चिसो रातमा पानीको जोहो (अडियो रिपोर्टसहित)

प्रकाशित मिति: 2015-12-23
सिर्जना घिमिरे, रेडियो रामपुर, पाल्पा

८ पुस, चिसो दिनहुँ बढ्दो छ, रातमा शीत झरिरहन्छ, तर चिसो र अँध्यारो रात नभनी काठेकोट तनहुँका स्थानीयलाई भने पानीको जोहो गर्नुपर्छ ।

गाउँभरि नै पानीको अभाव भएपछि पानी लिन जानु त नियमित नै भइसक्यो तर रातको सिरसिरे हावा र रातमा झर्ने शितले भने हिजोआज बढी नै सताउँछ ।
पानी ल्याउने जिम्मा अलि बढी महिलाकै जस्तो हुने गरेकाले पनि चिसो रातमा पानी ल्याउन कम्ती कठिन छैन भन्छन् महिलाहरु ।


खेतबारी वा अन्य कामको जतिसुकै चटारो होस् अथवा छोराछोरीलाई स्कुल पठाउने जस्ता महत्वपुर्ण काम वा अन्य ठूला चाडबाड जे भए पनि गाउँका महिलाहरुलाई भने पानी पीडामै छट्पटाइ रहन्छन् ।
तर केही महिलाहरुको दुःखद अनुभव पनि पानी लिन गएकोलाई त आफ्नै परिवारका सदस्यले काम नै मान्दैनन् । पानीमा धेर समय लगाएर अरु काम नगरेको भन्दै उल्टै आरोप खेप्न पनि बाध्य छन् ।  
६२ घरधुरी रहेको काठेकोट तनहुँमा बाक्लो मगर बस्तीका महिलाहरुको यथार्थ हो । वर्षौंदेखि उनीहरु यस्तै गरी पानी अभावमा आत्तिरहेका हुन्छन् ।

पहाडी उच्च भाग रहेको काठेकोटका स्थानियले गाउँबाट करिब ३ किलोमिटर टाढा केबरेनी खोलाको पानी पनि घण्टौं पालो पर्खेर एक दुई गाग्री ल्याउने स्थानिय इमानसिंह थापाले बताउनुभयो ।

बैकल्पिक उर्जा पर्वद्धन केन्द्र ललितपुरबाट खानेपानीको लागी १५ लाख रुपैयाँ उपलब्ध गराएर उपभोक्ताले २ लाख रुपैयाको श्रमदान गरे पनि ठेकेदारको लापवाहीका कारण काम अलपत्र परेको छ ।
ठेकेदारसँग सम्पर्क गर्दा आश्वासन मात्र दिने गरेको स्थानीयको गुनासो छ । बेलाबखत ठेकेदार खोज्न स्थानीय मिलेर दमौली समेत पग्छन् तर अहिलेसम्म पार नलागेको पानी पीडाबाट अब कहिले छुट्कारा पाइएला ?

 

अडियो सुन्नुहोस्

तपाईंको बिचार