काठमाडौं १३ पुस । प्रधानमन्त्रिमा निर्वाचित भएको भोली पल्टै केपी ओलिले २ बर्षभित्रै सबैभन्दा पहिला देशलाई तुईनमुक्त बनाउने घोषणा गर्नुभएको थियो । नेपालमा त्यसबेला ३ सय ६५ ओटा तुईन थिए । प्रधानमन्त्रीले भने बमोजिम हुँन २ दिनमा एउटा झोलुंगे पुल बन्नुपथ्र्यो ।
प्रधानमन्त्रीले भने लगत्तै यसको सम्भाब्यताबारे हामीले स्थानीय बिकास मन्त्रालयका प्रबक्ता पुर्णचन्द्र भट्टराईसँग कुरा गर्दा उहाँले अहिलेसम्म दैनिक एउटा झोलुंगेपुल नेपालमा बनिरहेकाले २ बर्षमा तुईनमुक्त बनाउन समस्या नहँुने भन्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले तुईनमुक्त बनाउने भनेको ७७ दिनसम्म एउटा पनि झोलुंगेपुल निर्माण भएको छैन । अहिलेसम्म पुर्ब सम्भाब्यता अध्ययन मात्रै सकिएको छ भने सरकारले यो बर्षमा सम्पन्न हुँने ११ वटा पुलको मात्रै टेण्डर आवहान गरेको छ ।
सरकारले २ बर्षभित्रै देशलाई तुईनमुक्त बनाउने कार्ययोजना बनाएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै तुईनमुक्त गर्ने भन्नुभएको थियो भने सपथ ग्रहण गरिसकेपछि घोषणापत्रमा हस्ताक्षर पनि गर्नुभएको थियो । तर निर्णय कार्यान्वयनको खासै छाटकाट देखिएको छैन ।
अहिले सबैभन्दा धेरै खोटांगमा २७ र गोरखामा ११ ओटा तुईन बिस्थापन गर्नुपर्नेछ । १२० ओटा भन्दा लामो ९० वटा पुल बनाउनुपर्नेछ भने १ सय ३८ स्थानमा छोटो लम्बाईका पुल निर्माण गर्नुपर्नेछ ।
प्रधानमन्त्री ओलीले तुईनमुक्त बनाउने भनेको ७७ दिनसम्म एउटा पनि झोलुंगेपुल निर्माण भएको छैन । अहिलेसम्म पुर्ब सम्भाब्यता अध्ययन मात्रै सकिएको छ भने सरकारले यो बर्षमा सम्पन्न हुँने ११ वटा पुलको मात्रै टेण्डर आवहान गरेको छ ।
यसलाई हेर्ने हो भने पनि सरकारको योजना पुरा नहुँने त स्पष्ट छ नै दैनिक एउटा पुल बनाएका छौ भनेर प्रतिक्रिया दिनुभएका स्थानीय बिकास मन्त्रालयका प्रबक्ता नै अब यो सम्भब नभएको बताउनुहुँन्छ ।
अहिले सबैभन्दा धेरै खोटांगमा २७ र गोरखामा ११ ओटा तुईन बिस्थापन गर्नुपर्नेछ । १२० ओटा भन्दा लामो ९० वटा पुल बनाउनुपर्नेछ भने १ सय ३८ स्थानमा छोटो लम्बाईका पुल निर्माण गर्नुपर्नेछ ।
तपाईंको बिचार