परासी १० मंसिर ।
सामुदायिक रेडियो परासीको कार्यालय परासीमा अज्ञात समुहले पेट्रोल बम प्रहार गरेको छ । गएराति करिव दश बजेको समयमा अज्ञात समुहले रेडियो स्टेशनमा पेट्रोल बम प्रहार गरेको हो । रेडियोको परिसरमा रहेको लु १८ प ४००१ नम्बरको मोटरसाईकलमा आगजनी गरिएको छ ।
आगलागिबाट मोटरसाईकल पुर्ण रुपमा ध्वस्त भएको छ । पेट्रोल बम प्रहार गर्नु अघि ९८५७०४५८९४ नम्बरको मोवाईलबाट रेडियोमा फोन गरि धम्की पनि दिईएको थियो । यस्तै मधेसमा जारी आन्दोलनको क्रममा पटक पटक धम्की पनि आउने गरेको थियो । रेडियो स्टेशनमा भएको यस किसिमको घटना प्रति सामुदायिक रेडियो परासीका अध्यक्ष सुमन गोपाल आर्चायले घटनाको घोर भत्र्सना गर्नुभएको छ ।
यसैविच रेडियोले आज देखि अनिश्चीतकालका लागि प्रसारण बन्द गरेको छ । रेडियो स्टेशनको सुरक्षा नभएको तथा पटक पटक धम्की आउने क्रम जारी रहेकाले रेडियो सन्चालन गर्न सक्ने स्थीती नआएपछि आज विहान साढे ६ बजे देखि अनिश्चीतकालका लागि रेडियोको प्रसारण बन्द गरिएको रेडियोका प्रवन्ध निर्देशक मेघराज गौतमले बताउनुभयो ।
Severity: Warning
Message: finfo::file(news/Adrian-Pradhan.mp3): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/Adrian-Pradhan.mp3): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
तपाईंको बिचार