थ्रेस होल्डमा सत्तापक्ष र विपक्षी नजिक

साना दलको भने बिरोध ( अडियो सहित )

प्रकाशित मिति: 2016-10-11
सोबिता रिसाल

थ्रेस होल्डको बारेमा दुई थरी तर्क छ । एक, लोकतन्त्रमा साना साना पार्टी पनि संसदमा पुग्नुपर्छ । अर्को एक दुई जना मात्रै सांसद भएको व्यक्ति संसदमा पुगेर झन् राजनितिक अस्थिरता भयो ।

काठमान्डु । आउदो चैत्रमा  स्थानीय तहको निर्वाचन गर्ने गरी दलहरुले छलफल चलाईरहेका छन् । सरकारले पनि त्यहि अनुसारको तयारी गरिरहेको छ । हरेक पटकको निर्वाचन ताका उठ्ने बिषय थ्रेस होल्ड यसपटक पनि छलफलको बिषय बनेको छ । ठूला दलहरुले लोकतन्त्रको सुदृढिकरणका लाथि थ्रेस होल्ड राख्नुपर्ने बताएका छन् भने साना दलहरुले बिरोध गरिरहेका छन् ।


काग्रेसका केही सांसदले  संसदमा दर्ता भएको निर्वाचन बिधेययक माथी संसोधन प्रस्ताब दर्ता गराउदै कम्तिमा ५ प्रतिशत थ्रेस होल्डको व्यवस्था हुनुपर्ने माग गरेका छन् । तर औपचारिक रुपमा भने काग्रेसले समानुपातिकमा कम्तिमा पनि ३ प्रतिशत थ्रेस होल्ड अनिवार्य भएको निर्णय गर्दै अरु दललाई पनि ३ प्रतिशतमा नै मनाउने कोशिश गरिरहेको छ ।

काग्रेस नेता आनन्द ढुङ्गाना राष्ट्रिय पार्टी बन्नका लागि कम्तिमा पनि ३ प्रतिशत मत ल्याउनुपर्छ भन्नुहुन्छ । संसदमा भएका स साना पार्टीले सरकार गठन र ढाल्नमा चलखेल गरेकाले राष्ट्रिय पार्टी बनेर संसदमा आउन केही न केही नियन्त्रण हुनुपर्ने उहाँको भनाई  छ ।
थ्रेस होल्डको बारेमा दुई थरी तर्क छ । एक, लोकतन्त्रमा साना साना पार्टी पनि संसदमा पुग्नुपर्छ । अर्को एक दुई जना मात्रै सांसद भएको व्यक्ति संसदमा पुगेर झन् राजनितिक अस्थिरता भयो ।

यस अघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई  काग्रेसको सहयोगमा माओवादी केन्द्रले अविश्वासको प्रस्ताब हाल्दा सरकारमा नै रहेका केही साना दलका मन्त्रीहरुले भोलीपल्ट प्रधानमन्त्रीको बिरुद्धमा मत हाले ।

यसैलाई देखाउदै अब एक दुई प्रतिनिधि मात्रै भएको राजनीतिक दल संसदमा काम छैन भन्ने तर्क पनि बलियो हुदैछ । एमाले सचिब गोकर्ण बिष्ट थ्रेस होल्ड अनिर्वाय भएको र कम्तिमा ३ प्रतिशत थ्रेस होल्ड राख्नुपर्ने बिषयमा छलफल चलिरहेको बताउनुभयो ।


एमालेले पाँच प्रतिशत सम्म थ्रेस होल्ड राख्न सकिने बताउदै आएपनि कम्तिमा ३ प्रतिशतमा सहमत हुने देखिएको छ । माओवादी केन्द्र थोरै भन्दा थोरै थ्रेस होल्ड राखेर अगाडी जान सकिने पक्षमा छ ।

प्रमुख सचेतक टेकबहादुर बस्नेतका अनुसार माओवादी केन्द्र  २ प्रतिशत सम्म थ्रेस होल्ड राख्न सकारात्मक छ । पछाडी परेका, आदिवासी, महिला, मधेसी मुस्लिमहरुको पक्षमा भने थ्रेस होल्ड नरहेको भएपनि कम्तिमा २ प्रतिशत थ्रेस होल्ड राखन् माओवादी तयार रहेको उहाँले बताउनुभयो ।


पाच, तिन र दुई प्रतिशत भन्ने ठुला दलका धारणाका बिचमा ३ प्रतिशत थ्रेस होल्ड राख्नेमा सहमति हुने संभावना छ । तर त्यसमा साना दलको भने आपति छ । थ्रेस होल्ड लागु भयो भने आफ्नो अस्तित्व नै समाप्त हुने भन्दै साना दलहरुले भने यसको बिरोध गरिरहेका छन ।

राष्ट्रिय जनमुक्ति पार्टीका सांसद शिवलाल थापाले तीन दलको सिण्डिकेटको लागि यसको व्इवस्था गरेको भन्दै संसदबाटै यसको बिरोध गर्ने बताउनुभयो ।


एक दुई जना सांसद भएका पार्टीहरुको संख्या बढि भएकाले सरकार ढाल्ने र बनाउने लगायतका काममा यस्ता दलहरुले धेरै प्रभाव पारिरहेकाले आम नागरिकले भने थ्रेस होल्डको माग गरेका छन् । थ्रेस होल्डको व्यवस्था गर्न सके सरकारको स्थीरता हुने र दलको नाममा भैरहेको राष्ट्रिय खर्च कम हुने देखिन्छ ।

 

अडियो सुन्नुहोस्

तपाईंको बिचार