पार्टीको लडाईमा विवाह त भयो जिम्मेवारीका कारण श्रीमान श्रीमतिको भेटका लागि महिनौ कुनुपर्ने बाध्यता आयो । नयाँ जोडि न त चिरिच्याट्ट परेर कतै हिडे, घुमे । बिवाह पछि नै छुट्टा छुट्टै राजनितिक मैदानमा उत्रिए ।
काठमाडौं । २०२७ सालतिर झापामा जब जमिनदार विरुद्ध विद्रोह भयो लडाइमा होमिएका भेरै युवा युवति तिरिवितर भए । कोही पूर्व छाडेर आन्दोलनको विकुल फुक्दै पश्चिम छिरे कोही छिमेकी देश भारततिर पसे । परिवारसँगको सम्बन्ध त तोडियो मोडिएको बाटोले धेरै सम्बन्ध पनि जोडिन पुगे । त्यही क्रममा भेट भयो अहिले एमालेका सभासद गौरा पर्साई र गोविन्द कोइरालाको पनि ।
त्यति बेलाको मालेको विद्यार्थी संगठनमा सक्रिय पाल्पाको दोरुंगा जन्मिनुभएका कोइराला र गौराको भेट भारतको बानारसमै भएको हो । भेट भारतमा भयो । पूर्वपश्चिम डुल्दा डुल्दै मनले एक अर्कालाई नेपालमै खाइसकेको थियो । तर, घर बसाउने र जीवन साथीको साथ जुराउने संयोग भने एमालेका बरिष्ठ नेता झलनाथ खनाले जुराइ दिनु भएको हो ।
हलियाकी छोरीका रुपमा झापाको एउटा बिकट गाँउमा जन्मिनुभएकी गौराको बाल्यकाल घाँस दाउरा, मेलापातमै बित्यो । छोराछोरी बिचको बिभेद्को पहाड नै थियो त्यतिबेला । ढिलै भएपनि परिवारको सहयोगमा पढ्ने मौका त मिल्यो तर अधुरै रह्यो ।
गरिब परिवारकी छोरी चिटिक्क परेकी गौरामाथि उबेलाका जमिनदारले आँखा गाडेका थिए । राम्रा छोरी चेली दिनदहाडै अपहरण पथ्र्ये । ८ कक्षा पढ्दापढ्दै विद्रोहको भावनाले भुमिगत बन्नु भएकी गौराले अनगन्ती दुःखका पाहाड छिचोल्नु परेको थियो ।
पार्टीको काम मुख्य ठान्ने तर जिम्मेवारी बुहारीको बेहोर्नुपर्ने गौराले कयौ दुःखका पाहाड छिचोलेको अहिल्यै जस्तो लाग्छ । १६ बर्षको उमेरमा भारतको मुम्बईमा बेचिएर २२ दिन कोठिमा बिताउनु मात्रै होईन ३० महिनासम्म बाथको समस्याले उठ्नै नसक्नेगरी थलिएको कहाँली लाग्दो कहानी पनि गौरासँगै छ ।
समाज सुधारका लागि विद्रोह गर्दा गर्दै १५ बर्षमै जेल पर्नुभएकी गौरालाई परिवारले समाजले ठूलो सम्मान पनि दिएकै हो । दिन वित्तै जाँदा गौरालाई अर्को घरमा सार्ने अथवा विवाह गर्ने योजना बनेपछि भने फेरि गौराले सुटुक्क घर छाड्नु भयो ।
तर, उहाँमाथि अचानक विपत्ति आइलाग्यो दलाले मुम्बईको कोठीमा लगेर बेचे । २२ दिनपछि ग्राहकको बाहानामा कोठी पुग्नु भएका जोशन बिकले उद्धारगरेपछि भने नयाँ जन्मको महसुस भयो ।
२२ दिन कोठिमा बसेर फर्किनुभएकी गौरालाई विवाह गर्दा गोबिन्दको बारेमा कुरा काट्नेहरु पाइलैपिच्छे थिए । गौराका जिवनसाथी गोबिन्दलाई न त कुरा काट्नेहरुमाथि मतलब भयो, न त श्रीमतिले अरु महिलाले गर्दे आएको जिम्मेवारी आफु र घरपरिवार प्रति निभाईनन् भन्ने गुनाँसो नै । उहाँ केवल गौराको सफलतामा हातेमालो गर्दे अघि बढ्नुभयो ।
