दक्षिण सुडानमा ‘जहाँ समस्या, त्यहाँ नेपाली सेना’(अडियोसहित)

प्रकाशित मिति: 2016-09-21
गोविन्द खड्का

नेपालसँगै चीन भारत लगायतका अरु देशका सेनापनि दक्षिण सुडानमा कार्यरत छन् । अरुले गर्न नसकेका काम नेपाली सेनाले जिम्मा पाएका थुप्रै उदाहरण छन् । ती काम नेपाली सेनाले पार लगाएको छ । 

काठमाडौं । विश्वको कान्छो मुलुक दक्षिण सुडानको राजधानी जुवामा तापक्रम जति बढ्दो छ, राजनीतिक तनाव पनि त्यतिकै चर्किदो अवस्थामा छ । त्यही राजनीतिक तनाव कम गराउन एउटा नेपाली सेनाको एउटा बटालिन रातदिन खटिएको छ ।  

दुई दशकभन्दा लामो गृहयुद्धपछि तीन वर्षअघि मात्र स्वतन्त्र भएको दक्षिण सुडानमा राजनीतिक तनाव जातीय युद्धमा परिणत भएपछि विश्वकै सबैभन्दा असुरक्षित देश बन्न पुगेको छ । त्यही असुरक्षित सिंगो देशको सुरक्षा नेपाली सेनाको जिम्मामा छ । 

दक्षिण सुडानका लागि राष्ट्रसंघीय शान्ति मिसन साउथ सुडान (अनमिस) अन्र्तगत चीन, भारत, इथोपिया लगायत ९ देशका सेना शान्ति स्थापनाका लागि सक्रिय छन् । अरु देशका सेनाका लागि निश्चित जिम्मेवारी तोकिएको छ तर नेपाली सेनालाई सिंगो दक्षिण सुडाको सुरक्षा जिम्मेवारी सुम्पिएको छ । १३ महिना नेपाली सेनाको नेतृत्वको जिम्मेवारी पुरा गरेर फर्किदै गर्दा प्रमुख सेनानी रोशन खड्काले सेनाप्रतिको विश्वास बढेदै गएको बताउनुभयो । 

सयुक्त राष्ट्रसंघ र दक्षिण सुडानका नागरिकका लागि पनि नेपाली सेनाले भरोसा जगाउन सकेकोमा खड्काले खुसी व्यक्त गर्नुभयो  । आबश्यकता अनुसार जुनसुकै ठाउँमा परिचालित हुन रिजर्ब फोर्स अथवा जगेडा समुह नै तैनाथी अवस्थामा हुन्छ । ‘जहाँ समस्या हुन्छ, त्यहाँ नेपाली सेना’ अहिले दक्षिण सुडानका लागि नारा जस्तै बनेको छ । 

कसैले नसकेको काम नेपाली सेनालाई 

गएको जुलाई १३ अथवा दुईमहिना अघि राष्ट्रपतिको कार्यालय नजिकै स्थानियका अनुसार १५ सयको ज्यानजाने गरिसरकार र विद्रोही सेनाबीचको भिडन्त भयो । दुईजना चिनियाँ सैनिकको समेत भिडन्तका क्रममा मृत्यु भयो ।

तत्कालको सुरक्षा व्यवस्था सहज बनाउन, राष्ट्रसंघका सुरक्षा अधिकारीलाई सुरक्षा दिएर ल्याउनु पर्ने भयो । तर, त्यो काम अरुले नसक्ने भएपनि नेपाली सेनालाई जिम्मा लगाइयो र नेपाली सेनाले सजिलै पार लगायो । त्यसमा नेपाली सेनाले खेलेको भूमिकाबाट झनै माग बढेको छ ।

माथिल्लो नाइल क्षेत्र अपदस्थ राष्ट्रपति रिक मचारको नियन्त्रणमा छ । त्यहाँ खाद्यान्न पठाउँदा नाइल नदीमा पानी जहाज विद्रोही सेनाले अवरोध गर्यो । लाइफ लाइन नाम दिएको अप्रेसनमार्फत खाद्यान्न त्यता पुर्याउन अरू देशका सैनिकलाई पनि भनिएको थियो ।

