नेपालको सूदूरपश्चिम होस अथवा सुदूरपूर्वको ताप्लेजुङ यसपटकको श्रमिक महिला दिवसको नाराजस्तै कुरा होइन काम गरौ भन्ने महिलाहरुको संख्या बेग्रल्ती भेट्न सकिन्छ ।
काठमाडौं । बागलुङ दुदिलाभाटीका अन्जु शर्मा पशुपालन व्यवसाय र कैलालीका सुनिला महरालाई सिलाइकटाइ व्यवसायबाट मासिक ३०-४० हजार आम्दानी गर्न कुनै अप्ठ्यारो छैन । २०५३ सालसम्म आफूसँग एक रुपैयाँ पनि नभएको बताउने पाल्पाकी लक्ष्मी गैरै पनि हिजोआज चियासपसल गरेरै दिनमा ३-४ हजार आम्दानी गर्नुहुन्छ ।
झण्डै ३० वर्ष अघि घरखर्च चलाउनकै बच्चाबच्ची हुर्काउँदै स्वेटर बुन्ने काम थाल्नु भएका रुक्मिणी देवकोटाको उद्योग सदूरपश्चिममै ठूलो मध्येको मानिन्छ । केहीसय रुपैयाको लगानीबाट शुरु भएको उहाँको व्यवसायले अहिले आर्थिक सामाजिक हैसियतनै बदलिदिएको छ । हजारौंलाई सीप अनि सयौंलाई रोजगारी पनि दिइसक्नु भएको छ ।
बाध्यताले व्यवसाय अगाल्नेहरुको अर्कै कुरा, अहिले त महिलाहरु जोखिम उठाएर उद्योग व्यवसायमा हात हाल्न थालेका छन । महिलाको प्रगतिको मुख्य माध्यमका रुपमा लिइने आर्थिक सशक्तिकरणमा उनीहरु सबल हुँदै आत्मनिर्भर बन्न थालेका छन् ।
सुदूरपश्चि, सुदूरपुर्व हुँदै दोलखा पुग्नेहो भने घरमै तीनै बालबच्चा सम्हाल्दै उद्यगी बनेका पौरखी महिलाहरु गाउँ-गाउँमा भेटिन थालेका छन् ।
नेपालको सूदूरपश्चिम होस अथवा सुदूरपूर्वको ताप्लेजुङ यसपटकको श्रमिक महिला दिवसको नाराजस्तै कुरा होइन काम गरौ भन्ने महिलाहरुको संख्या बेग्रल्ती भेट्न सकिन्छ । गृहहिणी तेह्रथुमकी कल्पना लिम्बुको पहिले परिचय फेरिएको छ ढाकाविद् कल्पना लिम्बु ।
उहाँको प्रख्याती अहिले देश विदेशमा फैलिएको छ । बच्चाबच्ची हुर्काउनु, घरभित्रको काम अहिलेसम्म महिलाकै जिम्मेवारीमा बढी छ । कतिलाई लाग्ला घरायसी कामले केही गर्न सकिएन ।
तर सुदूरपश्चि, सुदूरपुर्व हुँदै दोलखा पुग्नेहो भने घरमै तीनै बालबच्चा सम्हाल्दै उद्यगी बनेका पौरखी महिलाहरु गाउँ-गाउँमा भेटिन थालेका छन् । तीनै मध्येको एउटा नाम हो दोलखाकी पार्वती खड्का । इच्छा भए थोरै समयमा पनि धेरै काम सजिलै गर्न सकिने खड्काको अनुभव छ ।
तीन वर्ष अघिसम्म बाहिरका मान्छेलाई आफ्नो नाम पनि भन्न नसक्ने दाङ सतवरियाका चन्द्र रोकामगरको बाख्रापालन र त्यसबाट भएको आम्दानी पनि रहर लाग्दो छ । पोरुखी महिलाहरुको श्रृखलामा सानो सानो लगानीस्मा एक्लै व्यवसाय थालेका धेरै महिलाहरु थपिदै गएका छन् ।
तर एक्लै नसुके गाउँटोलमा हुने आमा समूहहरुबाट आयआर्जनको गर्ने महिलाहरु थुप्रै छन् । तरकारी खेतीमा संलग्न काभे्र टुकुचाका कल्पना गिरी त्यसैतै समुहको एउटा उदाहरण हो ।
तरकारी खेतीदेखि पशुपालन चिया पसल अनि ढाकादेखि होजीयारी उद्योगसम्म खोल्न सफल भएका यी त केही पात्र मात्र हुन् ।
आँट, जाँगर र निरन्तरता दियो भने जे काम गरे पनि राम्रो आम्दानी गर्न सकिने र आत्म निर्भर बन्न सकिने उनीहरुको साझा धारणाा छ । तर, असहयोगी सामाजिक संस्कार, असमान कानुन, महिला उद्यमीलाई विषेश व्यवस्था नहुँदा केही अहसज भने बनाएको छ ।
तपाईंको बिचार