काठमाडौं । ओलढुङ्गाका राम परियार र सीता निरौला(नाम परिवर्त) बीच २ जनाको सहमतिमा अन्तरजातिय प्रेम बिवाह भयो । पारिवारिक दबाबका कारण सम्बन्ध पनि लामो समय टिक्न सकेन । तर समयमै विवाह दर्ता नगरेका कारण उहाँलाई निकै समस्या भोग्नु प¥यो । सम्बन्ध जोड्ने एउटा कागजमा चासो नदिदा सम्बन्ध टुट्ने गरेको अन्र्तजायि जोडीहरु प्रस्स्त छन् ।
दलित अधिकारकर्मीहरुका अनुसार बरिव ४ सय जोडिले विवाह दर्ता नगरेका कारण नै सम्बन्ध टुटाउनु परेको छ । गायक एसकुमारले पनि तीन बर्ष सँगै बसेको साथ छाड्नु परेको एक अधिकारकर्मीले बताए ।
जन्मिएको ३५ दिनभित्रमै गाविस वा वडा कार्यालयमा पुगेर जन्म मिति, ठेगाना र बाबुआमाको विवरण दिएर गराउनुपर्ने जन्मदर्ता समयमै नगराउँदा भोग्नुपरेको अप्ठ्यारो तेह्रथुमका अशोक राईले पनि अझै बिर्सिनु भएको छैन ।
ब्यक्तिगत घटना अनिवार्य दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ । तर जब अफ्ठ्यारो पर्छ अनि मात्रै हामी व्यक्तिगत घटना दर्ताका लागि हतारिन्छौं । यसलाई प्रभावकारी बनाउन एक वर्ष अघि केन्द्रिय पञ्जिकरण विभाग स्थापना भएपनि व्यक्तिगत घटना दर्ताको दर उस्तै छ ।
जन्म, मृत्यु, बसाईसराइ, विवाह, सम्बन्ध बिच्छेद जस्ता घटनाको दर्ता ३५ दिनभित्र अनिवार्य गनृुपर्ने ब्यवस्था कानुनमै उल्लेख छ । तर अहिले पनि करिब ५३ प्रतिशतले मात्रै व्यक्तिगत घटना दर्ता गर्ने गरेको केन्द्रिय पञ्जिकरण विभागको पछिल्लो तथ्यांकले देखाएको छ ।
यसलाई आधार मान्दा व्यक्तिगत घटना दर्तालाई नागरिकले अझै महत्व दिएका छैनन् । व्यक्तिगत घटना दर्ता गर्ने दर बढाउन सरकारको विषेश योजना बनाइरहेको स्थानीय विकास मन्त्रालयका प्रवक्ता पुर्णचन्द्र भट्टराईले बताउनुभयो । नेपालमा व्यक्तिगत घटना दर्ता गराउने उद्देश्यले २०३४ सालमा जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्न ऐन तर्जुमा भएको थियो ।
स्थानीयरूपमा हुने यस्ता घटनाको दर्ता स्थानीयरूपमै गर्न सहज हुने हुनाले गाविस सचिव र नगरपालिकाका वडा सचिवलाई पञ्जिकाधिकारी तोक्ने गरिएको छ । बालबालिका, द्वन्द्वपीडित, अशक्त, सीमान्तकृत वर्गको लागि त सरकारले दिने सुविधा लिन पनि व्यक्तिगत घटना अति आवश्यक हुन्छ ।
कार्यालयमा नगएर घरबाटै व्यक्तिगत घटना दर्ता गराउन सकिन्छ । बच्चा जन्मेको ३५ दिनभित्र अनलाईनबाट समेत विबरढा भरेर घटना दर्ता गराउन सकिने व्यवस्था गरिएको छ ।
तपाईंको बिचार