सुध्रिंदै नेपालमा भोकमरीको अवस्था

११८ देशमा नेपाल ७२औं स्थानमा

प्रकाशित मिति: 2016-10-13

लक्ष्मी बस्नेत, काठमाडौं । नेपालमा भोकमरीको अवस्थामा सुधार हुँदै गएको एक अध्ययनले देखाएको छ । अस्ति जारी भएको ग्लोबल हंगर इन्डेक्स प्रतिवेदन २०१६ मा नेपालको अवस्था सुधार हुँदै गएको देखिएको हो । 

इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटले प्रत्येक वर्ष यस्तो प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । यो प्रतिवेदनमा नेपालको अवस्था दक्षिण एसियाली देशहरु मध्येमा राम्रो भएको छ । 
कुल एक सय १८ देश रहेको सूचकांकमा नेपाल ७२औं स्थानमा छ । नागरिकलाई खाद्यान्न कुन मात्रामा कसरी प्राप्त भइरहेको छ भन्ने देखाउने गरी ग्लोबल हंगर इन्डेक्स सार्वजनिक गर्ने गरिन्छ । 
कुपोषण, शिशु अवस्थाको गम्भीर कुपोषण, बालबालिकाको विकासको अवस्था र बाल मृत्युदरलाई आधार मानेर यसमा अध्ययन गर्ने गरिएको बिबिसीले जनाएको छ ।

 

http://ghi.ifpri.org/countries/NPL/

नेपालका ७.८ प्रतिशत मानिस कुपोषणको अवस्थामा छन् भने पाँच वर्षमुनिका ३७.४ प्रतिशत बालबालिकाको विकासमा समस्या रहेको प्रतिवदेनमा उल्लेख छ ।

दक्षिण एसियाका अरु देशको तुलनामा नेपालको अवस्था केही राम्रो छ । भारत नेपालभन्दा २५ स्थान तल छ । भारत ९७ औं स्थानमा रहेको छ ।
सूचकांकमा ‘ग्लोबल इन्डेक्स स्कोर’ लाई पाँच समूहमा विभाजन गरिएको छ ।

http://ghi.ifpri.org/results/

शून्यदेखि ९.९ स्कोरलाई भोकमरीको अवस्था कम, १० देखि १९.९ लाई मध्यम, २० देखि ३४.९ लाई गम्भीर, ३५ देखि ४९.९ लाई खतरनाक तथा ५० देखि माथिलाई संकटपूर्ण भनि छुट्याइएको छ ।

तपाईंको बिचार