एप्पल कम्पनीले सबैभन्दा सस्तो मूल्यको आइफोन सार्वजनिक भएको छ । गएराति पौने ११ बजेको समयमा सिलिकनस्थित एप्पल अडिटोरियमबाट कम मूल्यको आइफोन सार्वजनिक गरिएको हो ।
कम्पनीका अनुसार गएराती सार्वजनिक भएको आइफोनमा ‘आइफोन–६’ को फिचर्स छ । जसको नाम आइफोन एसई राखिने कम्पनीले जनाएको छ ।
एप्पलले भारत, चीनलगायतका मूलुकमा व्यापार बढाउन नयाँ मूल्यको आइफोन ल्याउने तयारी गरेको हो ।
के छन् फिचर्स
–नौ वर्षपहिले सार्वजनिक गरिएको आइफोनको साईज ३।५ इन्च थियो । २०१५ मा सार्वजनिक गरिएको ‘६ एस प्लस’को स्क्रिन ५।५ इन्चको थियो भने । आज सार्वजनिक गरिने आइफोन ४ इन्चको हुनेछ
–यसमा प्रयोग हुने प्रविधि ‘६ एस’ जस्तै हुनेछ । साथै क्यामरा अझै राम्रो हुने दाबी गरिएको छ ।
–विभिन्न सञ्चार माध्यममा सार्वजनिक समाचार अनुसार आज सार्वजनिक गरिने आइफोनको मूल्य ४००–५०० अमेरिकी डलरसम्म हुनेछ ।
नयाँ आइफोनको रङ पनि आइफोन ६ को जस्तै हुनेछ । एप्पलमा सुनौलो गुलाव फेसनको रुपमा चलेको छ । नयाँ आइफोनमा पनि यो कलर आए धेरैले नयाँ र सस्तो आइफोन मोबाइल बोक्ने कम्पनीको विश्वास छ ।
यसमा प्रयोग गरिने क्यामेरा ८ मेगापिक्स्लको रहनेछ । फ्रन्ड क्यामेरा पनि १।२ मेगापिक्सलको हुनेछ ।
त्यस्तै यसमा हाडवेयर पनि आइफोन ६ मा जस्तै हुनेछ । चिफ ए ८, एम ८ मोसनको प्रोसेसर रहनेछ । जसले एनएफसीको सर्पोट गर्दछ । जसले गर्दा मोवाईल पेमेन्ट सिस्टमलाई पनि सर्पोट गर्नेछ । जसमा १६४२ एमएच पावरको ब्याट्री हुनेछ । त्यस्तै १६ जीवीको मेमेरी हुन सक्नेछ ।
तपाईंको बिचार