मन जाच्ने र कुरा बुझ्ने प्रयास कसैले गरेनन(अडियोसहित)

पूर्वी नेपालका तीन जिल्लामा राजनीतिक बहस र नागरिक वास्तविकता फरक

प्रकाशित मिति: 2015-12-25
गोविन्द खड्का

इटहरी । पूर्वी नेपालको झापा, सुनसरी र मोरङ मधेसका अरु जिल्ला भन्दा पछिल्लो पटक शान्त देखिन्छन् । तर, आन्दोलन असर र रापताप कायम नै छ । सतहमा हेर्दा अहिले ती जिल्ला मधेसी मोर्चाको मागमा परेका छन् । तर एक दर्जन दल र समुहको दावी पनि तीनै जिल्ला माथि छ देखिन्छ । ती जिल्ला हुन चै कसका ? त्यही बस्ने नागरिकको मन जाच्ने र बुझ्ने प्रयास भने कसैले गरेको पाइएन । रिपोर्ट 

मोरङको विराटनगर पुग्दा भृकुटी चोक छेउको सानो चिया पसलमा राष्टिय राजनीतिको ठूलो बहस चलिरहेको थियो ।

समस्या किन सुरु भयो त्यसको समाधान कसरी होला ? करिव आधाघण्टाको बहसबाट कुनै निस्कर्ष ननिकाली राष्टिय राजनीतिको राम्रो जानकारी राख्ने त्यो समुह त्यहाँबाट उठ्यो । उठ्दै गर्दा मैले एक जनालाई सोधे लामो छलफल त भयो तर निस्कर्ष आएनन नी । साच्चि समस्या के होला ?

प्रश्न खस्न नपाउँदै छलफलका सहभागि हेम सेडाईले भन्नुभयो ‘नेताहरुले त निस्कर्ष निकाल्न सकेका छैनन हामी कसरी निकाल्नु, हरेक तर्क फरक फरक हुन्छन, फरक फरक विषय गरेर उठ्ने गछौ । ’

आफ्नो घरको चुलोदेखि सिंहदरबारमा बसेर राज्यको डाडु पिन्यु चलाउने सम्मको चिन्ता गाउँसम्म छ । झापाको विर्तामोड पुग्दा पनि त्यस्तै छनक मिल्यो । तर समस्या कसका कारणले भयो निस्कर्ष एउटै छैन । 

तीन जिल्ला झापा, मोरङ र सुनसरी मधेस प्रदेशको मुद्दा जोडेर मधेसी मोर्चा मधेस प्रदेश अन्तर्गत राखिनुपर्ने माग गर्दैछ् । प्रमुख तीनदलले पाहाडसँगै मिसाइ सकेका छन् । लिम्बुवान, खम्बुवान सहितका जातिय समुहपनि यी तीन जिल्लासँगै जोडेर माग तेस्र्याइरहेका छन् ।  

सुनसरीको घना मधेसी बस्तीका स्थानीयवासीन्दा मधेससँग जोडिन चाहन्छन् । तराईमा बसोबास गर्दै आएका पहाडी, जनजातिहरू पहाडी समुदायसँगको घुलमिलका कारण उत्तरदक्षिण प्रदेश भए पनि फरक नपर्ने मत राख्छन् ।

तर संघियता भन्दा धेरै ठूलो चासो भने हरेकको आफ्नै दैनिकसँगै देखिन्छ । सुनसरीको इटहरीमा भेटिनु भएका ५५ बर्षमा हरीराम साह हरेक दिन खानाको जोहो गर्न मै समय विताइरहनु भएको छ । 

झापा, मोरङ, सुनसरी क्षेत्र तराईमा परे पनि जनसांख्यिक बनोटले पहाड मधेसको सयुक्त बसोबास छ  । अझ पाहाडी समुदायको जनसंख्या बढ्दो क्रममा देखिन्छ । इतिहाँससँग जोडेर विजयपुर नामक तीन जिल्लाको अलग संघीय प्रदेश बनाउने कुरा पनि भित्री बहसमा चल्न थालेको छ ।

हरेकलाई बोल्न मन छ तर बोल्दा को सँग जोडिएर कसको गाली खानुपर्ने हो ? अन्योल र भयले मनमा डेरा जमाएको छ ।  

मधेसको ७८ लाख जनसंख्यामध्ये २५ लाख जनसंख्या के चाहान्छ ? उनीहरुको मन जाच्ने र कुरा सुनेर बुझ्ने प्रयास भने कसैले गरेको पाइएन । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/Report_Gobinda_Sunsari.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/Report_Gobinda_Sunsari.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार