काठमाडौं । कालीमाटी स्थित क्षयरोग निवारण केन्द्रमा तीन महिना यता क्षयरोग उपचार गराईरहनु भएका रवीन्द्र साह । अहिले क्षयरोग निवारण केन्द्र कालिमाटीमा २ दर्जन बढि बिरामी उपचाररत छन् । मुस्ताङका लक्ष्मिप्रसाद थकाली पनि क्षयरोगकै उपचार गराई रहनुभएको छ ।
दुई साताभन्दा बढी समयदेखि लगातार खोकी लागिरहनु, कहिलेकाहीं खकारमा रगत देखिनु, ज्वरो आउनु, तौलमा कमी हुनु र खानामा अरुचि जस्ता समस्या देखिनु क्षयरोगका लक्षण हुन् यस्ता लक्षण देखिए, तत्काल अस्पताल गई डाक्टरको सल्लाह अनुसार नियमित औषधि सेवन गरे क्षयरोग पूर्ण रुपले निको हुन्छ ।
धुम्रपान मध्यपान गर्नेहरुलाई क्षयरोग लाग्ने सम्भावना बढि नै रहन्छ, तर धुँवा धुलोमा काम गर्नेहरु पनि क्षयरोगको शिकार हुने गरेका छन् । क्षयरोगका बिरामी रवीन्द्र साह पनि अहिले उपचारमा नै रहनु भएको छ ।
धुम्रपान मध्यपान गर्ने र धुँवा धुलोमा ज्याला मजदुरी गर्नेहरु नै क्षयरोगको समस्या लिएर अस्पताल आउने गरेका छन् । क्षयरोग निवारण केन्द्र कालिमाटीका डा. नेको श्रेष्ठ हेर्दा बाहिर सामान्य, स्वस्थ देखिने तर भित्री क्षय रोग हुने समस्या धेरैमा देखिएको छ ।
दुई साताभन्दा बढी समयदेखि लगातार खोकी लागिरहनु, कहिलेकाहीं खकारमा रगत देखिनु, ज्वरो आउनु, तौलमा कमी हुनु र खानामा अरुचि जस्ता समस्या देखिनु क्षयरोगका लक्षण हुन् यस्ता लक्षण देखिए, तत्काल अस्पताल गई डाक्टरको सल्लाह अनुसार नियमित औषधि सेवन गरे क्षयरोग पूर्ण रुपले निको हुन्छ । बरिष्ठ क्षयरोग विशेषज्ञ डा. दिर्गसिंह बम बेलामा नै ध्यान दिए क्षयरोग निको हुने बताउनुहुन्छ ।
श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ ।
तथ्याङ्क अनुसार क्षयरोगका कारण विश्वमा हरेक वर्ष १५ लाखको मृत्यु हुने गरेको छ भने नेपालमा प्रत्येक वर्ष ५ देखि ७ हजार क्षयरोगीको मृत्यु हुने गरेको छ । आँकडा हेर्दा डरलाग्दो भएपनि निशुल्क रुपमा पाईने औषधि उपचार गरे क्षयरोग सामान्य रोग जस्तै हो भन्नुहुन्छ डा. दिर्गसिंह बम ।
क्षयरोग लाग्ने मध्ये ८० प्रतिशतलाई फोक्सोमा लाग्ने गरेको छ भने २० प्रतिशतलाई शरीरका विभन्नि भागमा क्षयरोग हुने डाक्टरहरुको भनाई छ । परिवारमा एक व्यक्तिलाई क्षयरोग लागको छ भने परिवारका अन्य सदस्यहरुले पनि जाँच गराउनु पर्छ । क्षयरोग नियन्त्रणका लागि ब्यक्ति मात्र नभई पुरै समाज नै सजग र सक्रिय हुनु पर्नेमा सरोकारवालाहरुको जोड छ ।
तपाईंको बिचार