सुस्त गतिमा राष्ट्रिय गौरवको आयोजना (अडियो सहित)

अध्ययन संभावना नभएका आयोजनाको चर्चा धेरै

प्रकाशित मिति: 2016-10-15
सोविता रिसाल
तस्वीर माथिल्लो तामोकोशी जलविद्युत आयोजनाको फेसवुक पेजबाट ।
तस्वीर माथिल्लो तामोकोशी जलविद्युत आयोजनाको फेसवुक पेजबाट ।

कतिपय आयोजनाहरु कुन मन्त्रालयले लिने भन्ने पनि भर्खरै मात्रै टुङ्गो लागेको छ । तर बर्षौ देखि काम गरिएको भनिएको आयोजनाको प्रगति दोहोरो अंकमा पनि पुग्न सकेको छैन । महालेखा परिक्षकका अनुसार, पुर्वपश्चिम रेल, निजगढ बिमानस्थल लगाएतका आयोजनाहरुको अध्ययन पनि भएको छैन ।

काठमान्डु । सरकारले बिभिन्न २३ ओटा आयोजनाहरुलाई राष्ट्रिय गौरबका आयोजनाहरुको रुपमा अगाडी सारेको  छ । जुन आयोजनाहरु पुरा भए राष्ट्रकै गौरब हुने समृद्धिका धेरै सम्भावना खुल्ने भएपनि आयोजनाहरुको कामले गति लिन भने सकेको छैन ।


महालेखा परिक्षकको कार्यालयलले निकालेको आर्थिक बर्ष २०७२÷ ७३ को प्रतिबेदनले राष्ट्रिय गौरबका आयोजनाहरुको काम प्रभावकारी नभएको निस्कर्ष निकालेको थियो । सडक, सिंचाई, बिमानस्थल, खानेपानी लगाएत गरि बिभिन्न जिल्लाका २३ ओटा आयोजना राष्ट्रिय गौरबको आयोजनामा छन् । महालेखा परिक्षकको कार्यालयका प्रवक्ता बाबुराम पौडेल राष्ट्रिय गौरवका आयोजनाहरुको योजना बनाउँदैमा गलत भएको बताउनुहुन्छ ।


मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग, सिक्टा, रानीमजरा, बबई सिंचाई आयोजना, बुढीगण्डकी जलविद्युत आयोजना, काठमाडौ तराई फास्ट ट्रयाक, लुम्बिनी क्षेत्र बिकास कोष, गौतम बुद्ध बिमानस्थल, पोखरा अन्तराष्ट्रिय बिमानस्थल, निजगढ बिमानस्थल, माथील्लो तामाकोशि लगाएत बिभिन्न आयोजनाहरु राष्ट्रिय गौरबमा छन् ।

यी मध्ये योजना अनुसार कतिपय आयोजनाहरु आउदो आर्थिक बर्षमा सम्पन्न गरिसक्नुपर्ने छ । आयोजना मध्येका ५ आयोजना भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको जिम्मा भएपनि काम चुस्त हुन नसकेको मन्त्रालयका सहायक प्रवक्ता सुन्दर भट्राई स्वीकार्नुहुन्छ ।  


राष्ट्रिय गौरबका आयोजना मध्ये माथील्लो तामाकोशी जलविद्युत आयोजनाले भने ७७ प्रतिशत काम सम्पन्न गरेको छ । तर कतिपय आयोजनहरुको काम प्रतिशतका आधारमा दोहोरो अंकमा पनि पुगेको छैन । ४ ओटा आयोजना रहेको सिंचाई मन्त्रालय अन्तरगका आयोजनाले पनि खास प्रगति गर्न सकेको छैन । बहुप्रतिक्षित बबई सिंचाई आयोजनाको काम नै शुरु भएको छैन । तर अरु आयोजना भने प्रगतीमा पुगेको सिंचाई मन्त्रालयका सहायक प्रवक्ता प्रमोद कुमार श्रेष्ठ दाबी गर्नुहुन्छ ।


कतिपय आयोजनाहरु कुन मन्त्रालयले लिने भन्ने पनि भर्खरै मात्रै टुङ्गो लागेको छ । तर बर्षौ देखि काम गरिएको भनिएको आयोजनाको प्रगति दोहोरो अंकमा पनि पुग्न सकेको छैन । महालेखा परिक्षकका अनुसार, पुर्वपश्चिम रेल, निजगढ बिमानस्थल लगाएतका आयोजनाहरुको अध्ययन पनि भएको छैन । तर चर्चा भने अध्ययन संभावना नभएकै आयोजनाकै धेरै छ । सस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तरगत तीन बिमानस्थल र पशुपति तथा लुम्बिनी क्षेत्र बिकास राष्ट्रिय गौरबका आयोजना अन्तरगत छन् । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्ययाय काम सन्तोषजनक तरिकाले हुन नसकेको स्वीकार गर्नुहुन्छ ।


कामको गति यस्तै हुने हो भने बहुप्रतिक्षित फास्ट ट्रयाक, हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, मेलम्ची, रेल्वे तथा मेट्रो जस्ता आयोजनाहरु सम्पन्न भएको हेर्न जनताले अझै धेरै बर्ष कुर्नुपर्ने देखिएको छ ।

 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/Untitled1.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/Untitled1.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार