वनबाट नै आर्थिक समृद्धि हुन्छ भन्ने उदाहरण धेरै मुलुकले प्रस्तुत गरेका छन् । नेपालका पनि केही जिल्लामा सामुदायिक वनबाट आम्दानी गरेको उदाहरणहरु छन् । कतै जडिबुटिबाट त कतै सालको पातको टपरि गास्ने मेसिन राखेर वन उपभोक्ता समूहले आम्दानी गरिरहेका छन् ।
अनि कतिपय ठाँउमा जडिबुँटी खेती गरेर मनग्य आम्दानी गरिरहेको पाईन्छ । अहिले देशभरिका १९ हजार भन्दा बढि सामुदायिक वनमा महिलाहरु सहभागि भई वन संरक्षणमा लागि परेका छन् तर थोरैले मात्रै आर्थिक समृद्धि गर्न सकेका छन् ।
धेरै दातृ निकायहरुले वन सम्बन्धी कार्यक्रममा वर्षेनी करोडौ खर्च पनि गरेका छन तर प्रतिफल निक्कै कम छ । यस्ता कार्यक्रम लागु भएका वन समूहका महिलाहरुले बिभिन्न जीविकोपार्जनका कार्यक्रम सुरु गरेर उदाहरण प्रस्तुत गरे पनि त्यो दिगो हुन सकेको छैन ।
हिमनदीहरू खुम्चिँदै गएका, हिउँका ढिक्का टुक्रिँदै ढलेका, हिमताल फुट्न थालेका र स्थायी हिउँरेखा माथितिर सर्दै गएका, वर्षा हुन छोडेकोजस्ता जलवायु परिवर्तनका असरहरू विश्वका विभिन्न ठाउँहरूमा देखिन थालेका छन् ।’
यसको कारण ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरुलाई जलवायु परिवर्तनको महत्व र वन क्षेत्रको दिगो बिकासको बारेमा राम्रोसँग बुझाउन नसक्नु नै हो । सात आठ वर्षयता नेपालमा जलवायु परिवर्तनको चर्चा धेरै हुँदैछ ।
नेपालको मन्त्रिपरिषद्को बैठक २०६६ साल मङ्सिर १९ गते सगरमाथाको कालापत्थरमा गरेपछि त जलबायु परिवर्तनको क्षेत्रमा नेपालमा गर्नु पर्ने कामको बारेमा देशभित्र देखी अन्तराष्ट्रिय तहसम्म नै निक्कै छलफलको सुरुवात भयो, यो क्रम पछिल्लो समय केही सुस्ताएको छ ।
हिमाल, पहाड र तराईको तीन प्रकारको हावापानी भएको नेपाल जलवायु परिवर्तनको असर सजिलै अनुभव गर्न सकिने देश हो । जलवायु भनेको औसत मौसम हो ।
यसलाई तापक्रम, वर्षा, हिमपात, हावाहुरी, दिउँसोको घामलगायतका अन्य परिवर्तनीय तत्त्वका आधारमा लामो समयको तथ्याङ्क निकालेर नाप्ने गरिन्छ । यसै क्षेत्रमा काम गर्दै आउनुभएका अजय दीक्षितका अनुसार ‘३० वर्षभन्दा बढीको तथ्याङ्कका आधारमा आएको परिवर्तनलाई हेरेर जलवायु परिवर्तनको निष्कर्ष निकाल्ने गरिन्छ ।’
पाँच वटा तत्त्वको जटिल संयोजनको परिणाम जलवायु हो । ती तत्व हुन् - वायुमण्डल, पानी, हिउँ, जमिन (माटो, ढुङ्गा) र जैविक विविधता । कोइला, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास आदिको दोहनले पानीको बाफ, कार्बनडाइअक्साइड, मिथेन र नाइट्रोजन जस्ता हरितगृह (ग्रीन हाउस) लाई प्रभाव पार्ने मात्रा बढेको आधारमा जलवायुमा गम्भीर असर पुगेको अनुभव गर्न थालिएको हो ।
पृथ्वीको सतहमा यही क्रमले तापमान बढ्दै गयो भने ऋतुचक्रमा परिवर्तन आउँछ । यो तापमान वृद्धिको प्रमुख कारण वायुमण्डलमा हरित ग्यास कार्वनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइडको मात्रा वृद्धि हुनु नै हो ।
जमिनको सतहमा बढ्दो तापक्रम र समुद्रको पानीको सतहमा बढ्नेजस्ता कुराले जलवायु परिवर्तनको प्रभाव औँल्याएको छ । अहिले यसलाई चिन्ताजनक विषयका रूपमा हेर्न थालिएको छ ।
