द्वन्द्वको घाउ बोकेर १३ बर्ष

द्वन्द्वको उपहार 'श्रीमानको साहारा आफु-आफ्नो साहारा लौरो'

प्रकाशित मिति: 2016-11-28
नौरते नेपाली, रेडियो कर्णाली, जुम्ला
file Photo
file Photo

जनयुद्धमा आउ पार्टी तिम्रो साहारा बन्छ देश पनि बन्छ भन्थ्ये’ आँखा टिलपिल गर्दै रावतले गुनासो गर्नुभयो, ‘अहिले लौरो मात्रै साहारा भयो देश पनि बनेन ।’ 

 

जुम्ला । जुम्ला मालिकाठाँटा गाविस ३ जुम्लाकोटका ३० वर्षीय अमृता रावतको बाँया खुट्टामा २३ वटा छरा रहेको १३ वर्ष बित्यो । माओवादी ‘जनयुद्ध’मा होमिनु भएका रावतको म्याग्दीको बेनी बजारको आक्रमणमा बाँया खुट्टामा छरा लागेको हो । अहिले लौरो नै उहाँको हिड्ने साहारा बनेको छ । ‘जनयुद्धमा आउ पार्टी तिम्रो साहारा बन्छ देश पनि बन्छ भन्थ्ये’ आँखा टिलपिल गर्दै रावतले गुनासो गर्नुभयो, ‘अहिले लौरो मात्रै साहारा भयो देश पनि बनेन ।’ 

द्वन्द्वपीडितले पाउनुपर्ने राहत भने उहाँले अझै पाउनु भएको छैन । जुम्लाको विकट मालिकाठाँटा गाविसको जुम्लाकोटमा बसोबास गर्दै आउनु भएका उहाँले २०५७ देखि ०६० सम्म युद्धमा लडाकुको भूमिकामा सहभागि हुनु भएको थियो । सशस्त्र द्वन्द्वका समयमा देशका विभिन्न स्थानमा ज्यानको बाजी लगाएर लडेको गुन पार्टीले पनि विर्सिएको उहाँको गुनासो छ । 

द्वन्द्वका घाइतेका निहुँमा सामान्य चोटपटक र हात भाँचिएकाले समेत २ लाख राहत सहित मासिक १२ हजार बुझीरहेका छन् ।  तर, वास्तविक पिडितले राहत पाउन सकेका छैनन् । 

 

 

श्रीमान पनि दृष्टिविहिन र आफु पनि अंपाङेगता भएकाले गाविसले दिने अंपागभता बाँहेक अन्य विकल्प नभएको रावतको भनाइ छ । श्रीमान सहित ३ सन्तानकी आमा रावतको जीवन निर्वाह कठिन समस्याले पिरोलेको रावतको दुखेसो छ ।  सशस्त्र द्वन्द्वको अन्त्यसँगै शान्ति स्थापना भएको १२ वर्ष बित्यो । तर, द्वन्द्वपीडितले पाउनुपर्ने राहात भने अझै पाउन नसकेको गुनासो गरेका छन् ।   

चिसोको समयमा छोराछोरी र आफ्नो शरिरलाई तातो बनाउने लुगा फाटो र खुट्टामा लगाउने जुत्ता समेत छैन । द्वन्द्वका घाइतेका निहुँमा सामान्य चोटपटक र हात भाँचिएकाले समेत २ लाख राहत सहित मासिक १२ हजार बुझीरहेका छन् ।  तर, वास्तविक पिडितले राहत पाउन सकेका छैनन् । 

तपाईंको बिचार