अब छुवाछुत हुने छैन, सुरु भयो सय दिने अभियान

प्रकाशित मिति: 2016-03-22
कुमार विश्वकर्मा, रेडियो मकवानपुर

हेटौडा । जातीय भेदभाव अन्त्य गर्ने उद्येश्यका साथ मकवानपुरको मनहरी गाविसमा व्यवहारिक रुपमा छुवाछुत मुक्त गाविस घोषणाको १०० दिने अभियान आजबाट शुरु गरिएको छ । २१ मार्च, अर्थात ५१ औं अन्तर्राष्ट्यि जातीय विभेद उन्मूलन दिवसको अवसर पारेर सय दिने अभियान शुरु गरिएको हो । 

स्ट्रोम फाउण्डेशन र सामुदायिक विकास केन्द्र नेपालको सहकार्यमा संचालित सम्वाद केन्द्रका किशोर किशोरीको सकृयतामा उक्त अभियान शुरु गरेका हुन् । अभियानको थालनी मकवानपुर निर्वाचन क्षेत्र नं. ४ का सांसद राजाराम स्यांतानले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला स्तरका राजनितिक दल, सुरक्षा प्रमुख, सञ्चारकर्मी लगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम व्यवहारिक रुपमा छुवाछुत मुक्त गा.वि.स. घोषणा अभियानका संयोजक एवं गा.वि.स. सचिव मीनराज कोईरालाको अध्यक्षतामा भएको हो ।

सोमबारबाट शुरु भएको व्यवहारिक रुपमा छुवाछुत मुक्त गाविस घोषणा  अभियानको सय दिनमा गाविसको टोल–टोलमा पुगी जनचेतना छुवाछुत मुक्त बनाउने कार्यक्रम छ ।

 

तपाईंको बिचार