मेरो पौरख-मेरो सफलता

सानो सपनाले बदलियो श्रेष्ठको जिन्दगी

प्रकाशित मिति: 2016-05-12
प्रतिक न्यौपाने रेडियो सरगम झापा
photo : googel
photo : googel

खेती तथा पशुपालन दुवै मिश्रीत खेतीमा लागेका किसानहरु दुईवटा मध्ये एउटा बाटो रोज्न थालेका छन् । गाई पालन रोजेर सफल किसान बन्नु भएका श्रेष्ठ एउटा गाईबाट मात्रै पनि गाईपालन सुरु गर्न सकिने सुझाव दिनुहुन्छ ।  

झापा । झापा मेचिनगर ६ लिलाबस्तीका ४३ बर्षका निरज श्रेष्ठसँग ६ बर्षअघि धेरै ठूलो सपना थिएन । तीनवटा गाई पाल्ने र त्यसबाट पाउने दुध लगेर बजारमा बेच्ने अनि घर खर्च टार्ने । सानो सपनाबाट सुरु भएको श्रेष्ठको गाईपालन अहिले ठूलो गाई फार्फसहितको ब्यवसायमा बदलिएको छ । २०६६ सालमा ३ वटा गाईबाट व्यवसाय सुरु गर्नुभएका उहाँको गोठमा अहिले ८५ वटा गाई छन । 

भारतबाट .बाट.१ लख ३५ हजार रुपियाँमा किनेर ल्याएको गाईबाट सुरु गरेको व्यवसाय झण्डै ७ बर्षमा कयौ गुणाले बढेको छ । श्रेष्ठको गाई फाममा अहिले ८५ मध्ये ३८ .गाई दुहुना छन् । ती गाईपाल हरेक दिन २ सय ५० .लिटर दुध उत्पादन भइरहेको छ । झापाको धुलाबजाबाट करिब २ किलोमिटर भित्र रहेको फार्ममा उत्पादन भएको दुध बेच्न श्रेष्ठलाई कुनै समस्या छैन ।  

सामान्य किसानबाट ब्यवसायी किसानको परिचय बनाउनु भएका श्रेष्ठको परिवारको आर्थिक जीवनस्तरमा फड्को नै मारेको छ । आफ्नो व्यवसायबाट सन्तुष्ट हुनुभएका श्रेष्ठको सबै खर्च कटाएर महिनामा ८०–९० हजार कतै जाला भन्ने चिन्ता लिनु पर्दैन ।

आफ्नो सपना उचाईमा पुरयाउँदै गर्नु भएका श्रेष्ठले १६ जना युवालाई रोजगारी पनि दिनु भएको छ । काम भन्दा कुराको खेती गर्ने र काम गर्नैपरे झोला बोकेर खाडीतिर कुद्ने पछिल्लो श्रृखलामा केही युवा श्रेष्ठसँगै गाईफाममा रोकिएका छन् । श्रेष्ठको कर्मसँग सहयोगी बनेका ती युवाहरु पनि गाई पालनकै बाटोमा हिड्ने योजनामा छन् ।  

खेती तथा पशुपालन दुवै मिश्रीत खेतीमा लागेका किसानहरु दुईवटा मध्ये एउटा बाटो रोज्न थालेका छन् । गाई पालन रोजेर सफल किसान बन्नु भएका श्रेष्ठ एउटा गाईबाट मात्रै पनि गाईपालन सुरु गर्न सकिने सुझाव दिनुहुन्छ ।  

एक हल गोरु, दुध दही खानलाई एउटा गाई नेपाली किसानको पहिचानसँग जोडिएको छ । तर गाई पाल्नुभन्दा खानका लागि बजारको दुध किन्न मनपराउने संख्या बढ्दो छ । सँगै निर्वाहका लागि पालिने गाई आम्दानीको स्रोत बन्न थालेपछि कृषि कर्मका लाग्नेहरुको संख्या पनि थपिने क्रममा रहेको छ ।

तपाईंको बिचार