भूकम्पपछिको पुनःनिर्माण नवनिर्माण नबन्ने !

प्रकाशित मिति: 2016-04-01

काठमाडौं । रसुवा राम्चेका होमबहादुर तामाङ आफ्नै ढंगले घर बनाउने सोचमा हुनुहुन्छ । ईन्जिनिएरहरुको एउटा टोली आएर घरको जाँच गरि फोटो खिचेर गएपछि प्राधिकरणले पैसा देला भन्ने त लागेको छ तर घर कस्तो ठाँउमा कसरी बनाउने भन्नेमा धेरै सोच्नुभएको छैन । सकेसम्म पक्कि ढलाने घर बनाउने उहाँको ईच्छा छ त्यो भन्दा धेरै कसैले सिकाएको पनि छैन, थाहा पनि छैन ।

भूकम्पछिको पुननिर्माण प्राधिकरणले अहिले पुननिर्माणको काम थालेको छ । ईन्जिनियरले सर्भे गरेको हुनुपर्ने र पक्कि घर बनाउनुपर्ने सर्तसहित प्राधिकरणले पुनःनिर्माण सुरु गर्न लागेपनि यसअघिको चर्चाजस्तो नयाँ निर्माण हुने देखिएको छैन । 

भूगर्भविदका अनुसार सकेसम्म चट्टानी सतह भएको स्थानमा घर, माटो मात्रै भएको भन्दा बालुवाको मात्रा धेरै भएको स्थानमा घर बनाउदा भूकम्पिए जोखिम कम हुन्छ । पहिरो झरिरहने ठाँउको नजिकै र धेरै बर्ष पहिले पहिरो मार्फत बनेको डाडोमा पनि जोखिम हुन्छ ।

भूकम्प प्रधावित क्षेत्रमा कति घर बननाउने पर्ने, कति परिवारले पुनःनिर्माणका लागि रकम पाउने सरकार अझै तथ्याङ्ककै अलमलमा छ । पुनः निर्माण सुरु भइसकेको छैन ।

खोलाले बनाएको किनार, कालो माटो रहेको स्थानमा पनि घर बनाउनु राम्रो नहुने अध्यनले देखाइसकेको छ । तर भूकम्पपछिको पुनःनिर्माणमा यस्ता कुरामा खासै ध्यान दिइएको छैन ।

प्राध्यापक तथा भूगर्भविद डाक्टर सुबोध ढकाल पुनः निर्माणलाई नव निर्माण बनाउने गरि अहिलेसम्म छलफल नभएको बताउनुभयो ।

अहिले निजि तथा सामूहिक पुर्नवास निर्माणमा प्राधिकरण लागेको छ । भूकम्प विद्का अनुसार भूकम्पले जमिनको भित्रि सतहमा उत्पन्न गरेको दरार तथा बाहिरी सतहमा फाटेका धाजाहरुबाट पनि सुरक्षित रहनुपर्ने हुन्छ । तर प्राधिकरणले संरचनामा जोड दिदै घर निर्माणको काम अगाडी बढाएको छ ।

पुनःनिर्माणको चरणमा पुगेको प्राधिकरणले यसबारे भूगर्भविदहरुसंग सल्लाह गर्नुपर्ने बारे सोच्न समेत भ्याएको छैन । प्रवक्ता रामप्रसाद थपलिया प्राधिकरणले योजना बनाएको तर छलफल गर्न नभ्याएको बताउनुभयो । 

भूकम्प प्रधावित क्षेत्रमा कति घर बननाउने पर्ने, कति परिवारले पुनःनिर्माणका लागि रकम पाउने सरकार अझै तथ्याङ्ककै अलमलमा छ । पुनः निर्माण सुरु भइसकेको छैन । तर, पुनःनिर्माणमा जानुअघि अब विपत्तको सामाना गर्नेगरि निर्माणमा जानुपर्ने विज्ञहरुको सल्लाह छ । 

 

तपाईंको बिचार