काठमाडौं । ‘कुनै बेला देशविदेशका खबर सुन्ने माध्यम रेडियो नेपाल मात्रै थियो । रोजगारका सिलसिलामा भारत पुग्नेहरू रेडियो सेट बोकेर आउँथे अनि नजिकका छिमेकीले साँझपख समाचार र गीतसंगीत सुन्न पाउँथे ।’
झण्डै १५ बर्ष अगाडीको दृश्य बझाङका त्रिलोचन शाहीलाई अहिले जस्तै लाग्छ । रेडियोमा बोल्ने मान्छे कस्ता होला, कसरी सुनिन्छ होला रेडियो ओल्टाई पल्टाई हेर्नेहरुको रेडियो हुनेहरुको घरमा भीड नै लाग्ने गथ्र्यो ।
रेडियो भरीयाले भारीमाथि राखेर पनि सुन्न मिल्छ । साइकलमा झुन्ड्याएर पनि सुन्न सकिन्छ । अहिले त हातहातमा पुगेका मोबाइलसँगै एफएम रेडियोहरू सहरका भान्छादेखि गाउँघरका कान्लासम्म सहयात्री बनेका छन् ।
रेडियो मेरो साथी
समाचार बज्थे तर सबै टाढाटाढाका मात्रै । ‘अहिले गाउँमा समुदायिक रेडियो खुलेपछि आफ्नै गाउँमा समाचार आफै सुन्न पाइएको छ ।’ सुनसरीको विष्णुपादुकाका रनबहादुर बस्नेत (६५) लाई आफ्नै खेती किसानीका कुरा आउँदा रेडियो मेरो हो भन्ने महसुस हुन्छ । उहाँ अहिले एउटा ठूलो गाई पालन केन्द्रमा काम गर्नु हुन्छ ।
रेडियो काम गर्दागर्दै रेडियो सुन्न मिल्छ ।
कम साक्षरता, सानो अर्थतन्त्र, बजार व्यवस्थापनका जस्ता कारणले टेलिभिजन र अखबार आममान्छेमा पुग्न अझै समय लाग्ने देखिन्छ । तर, रेडियो भरीयाले भारीमाथि राखेर पनि सुन्न मिल्छ । साइकलमा झुन्ड्याएर पनि सुन्न सकिन्छ । अहिले त हातहातमा पुगेका मोबाइलसँगै एफएम रेडियोहरू सहरका भान्छादेखि गाउँघरका कान्लासम्म सहयात्री बनेका छन् ।
व्यवसायको सहयात्री
गाउँका सामान्य आय भएका, असंगठित व्यक्ति र त्यसमा पनि खेतीकिसानी गर्नेका कुरा हुन् । गाउँलेहरू कुनै वस्तु बेच्नुप¥यो भने रेडियो सम्झन्छन् । कमवानपुरका किसानहरुले त रेडियो सुनेरै आफ्नो तरकारीको भाऊ तोक्ने गरेको रेडियोको आवाजका सुरज भुजेल बताउनुहुन्छ । आफ्ना सरोकारका कुरा आफ्नै भाषा र लबजमा सुनिने भएकाले पनि रेडियो गाउँले किसानहरूको दैनिकीको अभिन्न अंग बनेको छ ।
विकास साझेदार
गाउँघरका कुलो खन्ने, बाटो बनाउने, पूजा गर्ने र मेला लाग्ने कुरा पनि रेडियो समाचारका विषय बन्छन । विभिन्न समुदायका उदाहरणीय कामहरू रेडियो बहसका विषय बन्ने गरेका छन् । कक्षा सञ्चालन गरेर रेडियोले विद्यालयको भूमिका पनि खेलेका छन् । किसानहरुलाई तरकारीको भाऊ तोक्ने माध्यम पनि रेडियो नै बनेको छ । यसलाई सञ्चारमन्त्री शेरधन राई समाजको तल्लो वर्गमा रेडियोबाट पाएको सूचना र शक्तिका रुपमा ब्याख्या गर्नुहुन्छ ।
रेडियोहरूको बढ्दो संख्याले विकृति पनि देखिएको छ र अभियन्ताहरूलाई पनि पिरोल्न थालेको छ । रेडियो शक्ति हो भन्ने थाहा पाएपछि धेरैथरीका स्वार्थ समूहहरू राजनीतिक दल पनि रेडियोतिर आकषिर्त भएका छन् ।
अर्बौ लगानी
७५ जिल्लामा मनाङबाहेक सबैमा कम्तीमा एउटा स्थानीय रेडियो स्टेसन खुलेका छन ्। मुलुकभर झण्डै ५ सय रेडियो सञ्चालनमा छन् ती मध्ये २ सय ७२ वटा समुदायिक रेडियो छन् । एउटा रेडियो स्टेसन स्थापना गर्दा औसत २५ लाख रुपियाँ खर्च हुन्छ । यही आधारलाई मान्ने हो भने सञ्चालनमा रहेका झण्डै ५ सय एफएममा डेड अर्ब लगानी छ ।
अकोराबका महासचिव गोविन्द देवकोटा राज्यले नीतिगत व्यवस्था नगर्दा केही अप्ठ्यारो भएपनि रेडियोले समाज रुपान्त्रणमा राज्यभन्दा बढी भूमिलाका खेलेको दावी गर्नुहुन्छ । सामुदायिक रेडियोमा मात्रै ३० हजारभन्दा बढी जनशक्ति कार्यरत छ ।
विकृति पनि
सामुदायीक संविधान निर्माण र राज्य पुनःसंरचनाका छलफलबारे थाहा पाउन गरएिको एक सर्वेक्षणले रेडियो नै पहिलो नम्बरको सूचनाको माध्यम बनेको देखाएको छ ।
तर, रेडियोहरूको बढ्दो संख्याले विकृति पनि देखिएको छ र अभियन्ताहरूलाई पनि पिरोल्न थालेको छ । रेडियो शक्ति हो भन्ने थाहा पाएपछि धेरैथरीका स्वार्थ समूहहरू राजनीतिक दल पनि रेडियोतिर आकषिर्त भएका छन् ।
तपाईंको बिचार