गाडी दुर्घटनाको जिम्मेवार यात्रु पनि

वीना बर्दीका प्रहरी (नागरिक) को दायित्व (अडियोसहित)

प्रकाशित मिति: 2016-10-03
गीता चिमोरिया
तस्बिर : नागरिकबाट
तस्बिर : नागरिकबाट

“बरु आफ्नो योजना एकदिन पछि सार्नुपर्छ, आफूमात्रै जाउँ जसरी पनि जाउँ भन्ने मानसिकता त्याग्नुपर्छ । ” 

काठमाडौं । १९५८ सालमा पहिलोपटक गाडी भित्रिए यता मुलुकभर करिब १९ लाख ९५ हजार ४ सय ४ सवारीसाधन दर्ता भएका छन् । जति सवारी साधन भित्रदै छन् त्यती नै दुर्घटना पनि बढ्दै छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार गत वर्ष मात्रै ९ हजार गाडी दुर्घटना हुँदा करिब १८ सय नेपालीले अकालमा ज्यान गुमाउनु प¥यो । चाडबाड नजिकिंदै गर्दा यस्ता दुर्घटना झन बढ्ने गरेको पाईन्छ । 

मुलुकमा प्रतिदिन ५ देखि ७ जनाको सवारी दुर्घटनामा ज्यान जाने गरेको छ । सवारी दुर्घटनाको कारणमध्ये करिब ८५ प्रतिशत, चालकको लापरबाहीले हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ । सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण हुने भएपनि अहिलेको अवस्थामा एकजना ट्राफिक प्रहरीले हेर्नुपर्ने जनसंख्या १२ हजार १ सय ९९ जना छ ।

हरेक प्रत्येक ६ घण्टामा चालक परिवर्तन हुनुपर्छ, भयो कि भएन यात्रुले ख्याल गर्नुपर्छ । ” खाजा÷खाना खाने ठाउँमा चालकले लुकेर मादकपदार्थ सेवन गर्ने गर्छन्, यस्तो कुरामा पनि यात्रुले ध्यान दिनुपर्छ । 

एकजना ट्राफिक प्रहरीले हेर्नुपर्ने सवारीसाधन ८ सय ४३ छन् ।  त्यसकारण पनि ट्राफिक प्रहरीले खेलेको भूमिका प्रभावकारी हुन सकेको छैन । यस्तो अवस्थामा सुरक्षित यात्राका लागि यात्रुको भूमीका निकै महत्वपूर्ण हुन्छ । सबैभन्दा पहिले त आफूले यात्रा गर्ने सवारी कस्तो छ भनेर यात्रुले ख्याल गर्नुपर्छ ।

यातायात व्यवस्था विभागका पूर्व महानिर्देशक नरेन्द्रराज सापकोटा धेरैजसो दुर्घटना यात्रुका कारणले पनि हुने गरेको अनुभव सुनाउनु हुन्छ ।

विशेषगरी चाडबाडको समयमा व्यवसायीहरुले आफ्नो फाइदाका लागि सीट क्षमताभन्दा बढी यात्रु चढाउन खोज्ने हुँदा यात्रु आफैं चनाखो बन्नुपर्छ । सापकोटा भन्नुहुन्छ, “बरु आफ्नो योजना एकदिन पछि सार्नुपर्छ, आफूमात्रै जाउँ जसरी पनि जाउँ भन्ने मानसिकता त्याग्नुपर्छ । ”  

चालकले नियम विपरितका कुनै काम गरे नजिकको ट्राफिक प्रहरी कार्यालयमा खबर गरिदिनुपर्छ, त्यसका लागि आफूले यात्रा गर्ने बाटोमा सम्पर्क गर्न सक्ने प्रहरीको नम्बर पनि थाहा पाइ राख्दा राम्रो हुन्छ । पूर्व ट्राफिक प्रहरी निरिक्षक तुलसीप्रसाद उप्रेती लामो यात्रामा चालक परिवर्तन भयो कि भएन, चालकले मादक पदार्थ सेवन गरेको पो छ कि भन्ने कुरामा पनि यात्रुले ख्याल गर्नुपर्छ भन्नुहुन्छ ।

उप्रेतीले भन्नुभयो, “ हरेक प्रत्येक ६ घण्टामा चालक परिवर्तन हुनुपर्छ, भयो कि भएन यात्रुले ख्याल गर्नुपर्छ । ” खाजा÷खाना खाने ठाउँमा चालकले लुकेर मादकपदार्थ सेवन गर्ने गर्छन्, यस्तो कुरामा पनि यात्रुले ध्यान दिनुपर्ने उप्रेतीको सुझाव छ । 

गाडी हाँक्दा हाक्दै चालक फोनमा कुरा गर्दैछन् भने यात्रुले गाडी रोकेर मात्रै कुरा गर्न भन्नुपर्छ । इन्जिनियरिङ अध्ययन संस्थान पुुल्चोकका सहायक डिन डा. जगतकुमार श्रेष्ठ धेरैजसो दुर्घटना तीव्र गतिका कारण पनि हुनेगरेको भन्दै गति सिमित गर्न बेलाबेलामा चालकलाई यात्रुले सम्झाइ राख्नुपर्ने बताउनुहुन्छ ।

उकालो तथा ओरालो ठाउँमा गाडी बढी दुर्घटनामा पर्छ यस्तो बेला यात्रु ओर्लेर त्यो अफ्ट्यारो बाटो कटीसकेपछि मात्रै गाडीमा चढ्नुपर्छ । यात्राका क्रममा आफू चढेको सवारी दुर्घटना भइहालेमा वा आफू हिड्दै गरेको बाटोमा कोही व्यक्ति दुर्घटनामा परेको छ भने सम्बन्धीत निकायमा तुरुन्त खबर गर्ने प्रयास गर्नुपर्छ र आफू पनि उद्धारमा खटिनुपर्छ । 

कतिपय बेला आफू हिड्दै गरेको सडकमा कोही मानिस दुर्घटनामा परेर छट्पटइरहेको देखेपनि हामी वास्तै नगरी हिड्छौं । त्यस्तो बेला घाइतेलाई अस्पतालसम्म पु¥याउनु तथा उनका आफन्तलाई खबर गरिदिनु हाम्रो मानवीय दायित्व हो । 

सुरक्षित यात्राका लागि हरेक नागरिक वीना बर्दीका प्रहरी हुन् । सरकारले गरेन या ट्राफिक प्रहरीले केही गरेन भनेर दोष अरुलाई मात्रै थुपार्ने भन्दा पनि यात्रु आफै बढी सजक हुनु आवश्यक छ  । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार