मुगु । मुगु लगायत कर्णालीका जिल्लामा हरुमा कोदो, काउनी, चिनो, फापरजस्ता स्थानीय बालीका परिकारको सट्टा भात खाने बानीले चामलको माग बढेको छ । मोटरबाटोबाट सयौं क्विन्टल चामल ढुवानी भई सस्तोमा उपलब्ध भए पछि भाते बानीले गर्दा काउनी, चिनो जस्ता स्थानीय बाली लोप हुँदै गएका छन ।
कृषक धर्म राज रोकाया मोटरबाटोबाट सयौं क्विन्टल चामल ढुवानी भई सस्तोमा उपलब्ध भएपछि काउनी, चिनो जस्ता स्थानीय बाली लोप हुँदै गएको बताउहुन्छ । २०६९ साल पुस १ गते मुगु सडक सन्जालमा जोडीएसगै मोटरबाटोबाट घरघरमा चामल पुग्न थालेको छ ।
खेतपाती गर्न नपर्ने, एकैपटक भान्सामा पकाउन सकिने भएकाले भाते बानी बढ्दै गएको छ । त्यसको कारण स्थानिय उत्पादन र कर्णालीको पहिचान बनेको काउनी, चिनो फापर मास्या हराउन थालेको स्थानीय कमला रोकायाको भनाई छ ।
मुगुलगायत कणालीका जिल्लाहरुमा ६ महिना खेती गरीन्छ भने ६ महिना खेत, गडा बाँझै हुन्छन । काउनी, चिनो छीटो पाक्ने र भोकमरीलाई हटाउने बिश्वासका साथ लगाइन्थ्यो तर थोरै पैसा जम्मा हुने वित्तिकै खाद्य संस्थानमा होस् वा व्यापारीको पसलबाट चामल किनेरै भात खाने गरेकाले पुरानो खेति लोप हुदै गएको स्थानीय रामबहादुर रावल बताउनुहुन्छ ।
स्थानीय उत्पादनले अधिकांस परिवारलाई ५ महिनाका लागि मात्र खान पुग्छ ७ महिना पुग्दैन । परम्परागत खानेकुरा खादा खेरी तल परेको ठान्ने र भात खाँदा पुगीसरी मान्ने गलत मान्यताले भातेबानीको विकास भएको अधिकृत डा चन्द्र प्रसाद रिसालको भनाई छ ।
चिनो, कागुनु, कोदो, फापार, आलु, तरुल, गिठा, जस्ता उत्पादनले चामल, रोटी भन्दा बढी तागत दिन्छ र शरिका लागि फाइदा पनि पुग्छ । भातले जे काम गर्छ आलुले पनि त्यही काम गर्छ । कृषि मन्त्रालयका अनुसार अहिले मुलुकमा उत्पादित चामलले ४५ प्रतिशत जनसंख्यालाई मात्रै खान पुग्छ । खानेबानीमा सुधार नल्याए भोकमरी झन बढ्ने अधिकारीहरुको दावी छ ।
तपाईंको बिचार