काठमान्डौंको गौरीघाट स्थित कुन्ती मोक्तानको घरको भुइतला । जहाँ सम्मानपत्र र तक्मा भरीभराउ एउटा कोठा छ । हामी त्यँही बसेर चिया पिउँदै हामी गफिन शुरु ग¥यौं । दार्जिलिङमा बिताएका बाल्यकालका दिनहरु कुन्ती मोक्तान र शीला बहादुर मोक्तान दुवै सम्झना गर्नुभयो ।
केहि अनौपचारिक कुरा भएपछि हामी अर्को कोठामा छि¥यौं । जहाँ तवला, गितार, किवोर्ड लगायतका बाद्यबावादनका समानहरु थिए । यहि कोठामा बसेर राम्रा राम्रा संगित सृजना भएका छन् । अनि कुन्तीले नयाँ गीतको अभ्यास गर्ने ठाउँ पनि यहि नै हो ।
कुराकानी अघि बढ्दै गयो, कुन्ती मोक्तान र सीला बहादुर मोक्तानको जोडी अतितमा फर्कियो । जुन पहिलो भेट थियो । त्यो भेट २०३७÷०३८ साल तिरको थियो । जतिवेला सीला बहादुरको ओंठमाथी जुंगाको रेखी बसेकै थिएन । पहिलो भेट औपचारिक जस्तो थियो । सामान्य चिनजान भयो ।
एकै ठाउँमा संगित सिक्ने भएकाले भेटघाट बढ्दै गयो । गुरु जेसे राईको छत्रछाँयामा संगित सिक्दा सिक्दै कुन्ती र सीला बहादुरले एकअर्कालाई माया गर्न थालेको पत्तै पाएनन् । एक अर्कालाई मन पराएको कुरा भन्नै परेन, कसरी कसरी आफैं भयो माया । यति सुनाई सक्दा शीला बहादुर खित्का छोडेर हाँस्न थाल्नु भयो, कुन्तीले पनि साथ दिनुभयो । म मुस्कुराएँ, मोक्तान जोडीले प्रेमको बिज रोपेका ति दिनहरु सम्झिएर ।
वि.सं. २०३९ सालमा यो जोडी भारतको दार्जिलिङबाट काठमान्डौं छि¥यो । यतै विहे भयो । कुन्ती मोक्तानलाई सीला बहादुर मोक्तानको मायाले डोहो¥याउँदै ल्यायो । उहाँहरु त्यसवेला काठमान्डुको बौद्धमा बस्नुहुन्थ्यो ।
प्रायः सधैं फुर्सद हुने, दिनभर भिडीयो हेर्न असनका गल्ली गल्ली कुन्तीले सुनाउनुभयो । शीला बहादुरले थप्नुभयो, पाटन सम्म पनि पुगेका छौं त्यहि भिडियो फ्लिम हेर्नलाई । रत्नपार्कमा घाम ताप्दै र बदाम खाएर गफिंदै बसेका दिनहरु प्नि कुन्तीको स्मृतीमा ताजै छन् ।
बि.सं. २०४० साल सम्म शीला बहादुर मोक्तानले पनि गीत गाउनु हुन्थ्यो । त्यसवेला शास्त्रिय संगितमा उहाँको रुची थियो र अहिले पनि छ । तर जव उहाँको संगित र कुन्ती मोक्तानको स्वरमा “कहिले काँही मलाई पनि बोलको” गीत रेकर्ड भयो तव उहाँको भुमिका बद्लियो । शीला बहादुर मोक्तान संगितकार बन्नुभयो ।
त्यसबेलका दिनहरु संघर्षका थिए । काठमान्डुमा कोहि थिएन, केहि थिएन तर यो जोडीसंग सपना थियो, अनि त्यो सपना साकार पार्न एक अर्काको साथ पर्याप्त थियो ।
अहिले एउटा घर छ, दुई छोरी छन् । स्रोता दर्शकको माया छ । जे जति छ, त्यो सब एक अर्काको साथकै कारण छ । कुन्ती मोक्तानको सुरिलो स्वर र शीला बहादुर मोक्तानको मिठो संगितमा दर्जनौं कर्णप्रिय गीतहरु बनेका छन् । कुन्तीलाई सांगितिक दुनियाँमा स्थापित गराउन शीला बहादुरको संगितकारको रुपमा मात्रै नभएर, एउटा असल श्रीमानको भुमिका पनि छ ।
घरभित्रका साना ठुला सबै काम सरसल्लाहमै हुन्छ, छोरीहरु भएका कारण त्यति धेरै भान्साको काम गरिरहनु त पर्दैन तर परेको बेला भान्सामा पनि शीला बहादुरको उपस्थिती रहन्छ । बिवाह भएको तीन दशक बित्यो, बुढेसकालले छुन लाग्यो । माया झन् झन् बढ्दो छ, जेठी छोरी शीतल मोक्तानलाई आमा बुबाको सम्बन्ध मिल्ने साथी साथीको झैं लाग्छ ।
कुन्ती मोक्तान सांगितिक यात्राका क्रममा देश विदेश पुग्नुप¥यो । महिनौ दिन घर छाडेर बाहिर बस्नु प¥यो । तर कुनैपनि दिन यस कुरामा शीला बहादुरको गुनासो रहेन । बरु दुई छोरी र घरलाई सम्हालेर बस्नुभयो । आज सांगितिक क्षेत्रमा स्रोता दर्शकले सफल जोडीको रुपमा माया गर्दा शीला बदादुरले मुस्कुराउँदै भन्नुभयो “हामी दुवैले दुवैलाई बनायौं ।”
झण्डै दुई घण्टा लामो कुराकानी सकेर उठ्ने बेलामा शीला बहादुरले हार्मोनियम बजाउनु भयो कुन्तीले स्वर भर्नुभयो । “सुख दुख यस्तै हो आउँछ जान्छ जीन्दगीमा, जस्ले बाँच्छ संसार यो जो जो बाँच्छ पिरतीमा” शिला बहादुरकै संगित, दिनेश अधिकारीको शब्द र कुन्ती मोक्तानको स्वरमा यो गीत बजारमा आउँदैछ । गीतले भने जस्तै सच्चा पिरतीमा बाँच्नेहरु नै संसारमा बास्तविक जीवन बाँचिरहेका हुन्छन् ।
एउटा अर्को जोडी
जुन मोडमा साथ भेटियो त्यही मोडबाट जीवनले कोल्टे फेर्यो
हरेक मान्छे, परिवार, समाजमा खोजी असलको हुन्छ तर चर्चा खराबकै बढी सुनिन्छ । असल बुहारी वा श्रीमति हुनको निम्ति छोरीलाई सानैदेखि अभ्यस्त बनाउने प्रयास हुन्छ । तर, के छोराहरु असल श्रीमान वा असल साथी हुनु पर्दैन ? त्यसको अभ्यास कमजोर छ । श्रीमान मात्र होइन असल साथी बन्ने तीनै पात्रको खोजीमा साझा खबरको नयाँ रेडियो श्रृखला । हरेक सोमबार साँझ ७ :३० बजेको साझा खबरमा सुन्न सकिन्छ ‘जीवन साथी कस्तो जाती’ ।
हरेक सोमबार साँझ ७ :३० बजेको साझा खबरमा सुन्न सकिन्छ ‘जीवन साथी कस्तो जाती’
तपाईंको बिचार