भोजपुर । केही वर्ष अघिसम्म अन्न उत्पादनको लागि खानीकै रुपमा परिचित भोजपुरको पश्चिमी कोट गाविस अहिले खाद्यान्नको संकटतिर धकेलिएको छ । यहाँका बासिन्दा हिजोआज आफ्नो थाकथलो नै छोड्न बाध्य भएका छन् । कारण हो बाँदर आतंक ।
घर छेउछाउमै आएर बस्ने बाँदरकै कारण घरमा एक्लै अथवा केटाकेटी मात्रै बस्न समस्या हुन्छ भने अटेर गरेर भित्रै पसेर राखेको अन्नबाली समेत खाइदिने, पशुचौपायाका साथै मानिसलाई समेत आक्रमण गर्ने गरेको छ ।
खेतबारीमा अन्नबाली फलेर थन्क्यानै नदिने बाँदरले हिजोआज खेतबारीमा केही नभएपछि घरघरमै पस्ने गरेको छ । बाँदरकै कारण कोट गाविसमा भोकमरी लाग्ने गरेको खरिदार तोयानाथ दुलाल बताउनुहुन्छ ।
बाँदरको अतिक्रमणले भोजपुरको पश्चिमी कोट गाविसका बासिन्दा हैरानीमा परेका छन् ।
खेतबारीमा अन्न बाली हुँदा बालीनाली सखाप पार्ने बाँदरले हिजोआज खेतबारीमा केही नभएपछि घरघर पस्ने गरेको छ । पछिल्लो समय बाँदरहरु हिंस्रक बन्दै गएको स्थानीयको भनाइ छ ।
घर छेउछाउमै आएर बस्ने बाँदरकै कारण घरमा एक्लै अथवा केटाकेटी मात्रै बस्न समस्या हुन्छ भने अटेर गरेर भित्रै पसेर राखेको अन्नबाली समेत खाइदिने, पशुचौपायाका साथै मानिसलाई समेत आक्रमण गर्ने गरेको छ । स्थानीय अञ्जना नेपाल अब बाँदरकै कारण बस्न नसकिने अवस्थामा पुगेको बताउनुहुन्छ ।
बाँदरले दिनभर घर बाहिर पनि ढुक्कले काम गर्न र विद्यालय जानआउन पनि विद्यार्थीहरुलाई समस्या पर्ने गरेको छ । कतिपय विद्यार्थी त बाँदरको आक्रमणको डरले विद्यालय जानै नमान्ने गरेको स्थानीय मिश्र नेपाल बताउनुहुन्छ ।
बाँदरले न कमाई लगाउन दिन्छ, न पाकेको बाली उठाउन न नै दिन्छ, नेपालले भन्नुभयो, 'पाँच बर्षदेखी बाँदरले सताउन थालेपछि सुरक्षित स्थानमा बसाई सर्न बाध्य भयौं ।' बास्तिम र आम्तेकका कृषक मात्रै हैन् जिल्लाको अधिकांश ठाउँका मानिस यतिबेला बाँदरका कारण हैरान भएका छन् ।
कोट, गागने, खावा गाविस लगायतका कृषकको पीडा एकै छ । गाउँमा बाँदर खेद्ने मान्छे नहुँदा अझ समस्या बढेको उनिहरुको भनाई छ । धेरै युवा विदेश गएका छन्, बृद्धबृद्धा मात्र घरमा छन्, आम्तेकका भरत कार्कीले भने उनिहरु बाँदर खेद्न सक्दैनन् लगाएको बाली सबै बाँदरले खान्छ ।
बाँदर आतंक कोट गाविसमा बढी भए पनि जिल्लाको तल्लो भागका अधिकाँश स्थानियका लागि समस्या बनेको छ । केही परिवार अन्यत्र बसाइ सरिसकेका छन् भने कतिपय बसाइ सर्ने तर्खरमा छन् ।
अबैद्य हतियार संकलन सँगै गाउँलेहरुले बाँदर खेद्नका लागि भरुवा बन्दुक राख्न पाउनु पर्ने माग राख्दै प्रशासनमा निवेदन दिएका थिए । बादरले सताएको भन्दै स्थानीयले प्रशासनमा उजुरी समेत दिने गरेका छन् ।
तपाईंको बिचार