पृथ्वीको जलवायु जीवजीवात्मा अनुकूल भइदिनाले नै मानिसलगायत विश्वका सम्पूर्ण जीवजन्तु र वनस्पतिको जीवन सम्भव भएको हो । यसैले पृथ्वीमा जीवित वस्तुको जीवनचक्र निरन्तर रूपमा कायम रहनका लागि जलवायु लगभग उस्तै उस्तै अवस्थामा जोगिएर जीवानुकूल भइरहनु अनिवार्य हुन्छ ।
यसको निम्ति पृथ्वीको औसत तापक्रममा स्थायित्व हुनु नितान्त आवश्यक हुन्छ । तर, विगत केही दशकयता पृथ्वीको तापक्रम लगातार बढ्दै गई जीवजीवात्माको निम्ति जलवायु प्रतिकूलतातर्फ बढ्न थालेको वैज्ञानिकहरूले बताइरहेका छन् ।
जलवायुको अनुकूलता बचाइराख्न पृथ्वीको सरदर तापक्रम १४ देखि १५ डिग्री सेल्सियस रहनुपर्नेमा हाल १६ डिग्री सेल्सियस पुग्न लागेको छ, वातावरणविद् डा. तीर्थबहादुर श्रेष्ठ बताउनुहुन्छ ।
जाडोमा निकै चिसो हुने र गर्मीमा निकै तातो बढ्ने पनि जलवायु परिवर्तनको असर भएको यस विषयका विज्ञहरूले बताइआएका छन् । केयर नेपालका जलवायु अनुकुलन संयोजक सुनिल रेग्मी भन्नुहुन्छ - ‘केही दशकयता विश्वको तापक्रम खतरनाक रूपले बढेको तथ्य सार्वजनिक भइरहेको छ ।
हिमनदीहरू खुम्चिँदै गएका, हिउँका ढिक्का टुक्रिँदै ढलेका, हिमताल फुट्न थालेका र स्थायी हिउँरेखा माथितिर सर्दै गएका, वर्षा हुन छोडेकोजस्ता जलवायु परिवर्तनका असरहरू विश्वका विभिन्न ठाउँहरूमा देखिन थालेका छन् ।’
वातावरणविद् डा. उकेस भुजुका अनुसार सन् २००० मा पृथ्वीको सतहको औसत तापक्रम १५.८ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसको ५० वर्ष पहिले त्यस्तो तापमान १५ डिग्री सेल्सियस मात्र थियो अर्थात् ५० वर्षमै पृथ्वीको औसत तापमान ०.८ डिग्रीले बढ्यो ।
पृथ्वीको सतहमा यही क्रमले तापमान बढ्दै गयो भने ऋतुचक्रमा परिवर्तन आउँछ । यो तापमान वृद्धिको प्रमुख कारण वायुमण्डलमा हरित ग्यास कार्वनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइडको मात्रा वृद्धि हुनु नै हो ।
जलवायु असन्तुलित हुदा यस्ता अनाबृष्टि, अतिबृष्टि जस्ता प्राकृतिक बिपत्ति आउने हुनाले जलवायु परिवर्तन अनुकुलित जिवनशैलि अपनाउने सचेतनाको आवस्यकता छ ।
पृथ्वीको सतहको २९ प्रतिशत अंश मात्र जमिनले ढाकेको छ । बाँकी ७१ प्रतिशत सतहमा पानी छ । पृथ्वीको सतहभन्दा एक हजार ६०० किलोमिटर माथिसम्मको आकाशमा वायुमण्डल छ । त्यो वायुमण्डलको ९९ प्रतिशत वायु ८० किलोमिटरभित्रै समेटिएको छ ।
पृथ्वीमा वायुमण्डल भएकै कारण यहाँ जलचर अर्थात् पानीमा बस्ने विभिन्न जीवहरू, जमिनमा बस्ने जीवजन्तु र वनस्पति बाँच्न सकेका हुन् । अरू ग्रहहरूमा वायुमण्डल नभएकाले त्यहाँ जीवजवात्मा छैनन् त्यसैले हामीले हाम्रो वायुमण्डल जोगाउन सकेनौं भने पृथ्वीको हालत पनि अरू ग्रहको जस्तै हुन्छ ।
तापमान परिवर्तनले अहिले समुद्रको सतह बढ्ने, बाढी आउने, पहिरो जाने, मरुभूमि बन्ने, खडेरी पर्ने, कहीँ गर्मीमा अति गर्मी र जाडोमा अति जाडो हुने, पानीको अभाव हुने, खेतीपाती बिग्रिनेजस्ता असर देखिएका छन् ।
वातावरणविद् डा. तीर्थबहादुर श्रेष्ठ भन्नुहुन्छ, ‘लामखुट्टेलगायतका कीरा र भुसुना हिमाली क्षेत्रमा समेत पुग्ने, तराईमा हुने अन्न–अनाज र फलफूल पहाडी क्षेत्रमा हुँदै जानु जलवायु परिवर्तनका लक्षण हुन् ।
