एक बर्षमा बारपाक: बौरिने प्रयास-पीडा उस्तै (अडियोसहित)

पीडामा उत्सवले तानेन मन, आज राष्ट्रपति पुग्दै

प्रकाशित मिति: 2016-04-24
नरहरि सापकोटा, रेडियो गोरखा, गोरखा

अस्थायी टिनको टहरा र त्रिपालमै बसेका घर परिवार एक हजार भन्दाबढि छन् । केही पुरानै भग्नावशेस घरमा बसिरहेका छन् । जग्गा जमिन नहुँदा केही परिवार सार्वजनीक ठाउँमा बसिरहेका छन् । 

बारपाक ।  भुकम्पको आज वर्षदिन बित्यो । भूकम्पको केन्द्रबिन्दु उत्तरी गोरखाको बारपाकमा अहिले आगुन्तको भीड लागेको छ । दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी पनि पुग्ने कार्यक्रम छ ।  भूकम्पको वार्षिकीमा हुने भीडभाडले उत्सव जस्तै देखिन्छ । गाउँमा कटवालले राष्ट्रपतिसहित ठूलाबडा आउने कार्यक्रममा उपस्थित हुन कराईसकेका छन । 

तर स्थानीयबासीमा कुनै रौकन देखिन्न ।  स्थानीय अहिलेसम्म अस्थायी टहरामै गुजारा चलाईरहेका छन् । १२ सय ९ धुरी रहेको बारपाकमा फाट्ट फुट्ट घर बन्न थालेपनि अधिकासं टहरामै छन् ।
 
एकनासे ढुङ्गाले छाएको घर, साँघुरो बाटो । सबैतिर ढुङ्गा बिच्छ्याईएको । त्यहाँ पुग्ने नेपाली र बिदेशी जो कोही पाहुनाका लागि पनि होमस्टेमा खान बस्न पाईने । बारपाकको साख जोगाउन पाहुनाको स्वागत सत्कारमा खुबै ध्यान दिन्थे बारपाकी । यी सबै भुकम्प सँगै हराए ।

सबैघर भत्किएर निमिट्यान्न भएको बारपाक अहिले त्रिपाल र टहरामा छ । रङ्गिचङ्गी पतका टाँगेजस्तो  टिन त्रिपालले बारपाक गाउँ ढाकेको छ । एक वर्षबित्यो तर दुःख उस्तै छ भन्नुहुन्छ भुकम्प पीडित बारापकी वडा नम्बर ८ का  जयबहादुर गुरुङ । 

अस्थायी टिनको टहरा र त्रिपालमै बसेका घर परिवार एक हजार भन्दाबढि छन् । केही पुरानै भग्नावशेस घरमा बसिरहेका छन् । जग्गा जमिन नहुँदा केही परिवार सार्वजनीक ठाउँमा बसिरहेका छन् । विद्यालय टहरामै छ । स्वास्थ्य चौकी, सामुदायीक भबन, प्रहरी चौकी सबै अस्थायी रुपमै चलेका छन् ।

एकिकृत बास्ती बनाउने, एकैखाले घर बनाईदिने, सरकारले पनि सहयोग गर्ने, भुकम्पमा बन्द भएको बिजुली पनि मर्मत गरिदिने जस्ता सबै समस्या हल गर्ने आस्वासन प्रधानमन्त्री, जिल्लाका प्रमुख देखि बिभिन्न संघ संस्थाले दिए । तर देखिनै गरी केही काम नहुँदा पीडित निराश भएका हुन् । वडा नम्बर ७ का कुमार गुरुङ आशै आशमा एक बर्ष वित्यो भन्नुहुन्छ ‘अझै कहिलेसम्म् आशा गर्ने होला । ’ 

तत्काल राहत बितरण, केही सोलार पाता, चर्पीको प्यान बाहेकका देखिने गरी अन्य केही सहयोग बारपाकीले पाएका छैनन । पुन निर्माणका लागि केही काम सुरु भएको छैन । भुकम्पको वर्षदिन यता बारपाकीहरु अझै भुकम्प अघिजस्तो दैनिकीमा फर्कन सकेका छैनन् ।

भुकम्पमा घाईते भएकाहरु ओच्छ्यान मै थलिएका छन् । अङ्ग भङ्ग भएकाहरु चिन्तित छन् । भुकम्पपछि पुन निर्माण अभियान सुरु गर्न सरकारले प्रति घरधुरी दुई लाख दिने घोषणा गरेपछि अहिले सम्म बारपाकका स्थानीयले दुई लाख पाएका छैनन । ढुवानी खर्च महँगो पर्ने भएकाले दुई लाख रुपैयाँले भुकम्प प्रतिरोधी घर बनाउन नसक्ने उनीहरुको गुनासो छ ।

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/SR_Narahari_sapkota.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/SR_Narahari_sapkota.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार