‘जनताको संविधान जनताकै माझमा’

सरकारको एक महिने विशेष अभियान

प्रकाशित मिति: 2015-11-25

काठमाडौं ९ मंसिर । नयाँ संविधानको बारेमा गलत धारणा बन्दै गएको निष्कर्ष निकाल्दै सरकारले एक महिने अभियान चलाएर संविधानको बारेमा जनतालाई जानकारी दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ संविधानको विषयवस्तु र व्यवस्थाको बारेमा जानकारी दिन ’जनताको संविधान जनताकै माझमा’ नामक १ महिने अभियान पनि सञ्चालन गर्ने निर्णय गरेको हो ।

आगामी मंसिर २१ गतेबाट पुस २१ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले जानकारी दिनुभयो ।बैठकले नेपाल प्रहरीका केही अधिकारीहरुको सरुवा गर्नुका साथै जेष्ठ नागरिक भत्ता वितरण कार्य छिटो र सरल बनाउने निर्णय पनि गरेको छ ।

बैठकले भूकम्प प्रभावित परिवारलाई जाडोबाट बचाउन प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । भारतले गरेको नाकाबन्दी र बन्द हड्तालका कारण भएको आर्थिक संकटलाई सम्बोधन गर्दै आगामी आर्थिक कार्य्दिशा बारे श्वेतपत्र जारी गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

तपाईंको बिचार