स्थानीय तहमा जलबायु परिवर्तनले के असर पारेको छ भन्ने एउटा पनि उदाहरण यस क्षेत्रमा कार्यरत संस्थाले प्रस्तुत गर्न नसकेको बेलामा सीआईएनले धेरै यस्ता उदाहरणहरु साझा खवर मार्फत प्रस्तुत गरिरहेको छ ।
रोगव्याध बढ्ने, भोकमरी, जलचर, स्थलचरलगायतको बासस्थान नाश हुनेजस्ता समस्या बल्झिने भविष्यवाणी विज्ञहरूले गर्न थालेका छन्’ । पहिलेदेखि नै जेठको १५ गते धानको बिउ राख्ने गरेको थिएँ, फेरि पनि त्यही समयमा राख्छु भनेर कुरेर बस्न नहुने विज्ञहरूको सुझाव छ ।
जलवायु परिवर्तन भएर वर्षा चाँडै हुन थालेको छ भने त्यहीअनुसार आफ्नो बाली लगाउने समय र प्रणालीमा परिवर्तन गर्नु पर्दछ । परिवर्तित जलवायु अनुकूल आफू पनि चल्नु पर्दछ । यसले नै जलवायु परिवर्तनको प्रभावबाट हामीलाई केही हदसम्म बचाउन सक्दछ । वायुमण्डलमा रहेको कार्बनलाई छोप्ने र अक्सिजनलाई वायुमण्डलमा बढाउने ठूलो उद्योग भनेको वन जङ्गल भएकाले यसको विस्तारका लागि सबैले सहयोग पुर्याउनुपर्दछ ।
बङ्गालको खाडीमा आएको आँधीबेहरीको प्रभावका कारण नेपालमा लामो समय अविरल बर्षा भयो । बङ्गालको खाडीबाट सुरु भएको ‘फाइलिन’ आँधीबेहरीले ल्याएको वर्षा भारतको तटीय राज्य आंन्ध्र प्रदेश तथा ओडीशाको तटीय क्षेत्रका १० लाख भन्दा बढि नागरिक प्रभावित भए धेरै आर्थिक क्षति भयो ।
जलवायु असन्तुलित हुदा यस्ता अनाबृष्टि, अतिबृष्टि जस्ता प्राकृतिक बिपत्ति आउने हुनाले जलवायु परिवर्तन अनुकुलित जिवनशैलि अपनाउने सचेतनाको आवस्यकता छ । जलवायु परिवर्तन अनुकुलित जिवनशैलि अपनाउने सचेतनाको लागि सबै भन्दा बढि भुमिका सञ्चार माध्ययमको हुन्छ त्यसमा पनि हाम्रो जस्तो देशमा स्थानिय रेडियोहरुको सबै भन्दा ठुलो भुमिका हुन्छ ।
यसै कुरालाई मध्यनजर गरी सीआईएनले साधारण नागरिकलाई बुझाउने गरि साझा खवर बुलेटिन र जनजिवन कार्यक्रममा जलवायु परिवर्तनका सवालहरुलाई निरन्तर उठाईरहेको छ, साथै यसका लागि सरोकारवालालाई निरन्तर घचघचाई रहेको छ ।
२०७२ बैशाख १२ गतेको बिनासकारी भुकम्पपछि सुरु भएको जिवन रक्षा कार्यक्रमले पनि यसलाई प्राथमिकता दियो । अहिले जिवनरक्षाका लागि दिगो बिकासका नामले सञ्चालन भएको कार्यक्रमले त दिगो बिकासको लागि वनका बिषयलाई प्राथमिकता दिदै जलबायुलाई कसरी मानव अनुकुलित बनाई राख्ने भन्ने बिषयलाई प्रमुख प्राथमिकता दिइ समेट्दै आएको छ ।
स्थानीय तहमा जलबायु परिवर्तनले के असर पारेको छ भन्ने एउटा पनि उदाहरण यस क्षेत्रमा कार्यरत संस्थाले प्रस्तुत गर्न नसकेको बेलामा सीआईएनले धेरै यस्ता उदाहरणहरु साझा खवर मार्फत प्रस्तुत गरिरहेको छ ।
किसानसँगै हुर्किएर स्थानिय मुद्धामा अब्बल भएका सामुदायिक रेडियोका संवाददाताहरुले धेरै जलबायु परिवर्तनका सवाल र समस्याहरुलाई उठाईरहेका छन् ।
सरकार र गैरसरकारी संस्थाले यि सवाल र समस्यालाई सम्बोधन गर्ने र यसै अनुसारका कार्यक्रम नल्याएसम्म जलबायु परिवर्तनका नाममा वर्षेनी गरिएका अर्वौको खर्च बालुवामा पानी झै भैरहने छ ।
तपाईंको बिचार