तर, उनीहरूले तत्परता नदेखाएपछि नेपाली सेनाले वाताएको माध्यमबाट जुबाबाट माथिल्लो नाइलसम्म पाँच पटक खाद्यान्न पुर्याइसकेको छ । त्यसपछि त्यसको जिम्मा पनि नेपाली सेनालाई नै दिइएको छ । प्रमुख सेनानी खड्काका अनुसार अवरोध चिर्दै, उनीहरुलाई सम्झाउँदै अपरेसन सफल पारेपछि नेपाली सेनालाई हेर्ने दृष्टिकोण नै अलग बनेको छ ।  

नेपाली सेनालाई दिएको कुनै पनि जिम्मेवारी सजिलै पुरा गर्ने भएकाले जिम्मेवारी थपिने क्रम पनि बढेको छ । शरणार्थीका रुपमा राष्ट्रसंघको कयाम्पभित्रै बस्ने नागरिकलाई सम्झई बुझाई अन्यन्त्र सार्ने काम पनि नेपाली सेनाले नै गर्नुपर्छ । ‘हँसिलो मिजासिलो स्वभावका नेपाली भएर होला नागरिकले पनि विश्वास गर्छन र भनेको कुरा मानिदिएका छन् ’ खड्काले भन्नुभयो, ‘गाउँ गाउँमा पनि नेपाली सेनाको पहिचान  फरक बनेको छ । ’ 

नेपाली सेना सुडानका मानवीयता जोगाउन, सरकारी र विद्रोही पक्षले गरिरहेको  युद्धको बाटोलाई मेटाएर बुद्धको बाटो देखाउन लागि परेको छ । 

 

पुरै दक्षिण सुडानको सुरक्षा जिम्मा

पुरै सुडानको सुरक्षाका लागि तयारी अवस्थामा रहेको नेपाली सेनालाई राजधानी जुवामा निकै महत्वपूर्ण जिम्मेवारी दिइएको छ । अनमिस हेडक्वाटरसमेत रहेको युएनहाउसको पेरिमिटरको सुरक्षा, उच्चतहका अधिकारीको भ्रमणको सुरक्षा जिम्मेवारी पनि नेपाली सेनाले हेर्दै आएको छ ।

दक्षिण सुडानमा रहेका करिब ३ लाख आन्तरिक शरणार्थीको क्याम्पको सुरक्षा पनि नेपाली सेनाकै काधमा छ । महासेनानी चोकबहादुर ढकाल नेपाली सेनाको जिम्मेवारीलाई नेपालको गौरवसँग तुलना गर्नुहुन्छ ।  ‘यो एउटा गणले मात्रे होइन नेपाली सेना र नेपाल सरकारले गरेको काम हो’ महा सेनानी ढकालले भन्नुभयो, ‘दक्षिण सुडानमा सेनाले देखाएको भूमिकाबाट नेपालको अन्तर्राष्ट्रि छवी बढेको छ, यसलाई राष्ट्रिय गौरवसँग जोडेर हेर्नुपर्छ । ’ 

वुद्ध बन्दै नेपाली सेना 
‘शान्ति कायम गर्नु सिपाहीको काम होइन, तर सिपाहीले मात्र यो काम गर्न सक्छन’ । विश्वका कतिपय द्वन्द्वग्रस्त क्षेत्रमा संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति कायम गर्न खटिएका विभिन्न देशका शान्ति सेनालाई उत्प्रेरित गर्ने यो वाक्यले धेरै गहिरो अर्थ बोकेको छ ।

सबैको सुरक्षा जिम्मेवारी नेपाली सेनाकै काधमा छ । तर, लड्नु र मर्नु–मार्नु सामान्यसुडानमा नेपाली सेना आफ्नै लागी भने थुप्रै सुरक्षा चुनौती छ ।  

दक्षिण सुडानमा नेपाली सेनाको भूमिका पनि त्यस्तै देखिन्छ । नेपाली सेना सुडानका मानवीयता जोगाउन, सरकारी र विद्रोही पक्षलाई युद्धको बाटोलाई मेटाएर बुद्धको बाटो देखाउन लागि परेको छ । ‘हतियारबिना सेनाको काम चल्दैन तर सबै काम हतियारबाट मात्रै सम्भव हुँदैन ।’ काठमाडौंबाट शान्ति मिसनको अनुगमन गर्न दक्षिण सुडान गएको टोलीका संयोजक महासेनानी ढकालले भन्नुभयो, ‘नेपाली सेनाले यहाँ आवश्यकताअनुसार हतियारलाई बिसाएर कलम र औजार पनि चलाइ रहेको छ । ’ 

