के अण्डा बिग्रिंदैन, किन लेखिन्न म्याद ?

तीन निकायका तीन दावी (अडियोसहित)

प्रकाशित मिति: 2016-01-14
लक्ष्मी बस्नेत

चिसो मौसममा ३ हप्तासम्म र गर्मीका बेला एक हप्तामा खाइसक्नु उपयुक्त हुन्छ । चिसो अथवा ओसिलो ठाउँमा राख्दा भने दुई हप्तासम्म खान सकिन्छ । फ्रिजमा भने अण्डा राख्न हुन्न । 

काठमाडौं ३० पुस ।  सामान्यतया कुनै खाद्य वस्तु वा खानेकुरा किन्दा हामी यसको म्याद हेर्छौ । मिति सकिएको भए खान अयोग्य ठान्छौ र नभए किनेर खान्र्छौै ।  

तर अण्डा किन्दा तपाई के गर्नुहुन्छ ? न त त्यसमा म्याद लेखिएको मिति हुन्छ, न त कुखुरा, हाँसले पारेको कति दिनमा खान मिल्छ ? त्यसमा कुनै पनि निकायले जानकारी गराएको छैन । उसो भए अण्डाको खान मिल्ने म्याद चाहिं कति होला ? 

पोषणविद् डाक्टर अरुण उप्रेतीका अनुसार अण्डा खानमा जति स्वादिलो हुन्छ त्यति नै मात्रामा यसबाट फाइदा पनि मिल्छ । त्यही भएर होला आजकाल शाकाहारी हुँ भन्नेहरुले पनि अण्डा खाइरहेका हुन्छन् । तर, त्यो हाँस, कुखुराले पारेको  कति दिनसम्म खान मिल्छ  होला ? त्यो चै सजिलै थाहा पाइदैन, किन भने त्यसमा कुनै कुरा उल्लेख हुँदैन ।

वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्बासे सरकारले अब प्राथमिकता दिने दावी गर्नुभयो । ‘सीआईएनले फेरि मलाई सम्झाएको छ’ उहाँले भन्नुभयो ‘अब अण्डाको म्याद लेखाउनेमा सक्रिय हुन्छ ।’  

पोल्ट्री व्यवसायीहरुले ठाउँ–ठाउँमा अण्डा बिक्री केन्द्रहरु पनिखोल्ने गरेका छन् । तर त्यो पुरानो हो कि नयाँ अथवा उत्पादन र उपभोग्य मिति, भण्डारण गरिएको तरिका, खान योग्य हो कि होइन व्यवसायीहरु नै आधिकारीक रुपमा बताउन सक्दैनन ।

आशापोल्ट्री फार्म भक्तपुरका रामनाथ अधिकारी अण्डाको म्याद नलेखे पनि एक महिनासम्म खान मिल्ने दावी गर्नु हुन्छ । तर, त्यसको आधार के हो ? भन्दा उहाँसँग प्रष्ट जवाफ छैन । 

हिजो आज शरहका ठूलाठूला डिपार्टमेन्टल स्टोरहरुमा प्याकिङ गरेर उत्पादन र प्रयोग गर्न सकिने मिति उल्लेख गरेको पाइन्छ तर त्यसको मूल्य अरुभन्दा बढी लेखिएको हुन्छ । 

अण्डा उत्पादक संघका अनुसार दैनिक करिब ३५ लाख अण्डा उत्पादन हुन्छ । त्यसको दुई भागअर्थात करिब २२ लाख अण्डा दैनिक बिक्री हुने र बाँकी पनि एक हप्ताभन्दा बढी नरहने व्यवसायीहरुको दाबी छ । संघका महासचिव त्रिलोचन कँडेल ठूला-ठूला व्यवसायीले नै यसमा ध्यान नदिएको स्वीकार गर्नुहुन्छ । 

त्यो दाबीलाई सही मान्नेहो भने एक हप्तामा पुरानो अण्डा बाँकी नै रहन्न । तर त्यसको म्याद तोक्नु, उपभोक्तालाई जानकारी दिनु सरकाले आबश्यक नै ठानेको छैन त ? वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्बासे सरकारले अब प्राथमिकता दिने दावी गर्नुभयो । ‘सीआईएनले फेरि मलाई सम्झाएको छ’ उहाँले भन्नुभयो ‘अब अण्डाको म्याद लेखाउनेमा सक्रिय हुन्छ ।’  

हिजो आज शरहका ठूलाठूला डिपार्टमेन्टल  स्टोरहरुमा प्याकिङ गरेर उत्पादन र प्रयोग गर्न सकिने मिति उल्लेख गरेको पाइन्छ तर त्यसको मूल्य अरुभन्दा बढी लेखिएको हुन्छ ।  तर सामान्य अवस्थामा उचाल्दा हलुका जस्तो लागेमा अथवा फुटाइसकेपछि पातलो पानी जस्तो अथवा कालो रंगको भए विग्रीएको मान्नुपर्छ । 

आफ्नै घरमा उत्पादन गरेको भए चिसो मौसममा ३ हप्तासम्म र गर्मीका बेला एक हप्तामा खाइसक्नु उपयुक्त हुन्छ । तर, चिसो अथवा ओसिलो ठाउँमा राख्दा भने दुई हप्तासम्म खान सकिन्छ । फ्रिजमा भने अण्डा राख्न हुन्न । सकेसम्म अण्डालाई घाममा पनि राख्न नहुने विज्ञहरुहरुको सुझाव छ ।

अडियो सुन्नुहोस्

तपाईंको बिचार