भूइँचालो जित्दै नयाँ बाटोमा(अडियोसहित)

प्रकाशित मिति: 2016-04-23
मोतीराम तिमिल्सेना, प्राइम एफएम काभ्रे

काभ्रे । सरकारले भूकम्पको बार्षिक मनाउने तयारी गरेको छ । तर सन्धुपाल्चोक शिखरपुर १ का २४ बर्षका शर्मिला कटुवाललाई भूकम्प गएको दिन सम्झिन पनि मन छैन । बैशाख १२ गते खान खाइरहेका बेला भारतको थालसहित आफुसँगै आमालाई घरमै पुरयो ।

उहाँको केही घण्टामा जीवत उद्धार भयो तर आमालाई बचाउन सकिएन । लामो समय धुलीखेल अस्पतालमा बसेपछि अहिले नासिकासाँगामा रहेको स्पाईनल इन्जुरी अस्प्तालमा बाँकी समय विति रहेको छ ।  


शरिरको पछाडी भागको चल्दैन उहाँलाई रेखदेख गर्ने आफन्त पनि छैन । ह्वील चियरमै उहाँले धेरै सीप सिकिसक्नु भएको छ । भुकम्पपछि कहिल्यै गाउँ नपुगेपनि नसरकारको सहयोगमा सानो घर बनाउने र बाँकी जीवनलाई ब्यवसायीक र आत्मनिर्भर बनाउने शर्मिलाको योजना छ । 

२०७२ बैशाख १२ गते गएको भूकम्पपछि एक बर्ष पुग्दा पनि अझै प्रभावित गाउँहरु पुरै तङरि सकेका छैनन । अस्तव्यस्त बसाईले दिनचर्या असरल्ल छ नयाँ बासको टुङ्गो नलाग्दा बाँकी आउने समय अन्यौलमा छ । तर, सबै पीडा बिर्सिदै अप्ठ्याराकाबीच केही प्रभावितहरुले जीवनलाई नयाँ बाटो दिएका छन् ।

सिन्धुपाल्चोककै बासँखर्कका १९ बर्षका सरिस्मा तामाङले आँखै अगाडी आमा, हजुरबुबा र हजुरआमा विताउनुभयो । सरिस्मालाई चार घण्टा पछि उद्धार गरी तेश्रो दिन बैशाख १४ गते मात्रै हेलिकप्टरबाट अस्पताल पुरयाइयो । ह्वीलचियरबाट उठेन सकिएला पाइला चालेर अघि बसरी बढ्ने मनिल अनुहारमा पीडा पोख्नुभयो । 

पुरिएको केहीघण्टापछि उद्धार गरिएकी काभ्रेपलाञ्चोक नयाँगाउँका १९ बर्षका सम्झना तामाङले सँगै दाई गुमाउनु पर्यो । एक बर्ष भयो ढुङ्गा माटोले च्यापिएको शरिर अझै तङ्गीएको छैन । तर, पीडाको भारी कतिदिन बोक्ने ? आत्म विश्वास बटुल्दै सम्झनाले भन्नुभयो 'भूकम्पबाट बचेर पाएको नाफाको जिन्गदीलाई अब नयाँ बाटोमा हिडाउने छु । '

बैशाख १२ र २९ गतेको भुकम्पमा परि आठ हजार सात सय ७४ जनाको मृत्यु भयो बाइस हजार पाँच सय घाइते  भए । तर आफन्त गुमाएका, घाइते भएर पीडामा परेकाहरु भुकम्पलाई जित्दै आत्मनिर्भर बन्ने बाटोमा लागेका छन् । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/SR-_Motiram_Prime_FM.MP3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/SR-_Motiram_Prime_FM.MP3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार