विद्यालय विहीन गाविस, गाउँ नै ल्याप्चे

पढ्ने रहछ छ बाध्यताले छेक्यो(अडियो रिपोर्टसहित)

प्रकाशित मिति: 2016-04-10
नरहरि सापकोटा, रेडियो गोरखा

गोरखाका जिल्लाका सबै गाविसमाम उच्च मावि, मावि, निमावी नभए पनि प्रावि विद्यालय छन् तर सदरमुकामबाट तीन दिनको पैदल दुरीमा पुगिने उत्तरी दुर्गम गाविस बिहीमा भने विद्यालय नै नभएको वर्षौ भयो ।

गोरखा ।  बिही गाविस ९ ड्याङका १४ वर्षे चुईकाल दोर्जे समान्य नेपाली बोल्न जाने पनि लेखपढ गर्न जान्नुहुन्न । बिहानै उठ्ने दाउराखोज्ने, भारी बोक्ने, घरधन्दामा दिभर ब्यस्त हुने उहाँको दैनिकी यस्तै हो । 

विहिको वडा नम्बर ९ को मात्रै होईन गाविस भरी विद्यालय छैन । पहिले बिही २ मा रहेको गुम्बा हिमाली प्रावि र ४ को क्राक प्रावि बन्द भएपछि सिङ्गो गाविस विद्यालय बिहीन बनेको हो ।  बिही ४ कि सोनाम साङ्मोकी छोरी गोरखा सदरमुकाम स्थित महेन्द्र उच्च मावि कुन्दुरमा पढ्नुहुन्छ । गाउँमा विद्यालय नभएपछि साङ्मोलाई सदरमुकामको होस्टेलमा  राखेर सरकारी विद्यालयमा छोरी पढाउनुपर्ने बाध्यता छ । 

गोरखाका जिल्लाका सबै गाविसमाम उच्च मावि, मावि, निमावी नभए पनि प्रावि विद्यालय छन् तर सदरमुकामबाट तीन दिनको पैदल दुरीमा पुगिने उत्तरी दुर्गम गाविस बिहीमा भने विद्यालय नै नभएको वर्षौ भयो । गाविसभरी नै विद्यालय नहुँदा त्यहाँका बालवालिका पढाईबाट बन्चित हुनुपरेको छ । 

अहिले पनि बिही ४ को सिराङ्गि गुम्बामा ३५ भन्दाबढि विद्यार्थी पढ्छन् । बिही मैत्री युवा क्लवले मासिक १० हजार रुपैयाँ तलबमा शिक्षक राखेको छ । गुम्बामा पढ्दै आएका विद्यार्थीलाई विद्यालयमा पढाउन जिल्ला शिक्षा कार्यालयसँग अनुमती माग गरिएको बतानहुन्छ क्लवका कार्यक्रम संयोजक नबिन गुरुङ । 

घर चिटिक्क छन् सोलारले विजुली वक्तिको दुःख पनि छैन, सधैभरी उज्यालो छ । तर पढ्न नपाउँदा पुरै जीवन अन्धकार भएको उनीहरुको गुनासो छ । 

लामो समय देखि विद्यालयमा शिक्षक नबस्ने, दुर्गम भेगमा अनुगमन गर्न कोही नपुग्ने र स्थानीयबासीले समेत चसो नदिँदा विद्यालय बन्द भएको थियो । त्यहाँका शिक्षकले लामो समयसम्म विद्यालय संचालन नै नगरी तलब सुविधा मात्रै लिएको गुनासोपछि शिक्षा कार्यालयले कार्यरत शिक्षकलाई अन्यत्रै सरुवा गरेपछि विद्यालय बन्द भएको थियो ।

राम्रो आर्थिस्तर भएका विहीका अविभाबकले आफ्ना छोराछोरीलाई पढन सदरमुकाम र छिमेकी गाउँमा पठाउने गरे पनि आर्थिक अवस्था कम्जोर भएका परिवारका बालबालिका पढ्न पाएका छ्रैनन् ।  

केहीदिन अघिमात्रै बिही ९ ड्याङगाउँमा एक संस्थाले सोलार बिजुली बाँड्यो । ४० घरपरिवारका सदस्य बिजुली बत्तीको उपकरण लिन उपस्थित भए । संस्थाले बुझिलिएको भरपाई गराउँदा चालीसै घरका सदस्यले ल्याप्चे सही गरेका थिए । पढ्न नपाउँदा उनीहरुले नाम समेत लेख्न जानेका छैनन । 

घर चिटिक्क छन् सोलारले विजुली वक्तिको दुःख पनि छैन, सधैभरी उज्यालो छ । तर पढ्न नपाउँदा पुरै जीवन अन्धकार भएको उनीहरुको गुनासो छ । 

 

तपाईंको बिचार