सयौ बस्ति र शहर जोखिममा

प्रकाशित मिति: 2016-07-08
सोविता रिसाल

तपाई हामी धेरैलाई पत्तो छैन कि आफु बसिरहेको स्थान सुरक्षित छ कि छैन ? पहिरोविद रञ्जनकुमार दाहाल भन्नुहुन्छ ‘धेरै बस्ति असुरक्षित छन अलिकति चनाखो भएमात्रै पनि सुरक्षित हुन सकिन्छ ।’  

काठमाडौं । यस बर्षको बाढी पहिरोका कारण ४० जना भन्दा धेरैको मृत्यु भैसकेको छ । बिशेषगरी पहाडी जिल्लाहरु पहिरोको जोखिममा छन् भने ठूला ठूला नदिका किनारहरुमा रहेका बस्तिहरु बाढीको जोखिममा । जोखिम छ भन्ने जान्दा जान्दै पनि सर्तकता नअपनाउदा वा जोखिमको बारेमा जानकारी नहुदा धनजनको क्षति बर्सेनी भैरहन्छन् । 

बर्खासंगै हरेक बर्ष बाढी र पहिरोको जोखिम पनि संग–संगै आउँछ । मौसम फेरबदल भएपनि नेपालमा हरेक बर्षको बर्खा मौसम सकिदा सम्म हुने मौसमी क्षति औसतमा उस्तै, उस्तै हुन आउछ । अध्ययन अनुसार पहाडका धेरै जसो बस्तिहरु पहिरोको र मधेशका बस्तिहरु बाढी र डुवानको जोखिममा छन् ।

भूगर्भिय हिसाबले कमजोर मानिएका ठाँउहरुमा पनि बर्षौ पुरानो बस्ति छ । तपाई हामी धेरैलाई पत्तो छैन कि आफु बसिरहेको स्थान सुरक्षित छ कि छैन ? पहिरोविद रञ्जनकुमार दाहाल भन्नुहुन्छ ‘धेरै बस्ति असुरक्षित छन अलिकति चनाखो भएमात्रै पनि सुरक्षित हुन सकिन्छ ।’  

‘धेरै बाटाहरू खोलाको किनारमा छन् । धेरै घरहरू माटो पुरेर बनाइएका छन् । यस्ता घर कति जोखिमपूर्ण छन् भन्ने सामान्य मान्छेले नै भन्न सक्छन् ।’  शहर बस्नु अघि माटोको अध्ययन गर्ने हाम्रो चलन 

पोखरा, नारायणगढ, हेटौंडा, बुटवल, बेनी, चिसापानी, बाह्रबिसे, खाडीचौर, दोलालघाट, त्रियुगा, रिडी, मनहरी, पुतलीबजार जस्ता दर्जनौ शहर बाढीको जोखिममा रहेको विज्ञहरु बताउछन् । पहाडको कुरा गर्दा भित्रि सतहमा चट्टान नभएको ठाँउ पहिरोको जोखिममा हुन्छन् । भूकम्प तथा पहिरोविज्ञ डाक्ब्टर सुबोध ढकाल खाला किनार र पाहाडको फेदीमा बस्ति बसादा जोखिम बढेको बताउनुहुन्छ । 

तर गाँउ बस्ति र शहरहरु सुरक्षित रहनका लागि पहिले नै सुरक्षित रुपमा अनुगमन हुनुपर्छ । तर नेपालमा कुन ठाँउ बस्ति बसाउन वा शहरको रुपमा बिकसित गर्न उपयुक्त हुन्छ वा हुदैन  भन्ने पहिचान गर्न सकिएको छैन, हचुवाको भरमा बस्तिहरु बिस्तार भैरहेका छन ।

सरकारले विपतपछिको खोज तथा उद्धारको बिषयमा मात्रै ध्यान दिएको छ, गृहमन्त्रालयका प्रवक्ता यादब प्रसाद कोईराला सम्बन्धित मन्त्रालयबाट काम भए आफुले सम्मन्वय गरिदिने बताउनुहुन्छ । 
नेपालका शहर र गाउँ बाढी र पहिरोको उच्च जोखिममा पर्नुको मुख्य कारण कमजोर भु–सतह नै  हो । भइरहेका बस्ति कति जोखिममा छन् कस्तो जमिनमा कुन प्रकारको घर बनाउन हुन्छ भन्ने जस्ता कुराको अध्ययन अनुसन्धान गर्ने र नागरिकलाई जानकारी गराउने काममा चासो नगएको सरोकारवालाको दावी छ ।

५५ नगर जोखिममा छन्
कुन शहर जोखिममा छन् भन्नु भन्दा कुन शहर जोखिममा छैनन् भनेर हेर्ने बेला भएको छ विपत विद सन्तोष ज्ञवालीको तर्क छ । । ‘अव्यवस्थित विकासले हाम्रा धेरै शहर जोखिमयुक्त बनेका हुन । यो प्राकृतिक डिजास्टर भन्दा पनि हाजर्ड हो ।’ उहाँले भन्नुभयो

‘धेरै बाटाहरू खोलाको किनारमा छन् । धेरै घरहरू माटो पुरेर बनाइएका छन् । यस्ता घर कति जोखिमपूर्ण छन् भन्ने सामान्य मान्छेले नै भन्न सक्छन् ।’  शहर बस्नु अघि माटोको अध्ययन गर्ने हाम्रो चलन पनि नभएको उहाँको भनाई छ । ।

पहाड, भित्री मधेश र भावर क्षेत्रमा रहेका नगरपालिकालाई खोलाको बाढीले क्षति पुर्याएको देखिन्छ भने तराईका नगरपालिकालाई खोलाका बाढीको पानी जमेर बढी क्षति पुर्याएको देखिन्छ । पानी जमेर हुने बाढीबाट कृषि उत्पादन र कच्ची घरहरूमा नोक्सानी पुग्दछ भने खोला पसेर वा खोलाको बाढीले किनार काटेर हुने क्षतिले कृषि भूमि, पक्की घर, सडक, पुल–पुलेसालाई नोक्सान पुर्याउँछ ।

पहाडी, भित्री मधेश र भावर क्षेत्रका नगरपालिकामध्ये बुटवल, पुतलीबजार, हेटौंडा, काठमाडौं, कमलामाई, पनौती, वालिङ, नारायण, खाँदबारी, पृथ्वीनारायण यो प्रकोपबाट प्रभावित देखिएका छन् । तराईमा रहेका नगरपालिकाहरूमा महाकाली र सुक्खा खोलाबाट महेन्द्रनगर, टीकापुर कर्णालीबाट टीकापुर र मोहना नदीबाट धनगढी पीडित हुने गरेका छन् ।

बक्राहा र लोहोन्द्राबाट विराटनगर, रातुबाट जलेश्वर, लोखन्तीबाट जनकपुर, वाग्मती र लालबकैयाबाट गौर, खुट्टीखोलाबाट लाहान, रतुवा र मावाबाट दमक र झ्मि खोलाबाट मलंगवा प्रभावित हुने गरेको देखिन्छ । 

तपाईंको बिचार