मर्नु मार्नु सामान्य
सन् २०११ मा जनमतसंग्रहपछि देश अलग भएसँगै भएको निर्वाचनमा डिंगा जातिका साल्भा किर राष्ट्रपति र अर्काे जातीय समूह न्युरबाट रिक माचर उपराष्ट्रपति भएका थिए । तर, ‘कु’ गर्न लागेको आरोपमा राष्ट्रपति किरले उपराष्ट्रपति मचारलाई हटाएपछि  न्युरजातीका सेनासमेत फुटाई मचार सरकारसँग सशस्त्र लडाईमा उत्रिएका थिए । त्यसयता गाउँ गाउँसम्म रक्तपात पूर्ण जातिय लडाई जारी छ ।

सन् २०११ जुलाई ९ तारिखमा स्वतन्त्रता पाउनुअघि अलग देशका लागि लडेका दक्षिण सुडान जनताले त्यसपछि पनि शान्ति पाउन सकेका छैनन । डिंका समुदायका राष्ट्रपति साल्भा किर र न्युर समुदायका उपराष्ट्रपति रिक मचारबीच डिसेम्बर २०१३ बाट सुरु भएको जातीय द्वन्द्वमा कतिले ज्यान गुमाए ? लेखाजोखा पनि छैन ।

२० लाख मानिसको ज्यान गइसकेको दक्षिण सुडानमा  १० लाख नागरिक विस्तापित भएका छन भने त्यतिकै जनता आन्तरिक शरणर्थीको जीवन बाँचिरहेका छन् ।

उनीहरु सबैको सुरक्षा जिम्मेवारी नेपाली सेनाकै काधमा छ । तर, लड्नु र मर्नु–मार्नु सामान्यसुडानमा नेपाली सेना आफ्नै लागी भने थुप्रै सुरक्षा चुनौती छ ।  

सुखद संयोग
साढे ८ सय फौजसहित दक्षिण सुडानको राजधानी जुबामा सुरक्षाका लागि अर्जुन वाण गण खटिएको थियो । १३ महिनाअघि २०७२ भदौ ७ गते प्रमुख सेनानी रोशन खड्काको नेतृत्वमा गएको देवीदल गणले बदली गर्यो । सुखद संयोग कस्तो देखियमो भने नेपाली सैनिकको बदली भएकै दिन दक्षिण सुडानमा शान्ति सम्झौतामा हस्ताक्षर भयो ।

अन्तर्राष्ट्रिय समुदायको कडा रबैया र दबाबका कारण दुवै पक्ष सहमतिमा आए । कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने आशंका कायमै राख्दै हस्ताक्षरित उक्त सम्झौतापछि पहिला अपदस्थ गरिएका रिक मचार नै उपराष्ट्रपतिमा बहाल हुने, ३० महिनाका लागि संक्रमणकालीन सरकार बनाउने, दुवै सेनाका हतियार क्यान्टोनमेन्टमा राख्ने, समायोजना नहुञ्जेल राष्ट्रपति र उपराष्ट्रपति दुवै आ–आफ्नो सेनाको प्रमुख रहने, यही सरकारले निर्वाचन गराउनेलगायका बुँदाहरू समेटिए ।

प्रमुख सेनानी खड्काका अनुसार आन्तकिर शरणार्थीका रुपमा लामो समयदेखि कसैले हटाउन नसकेका नागरिकलाई पनि नेपाली सेनाले खुसीका साथ अन्यत्र सार्न सफल भयो । ती घटनाले नेपालको सेनाको पहिचान झन फरक बनाइदियो । 

अहिले १३ महिना नेतृत्व गरेर देवीदल गण फर्किएपछि पशुपतिप्रसाद गणको नेतृत्व गर्दै भदौ २९ गतेदेखि डीकबहादुर थापाले मोर्चा सम्हाल्नु भएको छ । 

सुडानको अवस्था बारेको अडियो रिपोर्ट

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/Report_Gobinda_Sudan.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/Report_Gobinda_Sudan.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार