भारतको कानपुरमा रेल दुर्घटना,

९० जनाको मृत्यु, डेढसयभन्दा बढी घाइते

प्रकाशित मिति: 2016-11-20

दुर्घटनाका कारण त्यस क्षेत्रको रेलवे सेवा पनि प्रभावित भएको छ । 

काठमाडौं । भारतको कानपुरमा आज बिहान रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९० पुगेको छ । घाइते डेढसयभन्दा बढी घाइते भएका छन् । पटना–इन्डोर एक्सप्रेस रेलको १४ वटा डिब्बा लिकबाट उछुट्टिएर बाहिर गएको थियो ।

रेल इन्डोरबाट पटना जाँदै गरेको बेला त्यो दुर्घटना भएको त्यहाँका सुरक्षा अधिकारीहरुले बताएका छन् । दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेको संख्या बढ्न सक्ने कानपुर प्रहरीका अधिकारी दलजीत चौधरीले बताएका छन् । घाइतेहरुलाई उपचारका लागि नजिकैका अस्पताल लगिएको छ । 

दुर्घटनाका कारण त्यस क्षेत्रको रेलवे सेवा पनि प्रभावित भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ भने गृहमन्त्री राजनाथ सिंहले पनि घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

रेल मन्त्री सुरेश प्रभुले घटनाको छानबिन गर्ने बताउँदै मृतकका परिवारलाई राहतस्वरुप प्रतिपरिवार साढे ३ लाख दिने घोषणा गर्नुभएको छ । उहाँले गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार सहयोग दिने पनि बताइ सक्नु भएको बिबिसीले लेखेको छ ।

तपाईंको बिचार