पार्टीको लडाईमा विवाह त भयो जिम्मेवारीका कारण श्रीमान श्रीमतिको भेटका लागि महिनौ कुनुपर्ने बाध्यता आयो । नयाँ जोडि न त चिरिच्याट्ट परेर कतै हिडे, घुमे । बिवाह पछि नै छुट्टा छुट्टै राजनितिक मैदानमा उत्रिए ।
पार्टीको काम मुख्य ठान्ने तर जिम्मेवारी बुहारीको बेहोर्नुपर्ने गौराले कयौ दुःखका पाहाड छिचोलेको अहिल्यै जस्तो लाग्छ । १६ बर्षको उमेरमा भारतको मुम्बईमा बेचिएर २२ दिन कोठिमा बिताउनु मात्रै होईन ३० महिनासम्म बाथको समस्याले उठ्नै नसक्नेगरी थलिएको कहाँली लाग्दो कहानी पनि गौरासँगै छ ।
जिवनका कष्टपुर्ण यस्ता दिन सम्झिदा गौरा प्रसाई जति दुखि देखिनुहुँन्छ, त्यतिबेलाको श्रीमान्को साथले सबै अप्ठ्रालाई एकैछिन भुलाईदिन्छ । गौरालाई लाग्छ उहाँको जिवनमा गोबिन्द नआउनुभएको भए, अहिले गौरा प्रसाई, गौरा हुँदिन थिए । लामो समयसँगै बसेर कुरा गर्दा गौरा र गोविन्द एक अर्कालाई पुलुक्क हेथ्र्ये मुसुक्क मुस्कुराएर हाउभाउबाटै माया साटासाट गर्थे ।
जीवनको ५२ बर्षसम्म आइपुग्दा २ छोरी र १ छोरा सँगै हुर्किए अहिले फेरि काठमाण्डुको टोखाका एउटा बस्तिमा एक्लै बाँकी जीवनसँगै विताउने योजनाका साथ बसिरहेका छन् । गौरा गित गाँउन मन पराउनुहुँन्छ । गोबिन्दलाई कविता लेखन र वाचनको राम्रो ज्ञान छ । धेरै स्वभव मिल्छन् केही विमति बसेरै हल हुन्छन् । गौरा अहिले सभासद हुनुहुन्छ ।
कुनै बेला राजनीति नै जीवनको क्रर्म मान्ने गोविन्द भने राजनीतिबाट निस्किृय बन्नु भएको छ । तरपनि गौराको सक्रिय जीवनमा असल जीवन साथीको भूकिकामा सक्रिय भइरहने योजना छ ।
कतिपयलाई राजनीति गर्न आफन्त, अग्रज वा अरु ठूलाबडाहरुले आधार खडा गरिदिन्छन् भने कतिपयले घरपरिवार, समाजका कैंयौ बाधा छिचोल्दै यात्रा तय गर्छन् । सांसद गौरा प्रसाइको यस्तै यात्रामा उहाँको श्रीमान गोविन्द कोइराले काँध थापेर सजिलो बनाइदिनु भएको छ ।
अर्को जोडी
जुन मोडमा साथ भेटियो त्यही मोडबाट जीवनले कोल्टे फेर्यो
एउटा सपनाले डोर्याएको प्रेमील जोडी(अडियोसहित)
हरेक मान्छे, परिवार, समाजमा खोजी असलको हुन्छ तर चर्चा खराबकै बढी सुनिन्छ । असल बुहारी वा श्रीमति हुनको निम्ति छोरीलाई सानैदेखि अभ्यस्त बनाउने प्रयास हुन्छ । तर, के छोराहरु असल श्रीमान वा असल साथी हुनु पर्दैन ? त्यसको अभ्यास कमजोर छ । श्रीमान मात्र होइन असल साथी बन्ने तीनै पात्रको खोजीमा साझा खबरको नयाँ रेडियो श्रृखला । हरेक सोमबार साँझ ७ :३० बजेको साझा खबरमा सुन्न सकिन्छ ‘जीवन साथी कस्तो जाती’ ।
हरेक सोमबार साँझ ७ :३० बजेको साझा खबरमा सुन्न सकिन्छ ‘जीवन साथी कस्तो जाती’
Severity: Warning
Message: finfo::file(news/Gura_Prasai_+Gobinda_Koirala_love.mp3): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/Gura_Prasai_+Gobinda_Koirala_love.mp3): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
तपाईंको बिचार