कमिलाको ताँती झै मिलेर बसेको ‘कालोबस्ती’लाई बैसाख १२ को विनासकारी भुूकम्पले अस्तित्व नै परिवर्तन गरिदियो । मिलेको बस्ति क्षणभरमै कूरप बन्यो ।
रसुवा २७ पुस । स्थानीयस्तरमा नै पाइने ढुङ्गाको प्रयोग गरी निर्माण गरिएकाले “कालोगाँउ”को रुपमा परिचित रसुवाको गत्लाङ गाँउ अहिले भूकम्पपछि तङ्रिने तरखरमा छ । तर भूकम्पले पु¥याएको क्षतिको समयमै पुनःनिर्माण नहुदाँ पर्यटकले खचाखच हुने कालो गाउँ अहिले नामजस्तै कालो अथवा सुनसान छ ।
विनासाकारी भूकम्पले कालो गाँउ जीर्ण बनाएको मात्र छैन प्रमुख पर्यटकीय तथा धार्मिक स्थल पार्वतीकुण्ड, वोङजो, घले दरवार तथा विभिन्न गुम्बाहरु अझै क्षति विक्षत अबस्थामा छन् ।
कमिलाको ताँती झै मिलेर बसेको ‘कालोबस्ती’लाई बैसाख १२ को विनासकारी भुूकम्पले अस्तित्व नै परिवर्तन गरिदियो । मिलेको बस्ति क्षणभरमै कूरप बन्यो । सदरमुकाम धुञ्चेबाट करिब ३५ टाढाको दुरीमा तामाङ सम्पदा मागर्मा पर्ने पर्यटकको आर्कषकको केन्द्रबिन्दु गत्लाङ अहिले ओझेलमा परेको छ । गत्लाङका नविन लामा अहिले गाउँ सुनसान भएको चिन्तामा पर्नु भएको छ ।
विनासाकारी भूकम्पले कालो गाँउ जीर्ण बनाएको मात्र छैन प्रमुख पर्यटकीय तथा धार्मिक स्थल पार्वतीकुण्ड, वोङजो, घले दरवार तथा विभिन्न गुम्बाहरु अझै क्षति विक्षत अबस्थामा छन् । गत्लाङ–१ का कामी कारो तामाङलाई अब त पहिलाको जस्तै मिलेको बस्ति बन्ला भन्ने विश्वास समेत लाग्न छाडेको छ ।
भूकम्प लगत्तै पानी समेत परेपछि खाद्यान्न लत्ताकपडा लगायतका सामाग्री झिक्न नपाएका स्थानीयवासीकोे दैनिकी कष्टकर छ । धार्मिक तथा सास्कृतिक सम्पदाको संरक्षण गरी पर्यटकलाई खुसी बनाएर आर्थिक उपार्जन नै मुख्य पेशा रहेका याहाँको तामाङ समुदायको अहिले रोजीरोटी नै गुमेको छ । घर उठान भन्दा पहिला पर्यटक आउने वाताबरण बनाइदिए हुन्थ्यो भन्नुहुन्छ गत्लाङ–९ का दावा डाक्पो लामा ।
भुकम्प जानु अघि गत्लाङमा होम स्टे, गेष्ट हाउस सञ्चालन गरी पर्यटनलाई पु¥याउदै आएको सेवा अहिले पुनःनिर्माण नै हुन नसक्दा ठप्प छ । पर्यटनको आगमन पनि शुन्य रहेको छ ।
अब संरचना बनाउँदा स्थानिय कला र परम्परालाई ख्याल गरिदिन स्थानीय वासिन्दिाको आग्रह छ । स्थानिय कामी कारो तामाङ सरकारले ध्यान दिए अझै पनि गाउँ पुरानै अवस्थामा आउने दावी गर्नुहुन्छ ।
गत्लाङ जस्तै रसुवामा रहेका धेरै पर्यटकीय गाँउहरु भूकम्पले ध्वस्त भएपछि अहिले पर्यटक गाउँहरु सुनसान छ । होमस्टे, पैदल मार्ग, तामाङ समुदायको भाषा, सस्कृति, भेषभूषा देखाएरै आर्थिक उपार्जनको खोजीमा रसुवाबासी प्रतिक्षामा छन् ।
तपाईंको बिचार