बुबाआमाले त आफ्नो हिसाबले राम्रै गर्नुभएको थियो । म बिहे गर्दिन भन्दा बुवाआमालाई पनि ठुलो बुबा (बुबाको दाजु) ले भड्काउनुभयो । पछि यसलाई घरबाट ननिकाल, थुनेर राख भनेर भन्नुभयो अनि मलाई घरबाहिर निस्किन दिइएन ।
झण्डै २÷३ महिनादेखि मेरो विवाहको कुरा चलेको तर परिवारको कुरा मैले नमानेपछि यस्तै अवस्था आउला कि भनेर प्रहरी प्रशासनलाई बेलाबेलामा मेरो अवस्थाका बारेमा घरमा हेर्दिदै गर्नु भनेर पनि भनिसकेको थिएँ ।
मेरो कुरा माइती नेपाल र प्रहरी समक्ष पनि पुगिसकेकाले थियो । स्थानीय प्रहरीले बुवाआमालाई बोलाएर सम्झाएको थियो । तै पनि आफ्नो दाजूको कुरा काट्न नसकेर बुवाआमाले मेरो विवाहको टुंगो लगाउनुभयो, भारतीय एकजना ७ कक्षा पढ्ने केटासँग ।
कुराकै क्रममा उहाँहरुले मलाई त्याग पत्र दिएर घर छाडेर जान भन्नुभयो । मैले यस्तो प्रस्ताव अस्विकार गरें । तर प्रहरीसँगको छलफल पछि त घरमा पुगेपछि ममाथि कुटपिट भयो, ठूलो बुबाले बढी कुटपिट गर्नुभयो । जसरी पनि त्यही केटासँग बिहे गर्न दबाब दिईयो । घरमा थुनेर राख्नै पनि ठूलोबुबाले नै भनेर गरिएको हो ।
रेडियोमा काम शुरु गरेको २÷३ महिना मात्रै भएको थियो । काम गर्नु अघि पनि विवाहको कुरा चलेको थियो । सम्झाई बुझाई गरेर बुवालाई मनाए । पछि बुवालाई ठुलोबुवालगायत समाजका केही अगुवा भन्नेहरुले नै भड्काएका हुन् ।
अशिक्षित भए पनि मेरो बुबा मैले बुझाएको कुरा नै नबुझ्ने त होइन तर अरुबाट आएको दबाब भने नकार्न सक्नु भएन । अनि अहिले उहाँले मलाई त्यागेको र मैले परिवार त्यागे सरहको अवस्था भएको छ ।
एक दिन साँझमा आएर उनीहरुले सोधपुछ गर्दा मैले सबै कुरा विस्तारमा भनेको थिंए । म भन्दा सानो मेरो घरमा एउटा भाई र बहिनी छन् । भाईबहिनीलाई पनि यस्तो कुरा कसैलाई नभन्नु भनेर धम्याकएर राखिएको थियो । मेरो कुरा अरुलाई भन्लान् भनेर उनीहरुलाई पनि बाहिर जान दिइएन केही दिन । पछि परीक्षा सुरु भएपछि मात्र जानदिइएको रहेछ ।
म सबै छोरीहरुलाई भन्न चाहन्छु पीडा सहेर नबसांै बाहिर निस्कने कोशिस गरांै । सानैदेखि गल्ती नसहने आफ्नो बानी भएको बताउने उनी अरुलाई पनि आग्रह गर्छिन्, आफुले गल्ती नगरौं र गल्ती पनि नसहुँ । १२ कक्षा सिध्याएर स्नातक तह अध्ययन क्रममा रहेकी उनलाई विवाहको कुरा चलेसँगै भर्ना हुन र आवश्यक पर्ने आफ्नो प्रमाणपत्रहरु निकाल्न पनि पैसा दिइएको थिएन ।
आफू पनि भर्खरै रेडियोमा काम गर्न लागेका पैसा थिएन र फर्म पनि भर्न पाएको थिइँन । परिवारबाट बाहिरिएपछि माइती नेपालको संरक्षणमा आवास गृहमा बसिरहेको छु । मेरो आँट र साहसमा सबैले साथ दिनुभएको छ । अहिले कलेज भर्ना भएर पढ्न पनि थालिसकें ।
एफएममा पनि काम गर्न जान थालिसकें । कलेज पढ्नका लागि सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरु थुपै्र निस्किएका छन्, कलेजले पनि निशुल्क पढाइदिने भनेको छ ।
हेर्दौ जाऔं, के हुन्छ । तर यो समाज परिवर्तनका लागि केही गर्नु छ, त्यसका लागि पनि म निरन्तर अध्ययन गर्दै समाजमा हुने बालविवाह जस्ता कुप्रथा हटाउने अभियानमा लागेर मेरो विरुद्ध लाग्नेहरुलाई केही गरेर देखाउनु छ ।
कुराकानीमा आधारित
तपाईंको बिचार