शीत चुहिने बस्तीमा छट्पटाइ रहेका आमाहरुको पीडालाई बोध गर्नुस् राष्ट्रपति ज्यू

राज्यले छुट्टयाएको करोडौं रकमका बाबजूद तपाईंको एकलाख किन ?

प्रकाशित मिति: 2015-12-29
लक्ष्मी बस्नेत

राष्ट्रपति ज्यू, तपाईं राष्ट्रपति हुँदा अचाक्ली खुशी हुनेको लर्कोमा पनि थिएँ । अहिले पनि म छु । केही दिन अघि तपाईं जानकी मन्दिर जाँदा जस्तो घटना भयो, तपाईंलाई जे जे भनेर लाञ्छना लगाए ।

त्यसले दुःख लागिरहेकै छ । राष्ट्रपति हुँदा त श्रीमान् नभएका महिलालाई विधुवा भनेर मन्दिरमा ‘सुन पानी छर्किएर चोख्याउने’ हाम्रो समाज कहिले त्यो सोचबाट मुक्त हुने प्रश्नको जवाफ पाएको छैन, पाउन सजिलो पनि छैन तर अहिले भने तपाईंमाथि केही प्रश्न सोध्न चाहन्छु । 

माघको जाडोले अझै कति आमाले कोख रित्याउनु पर्ने हो ? कति बालबालिका र वृद्धवृद्धाले प्राण त्याग गर्नुपर्ने हो ?  

तपाई पनि कुनै दिन आमा भएको मान्छे । शीत चुहिने बस्तीमा छट्पटाइ रहेका भूकम्प पीडित आमाहरुको पीडालाई एकचोटी बोध गर्नुस् राष्ट्रपति ज्यू । 

राष्ट्रपति ज्यू, राष्ट्रका नाममा पूजा गरेर अब सबै समस्या समाधान हुन्छ ?  अनि करोडौं भेटी संकलन हुने अनि राज्यले छुट्टयाएको करोडौं रकमका बाबजूद तपाईंको एकलाख रुपैयाँ किन आवश्यकता ?

आमाहरुको पीडा र राष्ट्रपति पूजा

सेकेर पनि बचाउन सकिन ४ दिनको बच्चा’ एउटा दैनिक पत्रिकाले पहिलो पृष्ठमा प्रकाशित भएको समाचार तपाईंले पनि पढ्नुभयो होला । ती आमाले त्यो घटना कसरी बिर्सिनु ? भर्खर पुसको १५ हुँदै छ ।

माघको जाडोले अझै कति आमाले कोख रित्याउनु पर्ने हो ? कति बालबालिका र वृद्धवृद्धाले प्राण त्याग गर्नुपर्ने हो ?  तपाई पनि कुनै दिन आमा भएको मान्छे । शीत चुहिने बस्तीमा छट्पटाइ रहेका भूकम्प पीडित आमाहरुको पीडालाई एकचोटी बोध गर्नुस् राष्ट्रपति ज्यू ।

त्यो बस्तीमा हेलिकोप्टरबाटै भए पनि एक पटक निरीक्षण गर्नुहोस् । शायद त्यसले तपाईंलाई पनि आत्मसन्तुष्टि मिल्नेछ । अनि केही सहयोग गरुँ भन्ने पनि लाग्ला ।

  • हुन त तपाईं महिलाको मात्र राष्ट्रपति होइन, तर तपाईंको त्यो सम्माननीय हैसियतले किन हो महिलाहरु बढी नै खुशी छन् । शायद यसअघि डा रामवरण यादव राष्ट्रपति हुँदा पुरुषहरु पुरुष राष्ट्रपति भएका भनेर यसरी खुशी थिएनन् होला ! 

अहिले राज्यकै आमा हुँदा तपाई धेरै महिलालाई महिलाले जे पनि गर्न सक्छन् भन्ने अदृश्य शक्ति पलाएको छ । केही गर्ने आँट र जोशजाँगर पनि मौलाएको छ । अनि महिलाले के गर्न सक्छन् ? भन्ने सोचाइ भएकाहरुले तपाई र ओनसरी घर्तीका कारण गतिलो जवाफ दिएको छ ।

भरोसाको पात्र

हुन त तपाईं महिलाको मात्र राष्ट्रपति होइन, तर तपाईंको त्यो सम्माननीय हैसियतले किन हो महिलाहरु बढी नै खुशी छन् । शायद यसअघि डा रामवरण यादव राष्ट्रपति हुँदा पुरुषहरु पुरुष राष्ट्रपति भएका भनेर यसरी खुशी थिएनन् होला ! 

त्यसैले फेरि आग्रह छ, चिसोले कठ्याङग्रिएका भूकम्प पीडित अझ सुत्केरी, नवजात शिशु÷बालबालिका तथा गर्भवतीलाई सिरक वा कम्बल किन्नका लागि तपाईंको दोस्रो महिनाको तलब यसै गरी घोषणा गरिदिनु होला । पार्टीकै महिला संगठन अनेमसंमा झण्डै डेढ दशक नेतृत्व गर्नुभयो, अध्यक्षको रुपमा ।

त्यहाँ रहँदा महिलाकै दुःखसुखका कुरा हुन्थे । उनीहरुको हकअधिकारका लागि कुरा गर्नुभयो । तर भूकम्प पीडित महिलालाई अहिले सँझिनुभयो भने त्यो कामको अझ सार्थकता देखिनेछ ।

अर्को पनि प्रश्न

राष्ट्रपति भण्डारीको पूजा अघि स्वागतमा बसेका मन्त्री तथा उच्चतहका अधिकारीतपाई कम्युनिष्ट राजनीति गरेर यो हैसियतमा पुग्नुभयो, भलै अहिले कुनै पार्टीको साधारण सदस्यता हुनुुहुन्न । नेकपा एमालेको दुई पटक उपाध्यक्ष हुनुभयो । मन्दिरमा पूजा गरेर कति शान्ति आउला ? चाहेको पुरा होला ? यस्तै भनेर धेरैलाई प्रशिक्षण दिनुभयो होला तर अहिले त्यही काम तपाईंले नै गर्नुभयो । कम्युनिष्टले त भगवान होइन विज्ञानमा विश्वास गर्छन् भन्ने सुन्नेहरुका तपाईंबाटै सिकेकाहरु धेरैले अब के गर्ने ?

अन्तमा, तपाईले राष्ट्रपति भएपछि जे गर्दै हुनुहुन्छ, पहिलो पटक भइरहेको छ । नवपरासी जानुभयो, राष्ट्रपति भएपछिको पहिलो जिल्ला भ्रमण, भोजपुर जानुभयो, राष्ट्रपति भएपछिको पहिलो गृह जिल्ला, अनि राष्ट्रपति भएपछि जानकी मन्दिरमा पहिलो पूजा हुँदै पशुपतिनाथ मन्दिरमा विशेष पूजासमेत पहिलो भएकोमा अब राष्ट्रपति भएपछिको पहिलो ‘सामाजिक काम’ हुनेछ । भूकम्प पीडितको बस्तीको भ्रमण गरेर सहयोगको घोषणा गर्नुहोला ।

तपाईंको बिचार