पेट्रोल छैन, चिन्ता पनि छैन

प्रकाशित मिति: 2015-11-25

सुर्खेत ८ मंसिर । अहिले देशभर पेट्रोलियम पदार्थको अभावका कारण त्यसबाट चल्ने सवारी साधन चलाउनका लागि अहिले धौधौ परेको छ । तर सुर्खेतमा चलिरहेका अटो रिक्सा चलाउनेहरुलाई यस्तो समस्याले कुनै असर गरेको छैन । 

ब्याट्रीबाट सञ्चालन हुने अटो रिक्सा, हिजोआज सुर्खेतमा लोकप्रिय बनेको छ । चार÷पाँच जना यात्रु अट्ने रिक्सा एकपटक चार्ज गरेपछि झण्डै चार घण्टा चल्छ । इन्धनबाट चल्ने सवारी साधनलाई अहिले समस्या परिरहे पनि अटो रिक्सालाई कुनै समस्या परेको छैन । अटोरिक्सा सञ्चालक रमेश थापामगर अहिले यात्रुलाई आफ्नो श्रमको मोलमोलाई गरिरहनुभएको छ ।.

सुर्खेतमै पहिला अन्य ज्याला मजदुरी गरेर जीविका चलाउने थापामगर अहिले अटोरिक्साबाटै राम्रो आम्दानी गरिरहनु भएको छ । 

झण्डै साढे २ महिनादेखि इन्धन अभाव भइरहेको छ । यस्तो बेला विभिन्न विकल्प खोज्ने क्रममा यातायातका साधनका लागि अटोरिक्सा पनि राम्रो विकल्प हो । तर त्यसका लागि नेपालमै संभावना भएको विद्युत उत्पादनलाई प्राथमिकतामा राखेर लोडसेडिङ मुक्त बनाउन सक्नुपर्ने सुर्खेतबासीको माग छ ।

साथै अटो रिक्साबाट धुवाँ पनि नआउने भएकाले स्वास्थ्यका हिसावले पनि उचित मानिन्छ । त्यसैले विकल्पको राम्रो यस्ता माध्यमलाई राम्रोसँग चलाएर निरन्तरता दिनुृपर्छ ।

तपाईंको बिचार