टुट्दै यातायात सम्पर्क, बढ्दै कष्ट

प्रकाशित मिति: 2015-12-17
नवराज महतारा, रेडियो कर्णाली आवाज हुम्ला

हुम्ला । हुम्ला जिल्लाका आन्तरिक उडान ९० प्रतिशतले घटेपछि जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । अहिलेकै अवस्था रहे एक सातामा जिल्लाको एक मात्र यातायात सेवा बन्द हुने र त्यसपछि झन् समस्या हुने देखिएको छ । 

२ महिनादेखि भारतको नाकाबन्दीका कारण हुम्ला जिल्लाको यातायातको एक मात्र हवाई उडान लगभग कटौती जस्तै भएपछि दैनिक उपभोग्य सामाग्रीको अभाव र भए पनि मूल्य ह््वात्तै बढेको छ । 

सामान्य अवस्थामा दैनिक २० भन्दा बढी उडान भर्ने सरकारी तथा निजि विमान कम्पनीले हवाइ इन्धनको कारण देखाउँदै अहिलेदेखि २ वटा मात्र उडानमा सिमित भएको छ । हरेक सामान जहाजबाट ढुवानी गर्ने हुम्लामा हवाई उडान कटौतीले उपभोक्तालाई थप मार पारेको छ स्थानीय गीता खड्काको गुनासो छ । 

नियमित उडान नभएपछि जिल्लाबाट जडिवुटी निकासी गर्नसमेत समस्या परेको छ । जडिबुटी नेपालगञ्ज र सुर्खेत ढुवानी गर्न जहाज भएपछि व्यापारीले वन कार्यालयबाट लिएको जडिबुटीको छुटपुर्जिको म्यादसमेत सकिन लागेपछि व्यापारीहरुलाई अर्को समस्या हुने मुगुका जडिवुटी व्यापारी दोर्जे लामाको भनाइ छ ।

जिल्लामा उडान भर्दै आएका ६ वटा नीजि विमान मध्ये सबैभन्दा बढी उडान भर्दै आएको तारा एयरले २ दिनदेखि कर्णालीका कुनै पनि क्षेत्रमा उडान भरेको छैन । अहिलेकै अवस्था जारी रहे अबको एक सातामा सबै उडान बन्द हुने सिमकोट विमानस्थलका निमित्त कार्यालय प्रमुख पवन अग्रहरी बताउनहुन्छ ।  

हुम्ला जस्ता आवातजावतको एक मात्र विकल्प हवाईसेवामा निर्भर हुने नागरिकका लागि सरकारले अन्य विकल्प सोच्नुपर्छ ।

तपाईंको बिचार