एक्लै सडक खन्दै ७२ वर्षका बृद्ध,१ बर्षमा २ किलोमिटर बाटो

कपडा धुने र नुहाउने फुर्सद छैन, बाटो खन्न् रातदिन फुर्सद (अडियोसहित)

प्रकाशित मिति: 2016-10-28
ओपेन्द्र बस्नेत, रेडियो प्रकृति दाङबाट
श्रीमति दृष्टि विहिन हुनुहुन्छ, छोराले पनि आँखा देख्न सक्दैनन । तीनै श्रीमति र सन्तानले बाटो छामेर सजिलै गाउँ र शहरसम्म  आउन–जान सकुन भन्ने उद्देश्यले वलीले बाटो खन्नु भएको हो । 

दाङ । दाह्रीजुङा सेतै फुलेर अनुहार चाउरी परेका छन् । हातखुट्टा पट्पटी फुटेका छन् । नेपाली आयु अनुसार उमेरले नेटो काटि सकेको छन् । तर, एक वृद्ध विगत एक बर्ष देखि रातदिन सडक खन्ने काममा व्यस्त हुनुन्छ ।  

तुलसीपुर नगरपालीका १  परेखोला निबासी ७२ बर्षका चन्द्रविर वली  विगत एक बर्ष देखि नै निरन्तर यसैगरी सडक खन्ने काममा लागीरहनु भएको छ । राप्ती राजमार्ग अन्र्गत दाङ–सल्यान सडक खण्डको साततले देखि परेखोला हुदै खमारीको गाउँमासम्म, उहाँले  एक मिटर चौडाइ र करिब २ कीलोमिटर लम्बाइ रहेको बाटो खनिसक्नु भएको छ । 

बाटो खन्न कित सरकार ियोजना पर्नुपर्छ नभए गाविसले बजेट छुट्याउनुपर्छ । त्यसपछि ठूलो लस्करसहित डोजेरको समेत प्रयोग गरेर अहिले गाउँमा सडक बनिरहेका छन्  । तर दाङमा ७२ बर्षका एक जेष्ठ नागरिकले दुई किलो मिटर बाटो एक्लै बनाउनु भएको हो ।

श्रीमति दृष्टि विहिन हुनुहुन्छ, छोराले पनि आँखा देख्न सक्दैनन । तीनै श्रीमति र सन्तानले बाटो छामेर सजिलै गाउँ र शहरसम्म  आउन–जान सकुन भन्ने उद्देश्यले वलीले बाटो खन्नु भएको हो । अब वलीलाई त्यही बाटोबाट गाउँसम्म मोटर पु¥याउने धोको पनि छ ।  

विहानीको मिरमिरे उज्यालो भए देखि साँझ झुसमुस नहुदा सम्म वली अन्कन्टार जंगलमा एक्लै बाटो खनिरनुहुन्छ । मैलो लुगा कयौदिनदेखि शरिर ननुहाउनु फुर्सद छैन । तर बाटो खन्ने समय भने प्रसस्त छ । नयाँ बाटोबाट मोटरबाटो भेटाउन, पुरानो बाटोको तुलनामा अहिले करिब ९-१०  किलोमिटर कम दुरी पर्ने उहाँको दाबी छ । 

२०७२  भदौ १८ गते देखि बाटो खन्न सुरु गरेका उहाँलाई न गाउँलले सघाए न राज्यले ।  एकजना स्थानिय जंगबहादुर वलीले भने करिब एक महिना ७२ बर्षका वलीलाई साथ दिनुभएको थियो । 

बाटो खन्न सुरु गरेको एक बर्ष भन्दा पनि बढी भइसक्यो । न पछुतो छ न राज्यले हेरन भन्ने गुनासो छ । तर, आर्थिक रुपले निकै कम्जोर दृष्टिविहिन परिवारले वेलामौका अरुले दिनेको सहयोगले भोको पेट भर्दै आएकोले छ । स्थानिय नागरिकमात्रै होइन राज्इलाई समेत सजिलो पार्नेगरि बाटो खन्न सत्रिय ती जेष्ठ नागरिकलाई कसले सहयोग गर्ने ? सहयोग हातहरु भने जुट्न सकेका छैनन । 

स्थानिय दंग 
गोरेटो बाटोसमेत नभएको ठाउँमा सजिलै हिँड्न सक्ने बाटो बनाएपछि त्यहाँका स्थानीयहरू अहिले खुसी भएका छन् ।  करिब ३५ घरधुरीको संख्यामा रहेका त्यहाँका स्थानीय अहिले सहर बजारमा सामान किनमेल गर्न जाँदा त्यही बाटो भएर आउने जाने गरेको रायपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कलिभान रोकाले जानकारी दिनुभयो । 

‘इन्जिनियरले नक्सांकन गरेको बाटोभन्दा उसले निर्माण गरेको बाटो कम छैन,’ अध्यक्ष रोकाले भन्नुभयो । तरपनि, बूढो मान्छेले एक वर्षसम्म श्रम र पसिना बगाएर बाटो खन्दासमेत कसैले वास्ता नगरेको उहाँको गुनासो छ ।

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/SR__Opendra_Basnet.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/SR__Opendra_Basnet.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार