेछ छैन । स्वतन्त्रताको नाममा आफ्नै आमा बोक्सीको आरोपमा छोरीबाट घर निकाला हुनेछन । आफ्नै छोरी बाबुबाट बलात्कृत हुनेछन । अहिलेको नेपाल जस्तै ।

प्रजातन्त्रलाई समुन्नत बनाउने निती नियमले हो । कानुनले हो । हामी कानुन कार्यान्वयनको चरणमा छौं । हामी बाँधिदैछौं, सिमानामा । प्रजातन्त्र हुर्कने यहि बेलामा हो । कसरी हुर्काउने अब हाम्रै हातमा छ । एक युगमा एक चोटी मात्रै आउने अवसर हामीलाई पटक पटक आएको छ । अवसर छोड्नु हुँदैन । लत्याउनु हुँदैन । नत्र इतिहाँस, समय र सन्तानले धिक्कार्नेछन् । सधैं सधैं !

प्रजातन्त्रको मार्ग कुन हो ? विकासको मार्ग  कुन हो ? समृद्धीको मार्ग कुन हो ? समय छँदै चिन्नुपर्छ । कम्तिमा केहिवर्ष हिंडौं मेलमिलापको मार्गमा । वीपी बिचारको मार्गमा । मेलमिलापको निती अहिलेको टड्कारो आवश्यकता हो । मेलमिलाप त्यसै हुँदैन । परस्पर विरोधीहरुले आफ्ना सर्त र अडानलाई जनताको हितका खातिर त्याग्नै पर्छ । सबैका गोरुको मूल्य बाह्रै टक्का हुँदैन । गोरु अनुसार मूल्य गरौं । कि मूल्य अनुसार गोरु खोजौं । मिलौं । हातेमालो गरौं । इतिहाँसले मण्डेला, गान्धी र विपीलाई झैं सम्झिनेछ, तिमीलाई पनि । प्रिय नेता !

             

 

तपाईंको बिचार