जीवनको अन्त्यतिर हनिफा अब नागरिक

एफएम रेडियोले दिलाइदियो नागरिकता

प्रकाशित मिति: 2016-01-17
पवन पौडेल, दमौली एफएम,तनहुँ
बल्ल हात पारेको नागरिकताका साथ तनहुँ सतिस्वाँराकी ७४ वर्षिया हनिफा मियाँ । तस्बिर सौजन्यः बाबुराम खनाल
बल्ल हात पारेको नागरिकताका साथ तनहुँ सतिस्वाँराकी ७४ वर्षिया हनिफा मियाँ । तस्बिर सौजन्यः बाबुराम खनाल

‘अब बुढ्यौलीमा नागरिकतै नपाइ मर्छु जस्तो लागेको थियो,’ उनले भनिन्,‘तर अहिले धेरै खुशी लागेको छ ।’ नागरिकता हात पार्नासाथ निकै सुखी देखिनु भएकी हनिफाले दमौलीका आफन्तलाई ‘मैले पनि नागरिकता पाएँ’ भनेर सुनाउनुभयो । 

दमौली ३ माघ  भन्नेले अस्ताउनै लागेको भन्ने गरे पनि अझैसम्म ‘अनागरिक’ जीवन बिताउन बाध्य हनिफा मियाँ अब राज्यको नजरमा ‘नागरिक’ भएकी छन् । उहाँकै शब्दमा साठी र चौध वर्ष (७४ बर्ष ) पुग्नु भएकी हनिफा तनहुँको सतिस्वाँरा चिलाउनेखर्कमा जन्मे हुर्के खेले पनि राज्यको नजरमा ‘अनागरिक’ नै हुनुहुन्थ्यो ।

उमेर ढल्कनै लाग्दा बल्ल जिल्ला प्रशासन कार्यालय तनहुँबाट नागरिकता हात पारेकी हनिफाले यसको अरु धेरै महत्व नबुझे पनि अब मासिक भत्ता पाउने आशामा खुशी बन्नु भएको छ ।

‘अब बुढ्यौलीमा नागरिकतै नपाइ मर्छु जस्तो लागेको थियो,’ उनले भनिन्,‘तर अहिले धेरै खुशी लागेको छ ।’ नागरिकता हात पार्नासाथ निकै सुखी देखिनु भएकी हनिफाले दमौलीका आफन्तलाई ‘मैले पनि नागरिकता पाएँ’ भनेर सुनाउनुभयो । उमेर पुगे पनि वृद्धभत्ता नपाएकी उहाँ भूकम्पपीडितलाई वितरण गरिएको रेडक्रसको राहत नागरिकता नभएकै कारण नपाए पछि चित्त दुःखाउनु भएको थियो ।  

रेडियोमार्फत खबर प्रसारण भए पछि उहाँका श्रीमान व्यास २ दमौली निवासी ईस्माइल मियाँ पतिको रुपमा सनाखत गर्न तयार हुनुभयो । यस अघि पटक पटक प्रयास गरिए पनि पतिले सनाखत नगरेकै कारण नागरिकता पाउनबाट बञ्चित हनिफालाई सञ्चारमाध्यमले सहयोग पु¥याएको स्थानीयको भनाई छ । 

लौरी टेकेर मात्र हिँडडुल गर्न सक्ने हनिफाले नागरिकता नपाएकै कारण वृद्ध भत्ता र भूकम्पपीडितले पाउने राहत नपाएको विषयलाई स्थानीय सामाजिक कार्यकर्ता बाबुराम खनालले सामुदायिक रेडियो दमौली एफएममार्फत सार्वजनिक गर्नुभयो ।

एफएममा सम्पर्क गरी कमजोर आर्थिक अवस्थाकी मियाँको समस्या खनालले समाचारमुलक कार्यक्रम दमौली डायरीमा रिपोर्टमार्फत प्रस्तुत गर्नु भएको थियो । 

रेडियोमार्फत खबर प्रसारण भए पछि उहाँका श्रीमान व्यास २ दमौली निवासी ईस्माइल मियाँ पतिको रुपमा सनाखत गर्न तयार हुनुभयो । यस अघि पटक पटक प्रयास गरिए पनि पतिले सनाखत नगरेकै कारण नागरिकता पाउनबाट बञ्चित हनिफालाई सञ्चारमाध्यमले सहयोग पु¥याएको स्थानीयको भनाई छ ।

परिचय लुकाइदिन आग्रह गर्ने एक आफन्तले भने,‘पत्नीबारेको खबरले नैतिक दबाब दिए पछि पति मियाँ बल्ल तयार भएका हुन् ।’ 

हाल कान्छी श्रीमतीसँग बस्दै आएका मियाँले पटक पटक अस्विकार गरे पछि बेसहारा हनिफालाई नागरिकता दिलाउने स्थानीयको प्रयास विफल भएको थियो ।

यसअघि माइती पक्षलाई नै सनाखतको दबाब दिएका मियाँ सबैको दबाबपछि आफैले गएर प्रशासनमा सनाखत गरिदिएपछि उहाँलाई सहज भएको जनज्योती उच्च माविका शिक्षकसमेत रहेका खनालले बताउनुभयो ।

वडा नागरिक मञ्चका संयोजक हितबहादुर बस्नेतले अब हनिफाले पनि वृद्धभत्ता लगायत सरकारी सुविधा पाउने अवस्था आएको बताउनुभयो । 

नागरिकता पाए पछि हर्षित हनिफाले आफुलाई नागरिकता दिलाउन सघाउनेहरु भगवानजस्तै भएको प्रतिक्रिया दिइन् । यससँगै ‘अनागरिक’बाट ‘नागरिक’को परिचयका साथ मर्न पाउने भन्दै हनिफाले बिस्मयमिश्रित खुशी प्रकट गर्नुभयो । 

तपाईंको बिचार