उभोक्ताको घरहुँदै पेटसम्म अस्वस्थ मासु

कसरी थाहा पाउने स्वस्थ मासु ? (अडियोसहित)

प्रकाशित मिति: 2016-03-28
मोहन पौडेल, रेडियो परासी, नवलपरासी ।

नवलपरासी  । उपभोक्तालाई सचेत गराउन तथा मासु पसल र बधशाला व्यवस्थीत गर्न पशुपन्छी विकास मन्त्रालयले ‘स्वच्छ र स्वस्थ मासु अभियान’ सुरु गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको ४० बुदेँ प्रतिवद्धता पत्र अन्तरगत आइतबारबाट देखि सुरु भएको अभियान चैत्र २० गते सम्म जारी रहनेछ । 

उपभोक्ताले तत्काल काटिएको ताजा मासु माग्ने बानी र विक्रेताले पनि सरसफाईसँगै एन्टीवाईटीक  र ओम्स नासिएको मासु मात्र विक्री गर्नु स्वास्थ्यका लागि लाभदायी मानिन्छ । 

मासु पसल मापदण्ड अनुसार सन्चालन गर्न र उपभोक्तालाई पनि स्वच्छ र स्वस्थ मासु उपभोग गर्न प्रोत्साउन गर्नका लागि बधशाला देखि भान्छा सम्म यो अभियान सुरु गरिएको हो । अभियान अन्तरगत नवलपरासी प्रत्येक दिन जिल्लाका विभिन्न स्थानमा उपभोक्ता जागरण गोष्ठी, मासु पसल अनुगमन लगायतका कार्य गरिने बताउनुहुन्छ जिल्ला पशु सेवा कार्यालय नवलपरासीका प्रमुख शंकर शाह । 

अभियानलाई प्रभावकारी रुपले सन्चालन गर्न सके उपभोक्तालाई गुणस्तरिय मासु खान सजिलो हुन्छ । उपभोक्ता सचेत भए गुणस्तरीय मासु उपभोग गर्न सकिन्छ भने गुणस्तरहिन मासु विक्री वितरण गर्ने व्यवसायीलाई कारवाहिको दायरामा ल्याउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको उपभोक्ता हित संरक्षण मन्च नवलपरासीका अध्यक्ष रामजी ज्ञवालीको गुनाासो छ ।  

उपभोक्ताले तत्काल काटिएको ताजा मासु माग्ने बानी र विक्रेताले पनि सरसफाईसँगै एन्टीवाईटीक  र ओम्स नासिएको मासु मात्र विक्री गर्नु स्वास्थ्यका लागि लाभदायी मानिन्छ । सरकारको यो अभियानले उभोक्ता र बिक्रेतालाई चेतना जगाउनुपर्ने धारणा नेपाल अण्डा उत्पादक समितिका केन्द्रीय सदस्य गिरीराज रेग्मीको छ । 

हुन त वर्षौदेखि मासु खाँदै आएका उपभोक्तालाई ७ दिनको अभियानले उल्लेखनीय प्रभावि नपार्न पनि सक्छ । तर स्वस्थ मासुको उपभोगका लागि उपभोक्ता, मासु व्यवसायी, कुखुरा उत्पादक एवँ अनुगमनकारी निकाय मिलेर प्रत्येक दिन यो अभियान सन्चालन गर्न आवश्यक छ भन्नुहुन्छ, नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ । 

शाकाहारी बाहेक सबैले मासुको उपभोग गर्छन् तर कस्तो प्रकारको मासु खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ भन्ने बारेको ज्ञान सबै माझ पुग्न नसक्दा अस्वस्थ मासु पनि उभोक्ताको घरहुदै पेट सम्म पुग्छ । स्वस्थ मासु भान्सामा पु¥याउनका लागि उपभोक्तामा चेतना फैलाउनु नै सबैभन्दा महत्वपूर्ण कुरा हो । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/Report-_Mohan_Paudel_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/Report-_Mohan_Paudel_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार