योगेश भट्टराई
म ड्राइभर हुँ । हरेक दिन गाडीको ड्राइभिङ सिटमा बसेर स्टेरिङ्ग घुमाउदै, क्लज, एक्सिलेटर र ब्रेकका बिचमा सन्न्तुलन गर्दै, एकसाथ अगाडि हेर्दै र दाँया, बाँयाको एेनाबाट पछाडि पनि हेर्दै दौडिरहेको हुन्छु । जिन्दगीमा मानिसलाइ जहिल्यै समयको अभाब भएर होला सबै हतारमै देखिन्छन । तर कहिलेकाही लाग्छ मनिसको यो बेतुकको कुरा हो ।
घन्टौ फोगट्या गफ गरेर बिताउदा चै त्यो चेत कहाँ खुस्किन्छ ? त्यसमा म अपबाद होइन । तर सडकमा देखिन्छ उछिना पाछिन । त्यसैको कारण बेसमय कति मानिसहरुले माथिको टिकट काटिरहेका छन । बिदेश तिर जाँदा त्यहाँ रहेका साथीहरु र बिदेशि मित्रहरुले भन्ने गर्छन नेपाल नबनेकै सिस्टम नभएर, सिस्टममा नबसेर र अनुशासन पालना नगरेर हो भन्छन ।
एकहदसम्म सहि नै हो । अमेरिकाको सडकमा होस व कतारको त्यहाँ ड्राइभिङ गर्ने साथीहरु पुलिस र सिसिटिभी क्यामरासँग छुलछुल भएको धेरै पटक देखेको छु । नेपालमा तिनै साथीहरु अनुशासनमा नबस्ने तर अरुका देशमा भने आँफै सतर्क हुने । कारण के होला ? यसको छलफल गर्दै गरौला ।
म तिन पटक ट्रफिकको फन्दामा परेको छु । तिनै पटक लेन अनुशासनमा । दुई पटक सिँहदरबार अगाडि र एकपटक ठमेलमा । लाइसेन्स जफत भैहाल्यो । बग्गिखानामा लाइसेन्स लिन एकजना साथीलाई पठाएको ट्रफिकले भनेछन दिन मिल्दैन । सम्बन्धित ब्यक्ति नै आउनु पर्छ अनि क्लास लिनु पर्छ, फाइन तिरेर लाइसेन्स लान पाईन्छ, ट्रफिकको भनाइ ।
धेरै पटक सोचे त्यसरी जाउ कि नजाउ ? त्यहाँ आउने अरुले मलाई के भन्दा हुन ? नकारत्मक समाचार पो बनिने हो कि ? यस्तै यस्तै प्रश्नका कारण धेरै दिन लाइसेन्स लिनै गइन । अनि फेरि सोचे अनुशासन चै के साना र कमजोरका लागिमात्र हो र ? रात दिन धुवामा, धुलोमा, झरिमा, जिवननै जोखिममा राखेर, खाई, नखाई डियुटिमा रहेका ट्रफिकको अवस्था ।
यो सबै देशलाई बनाउनलाई नैत उनिहरुले गरिरहेका छन । अनि गँए बग्गिखाना । ट्रफिक नियमका बारेमा क्लास लिए । फाइन तिरे र लाइसेन्स लिएर आए । म जस्तै ले मलाई घरि घरि हेर्थे । तर मैले लजाएको व्यबहार देखाइन ।
अनि उनिहरुलाई पनि सहज भयो होला ? ट्रफिकका अफिसरहरु पनि खुशि भए । गल्ति ट्रफिकको होइन मेरै थियो । यसले सडकमा अनुशासित हुन मलाई सिकायो । मान्छे कसै न कसैसँग त डराउनु पर्छ । ट्रफिकसँग डराउनुहोस् केहि बिग्रिदैन । भट्टराईको फेसबुकबाट
तपाईंको बिचार