काठमाडौं १३ । सत्ताधारी दल र मधेसी मोर्चाको आआफ्नै अडानका कारण झन्डै एक महिनादेखि अवरुद्ध दुवै पक्षबीचको वार्ता फेरि हुन सकेको छैन । मोर्चाले मधेस र पहाडलाई छुट्याउनुपर्ने मागमा अडान लिएका कारण वार्ता अगाडि बढ्न नसकेको सत्ताधारी दलको बुझाइ छ भने मोर्चाले सत्ताधारी दलले ठोस योजना प्रस्तुत नगरेको आरोप लगाएको छ ।
सीआईएनसँग कुराकानीगर्दै उपप्रधान तथा रक्षामन्त्री भीम रावलले मधेस र पहाड मिसाउन नहुने मोर्चाले माग गरेपछि वार्ता अवरु भएको जानकारी दिदै आवश्यक परे सरकारले सबै सुरक्षा निकाय परिचालन गर्ने बताउनुभयो ।
सरकार र मधेसी मोर्चाबीच वार्ता तथा छलफल नहुँदा लम्बिएको तराईमधेस आन्दोलनका कारण मुकभरमा दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ भने महंगी बढेको छ । मधेसमा १ सय २ दिनदेखि आन्दोलन जारी छ ।
सरकारको तयारी र समस्या समाधनको योजनाबारे मन्त्री रावलसँग गरेको कुराकानी
Severity: Warning
Message: finfo::file(news/INT__Bhim_Rawol_.mp3): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/INT__Bhim_Rawol_.mp3): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
तपाईंको बिचार