झाँक्रीबाट ‘खोसेर’ अस्पतालमा, जुट्यो रगत जोगियो ज्यान

ब्लड वैंक छैन, रगत पनि छैन

प्रकाशित मिति: 2016-01-04
दिलिप खड्का, युनिक एफएम रुकुम
गर्भवती महिलालाई आफ्नै रगत दिएर जिल्ला अस्पताल मुगुका डाक्टरले ज्यान जोगाएका थिए
गर्भवती महिलालाई आफ्नै रगत दिएर जिल्ला अस्पताल मुगुका डाक्टरले ज्यान जोगाएका थिए

रुकुम, २० पुस । 
 

सुत्केरी भएको तीन दिन बितिसक्दा पनि रगत रोकिएन, रगत पनि पाइएन जाजरकोटमा केही समय अगाडी ३६ वर्षिया कमला बुढाको ज्यान गयो । 

रक्त अल्पताले थलिएकी बाजुरा जुगाडाकी २५ वर्षीया वसन्ती रोकायाले समयमा रगत पाउन सक्दा त्यसको केही दिनमा मृत्यु भएको खबर आयो ।

पूर्वी वा पश्चिमी पाहाडमा रगत अभावमा, रगत नपाउँदा ज्यान गुमाएका यस्ता घटना हरेक बर्ष दोहोरिरहेका हुन्छन् । 

तर रुकुमको खोलागाउँका २६ बर्षका विर्मि डाँगीलाई भने गाउँले नै नयाँ जीवन दिएका छन् । रगतको अभावमा मृत्युसंग लडिरहनु भएकी डाँगीलाई गाउँहरुको सल्लाहमा रगत दिएर जीवनदान दिएका हुन् ।

रुकुममा अत्याधिक रक्तश्रावबाट ज्यान जोखिममा परेकी डाँगीको ज्यान जागोउन ब्लड बैँकमा समेत रगतको अभाव थियो । 

खोलागाउ गाविस वडा नं. ६ का २६ बर्षका विर्मि डाँगीलाई स्थानीय चारजना व्यक्तिले एवि. ग्रुपको ४ पिन्ट रगत दान गरेपछि ज्यान जोगिएको हो ।स्थानिय २६ वर्षिय शिक्षक राम वहादुर वली, २२ बर्षका टेक वहादुर परियार,२१ वर्षिय खकेन्द्र वली र २० बर्षका डण्डवीर केसीले रगत दान गर्नु भएको थियो । 

धामी झाँक्रीको साहारामा घरेलु उपचार अपनाईरहेको बेला छिमेकी प्रेम वहादुर केसीको पहलमा डांगीलाई चौरजहारी अस्पतालमा पुरयाइएको थियो । अस्पतालमा चिकित्सकले रगत नभएको बताएपछि स्थानियको सल्लाहमा रगत दान गरिएको थियो ।  

सामान्य तया स्वास्थ्य व्यक्तिको शरीरमा ११ देखि १४ होमोग्लोविन हुनु पर्नेमा डांगीको शरिरमा अत्यधिक रक्तश्राव भई २ ग्राम मात्र रगतको मात्रा रहेको अस्पतालका वाल रोग विशेषज्ञ डा. कालिव वुढाले जानकारी दिनुभयो ।  ३ जना छोरीको जन्म दिएकी डांगीका श्रीमान भारतमा मजदुरी गर्न जानु भएको छ । 

ब्लड वैंक छैन रगत पनि छैन

रुकुममा ब्लड वैंक नहुदा विभिन्न समयमा रक्तअल्पता सम्वन्धि समस्या भएका व्यक्तीहरुको ज्यान जोखिममा पर्ने गरेको छ । 

चौरजहारी अस्पताल र नेपाल रेडक्रस शोसाईटी उपशाखा चौरजहारीले रगत संकलनको लागी विगतका वर्षहरुमा शिविर मार्फत करिव ३ सय व्यक्तिहरुको रगत समुह छनौट गरेको थियो । तर, उनीहरुमध्यबाट हालसम्म कसैले पनि रगतदान गरेका छैनन । 

तपाईंको बिचार