अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

प्रकाशित मिति: 2016-11-09

काठमाडौ । अमेरिकामा डेमोक्रयाटिक पार्टीका उम्मेदवार हिलारी क्लिनटनलाई हराउदै रिपब्लिकन उम्मेदवार डोनाल्ड  ट्रम्प  राष्ट्रपतिमा विजयी हुनुभएको छ । निर्वाचन अघि सबै मत सर्वेक्षणहरुलाई गलत सावित गर्दै रिपब्लिकन उम्मेदवार ट्रम्प  अमेरिकाको ४५ औं राष्ट्रपति बन्नुभएको हो ।

यस अघिका सर्भेक्षणहरुले पूर्व विदेशमन्त्री समेत रहेकी हिलारीको जित लगभग सुनिश्चित जस्तै हुने दाबी गरेका थिए । ५३८ इलेक्टोरल अलेजमा राष्ट्रपति बन्न २७० मत चाहिनेमा ट्रम्पले २ सय ७६ मत पाउनुभयो ।  ट्रम्पले भने सबैको राष्ट्रपति बन्ने बाचा गर्नुभएको छ ।

मतदान पूर्व भएका सबै मत सर्वेक्षणमा ट्रम्प कमजोर देखिनुभएको थियो र हिलरी नै हृवाइट हाउसमा जाने देखाएको थियो । तर, निर्णायक मानिएका मुख्य राज्यहरु ओहायो, फ्लोरिडा, पेन्सलभेनिया लगायतमा ट्रम्पले बाजी मार्नुभएको विविसिले लेखेको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक ट्रपले सार्वजनिक सम्बोधन गर्दै  अमेरिकाको विकास दर दुई गुणाले बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले आफुलाई निर्वाचित गर्ने अमेरिकि जनतालाई धन्यवाद पनि दिनुभयो ।

चुनाबी नतिजा सार्वजनिक भए लगत्तै न्युयोर्कमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, म सबै अमेरिकीको राष्ट्रपति हुँ,  मेरो जित अमेरिकालाई माया गर्ने हरेकको जित हो । आफ्नो चुनाब खाली फगत प्रचारका लागि नभएर अमेरिकाको पुनःनिर्माणका लागि भएको र आफुले  अमेरिकी सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

 

तपाईंको बिचार